तीनपुस्ते नेता, पार्टीमा होला बेपत्ता ?

मधुसूदन सुवेदी
अस्ति बाजेले आफ्नो जीवनभर एउटै नेतार्ला भोट हाले र आफ्ना सन्तानलाई पनि भोट हाल्ने दबाब दिए । हिजो बाउले पनि उही नेतालाई नै जीवनभर भोट हाले र आफ्ना सन्तानलाई भोट हाल्न दबाब दिए ।

आज नातिले पनि उही नेतालाई जीवनभर भोट हाल्ने र आफ्ना सन्तानलाई भोट हाल्नको लाग दबाब दिनुपर्छ भने यो अवस्थाको राजनीतिलाई के भन्ने ? विरासतको राजनीति भन्ने ? पुरातनको राजनीति भन्ने ? पुरानो राजनीति भन्ने ? दबाबको राजनीति भन्ने ? जबर्जस्तको राजनीति भन्ने ? लाहुरे राजनीति भन्ने ? शक्ति र सामथ्र्यको राजनीति भन्ने ? अहंकारीको राजनीति भन्ने ? द्वेषको राजनीति भन्ने ? इष्र्याको राजनीति भन्ने, घमण्डको राजनीति भन्ने ? अहमवादको राजनीति भन्ने ? गुटको राजनीति भन्ने ? उपगुटको राजनीति भन्ने ? भागबण्डाको राजनीति भन्ने ? पहुँचको राजनीति भन्ने ?

अवसरको राजनीति भन्ने ? बूढापाकाको राजनीति भन्ने ? शक्ति समूहको राजनीति भन्ने ? हिजोका साउँ व्याजको राजनीति भन्ने ? स्वार्थको राजनीति भन्ने वा व्यक्तिलवादको राजनीति भन्ने ? जबर्जस्ती पुस्ता हस्तान्तरण हुनु र सहमतिले हुनु कति फरक हुन्छ ? जबर्जस्ती गर्दा देश, विदेशमा सन्देश के प्रवाह हुन्छ ? सहमतिको रणनीति गर्दा देश, विदेशमा कस्तो सन्देश प्रवाह हुन्छ । यो देशका सबै पार्टीमा चेतना चेतना आउने कि नआउने ? देशले जनताले सधैँ पुनः राष्टपतिलाई स्वीकार्न आटेका नेतामा हिजोको परिवर्तीत विकासलाई आत्मसात गर्न सक्दछ ? हिजोको नेताले आजको परिवर्तीत युगलाई पूरापूर सम्बोधन गर्न सक्छ ?

आजको नेताले भोलि र पर्सिको परिवर्तीत समयलाई काँधमा बोकेर घुम्न र डुल्न सक्छ ? समय र युगसँगै परिवर्तन भएको व्यवस्था र अवस्थाको आधारमा राजनीतिक अनुहार किन परिवर्तन हुन सकेनन् ? देशमा कोही जन्मेकै होयन ? देशमा कोही हुर्केकै छैन ? देशमा कोही बढेकै छैन ? देशमा कोही पढेकै छैन ? अलिकति लाज मान्ने कि नमान्ने ? होइन आसेपासे पनि कस्ता ? सधैँ म र मेरो मान्छे भनिरहने ? यस्ताबाट देशले अपेक्षा गर्ने के ? राजनीतिलाई आफ्नो मियोको वरिपरि दाइँ हाल्न रुचाउने पुच्छर नेता र लाहुरे नेताले बिगारेको राजनीतिले राज सबै दुःख भोग्न परेको छ ।

आज गर्छु भन्ने व्यक्ति पछि छ । गर्दैन भन्ने व्यक्ति अघि छ । एउटा गजपको र उदेकलाग्दो कुरा त के भयो भने देशकै उच्च जिम्मेवारमा बसेको ठूला, अहम र सम्मानित नेताकी धर्मपत्नीले पत्रकारले यो देशको भ्रष्टाचार अन्त्य कसरी होला भनेर प्रश्न गर्दा जवाफ के आयो भने – भगवान गणेशलाई त लड्डु चढाएर खुसी पार्नुपर्छ भने मानिस वा भ्रष्टाचार छ होला भनेर भन्न सक्दैन । ए बाबा ! भगवान् श्रीगणेशले कहिले, कतिबेला, कुन बेला कोसँग प्रत्यक्ष लड्डु मागे ? जवाफ दिने हिम्मत छ ? आदि, अनादिकालका भगवान्सँग कलियुगका फोहरी व्यक्तिसँग गाँसेर उदाहरण दिन मिल्छ ? यस्ता नारीबाट देशले अपेक्षा के गर्ने ?

भगवान्लाई त मानिस स्वयम् स्वार्थी भएर यसो दिन्छ भने दिन्छु भनेर खुसी पार्नको लागि र आफ्नो हतमा सफलता ल्याउने गरिएको असम्भव प्रयास न हो । साच्चिकै भगवान्ले कुन अर्थशास्त्रमा आफ्नो सेवा सम्मान र उपहार खोजे ? जसले यो सिङ्गो संसार, सिंगो ब्रह्माण्ड र सिङ्गो चराचर जगतको सृष्टि ग¥यो । उसैलाई कुनै कुराको लोभ, मोह, र आश्चर्य हुन्छ ? मानिस किन भगवान्प्रति यति पाखण्डी बन्दैछ ? मानिसले बुझ्दै नबुझेर किन जे पायो त्यो बोल्दै छ ? आफ्नो मर्यादाको ख्याल गर्नु पर्दैन ?

एउटा अदृश्य शक्तिको रुपमा स्थापित भगवान् र साँझ–बिहान हात–मुख जोड्नको लागि अनेकौँ उपाय गरिरहने मानवकाबीचमा यी उदाहरण सान्दर्भिक हुन्छ ? जसलाई भगवान्को सृष्टि स्थिति र प्रलयका बरोमा केही थाहा नै छैन त्यस्तो मानवले एउटा भ्ष्टाचारजस्तो जघन्य अपराधलाई लिएर गणेशलाई लड्डु चढाएको प्रसंग जोड्न मिल्छ ? त्यसैले यस्ता सोच, नीच र मानसिकता बोकेका नेता तथा नेतृत्वबाट यो देश, समाज, जनता र सिङ्गो मुलुक चनाखो हुनेबेला आएको छ । बोलेको भरमा खोजिदिन गए । बोलेर बोलीको तौल लिन नसक्नेले बोल्न दिन पनि गए । सिङ्गो राष्ट्रको र राष्ट्रबासीको सामाजिक व्यक्ति हुन सजिलो छैन ।

२–४ मिनेट जनमानसका अगाडि जोशमा होस गुमाएर मुखमा माला र पट्टी बाँधेर चाहँदा बोलेर लोकप्रियता हासिल हुँदैन । तार्किक नेता बन्नका लाग इतिहास, धर्मशास्त्र, ऐन, कानुन, नीति, नियम, परम्परागत समाज, प्रकृति पुरुष, विश्व, बूह्माण्डको बारेमा जानकार हुन नितान्त जरुरी छ । व्यक्ति सम्भ्रान्त हुँदैनमा सबैले मान्ने पर्छ र सबैले छान्नैपर्छ भन्ने केही कर छैन । राजालाई फाल्ने जनताले व्यक्ति फालन् कुनै कठिन हुनेवाला छैन ।

कोही कसैले आफूलाई हिजो राजाकै दर्जामा दैख्न, सुन्न, भोग्न र भोगाउन चाहन्छ भन्ने त्यो दिउँसैको झस्केको सपना हो । मान्नै परे जनताले सम्मली राजालाई मान्लान् होइन भने कोही नक्कली राजा बन्ने इच्छा नराखे हुन्छ । समय लोकप्रियताको हो । यो समयमा जसले लोकप्रियता कमाउन र हासिल गर्न सक्छ त्यही नै यो भविष्यको नेता हो । होयन भने घमण्ड, इष्र्या, द्वेष गर्ने नेता कता हो कता । पार्टीमा बेपत्ता भएको थाहै हुने छैन । यो कुरा जनतालेभन्दा नेताले जान्न र बुझ्न जरुरी छ । जनतालाई शिरमा नराखे पाउनेवाला केही छैनौ ।