कृषि तथा पशुपन्छी बिमा अभिकर्तालाइ तालिम

 दाङ, ५ मंसिर । कृषि तथा पशुपन्छी विमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको छ । एन एस जि इन्सुरेनसको आयोजना तथा ग्रामिण उत्थान केन्द्र एवम हेफर इन्टरनेशनल नेपालको समन्वयमा अभिकर्ताहरुलाई तालिम दिन थालिएको हो ।

तालिममा दाङ, सल्यान तथा प्युठानका सहभागि रहेका छन् । तालिम ३ दिन सम्म सञ्चालन हुने भएको छ । तालिममा विमाको उदेश्य, विमाका फाइदा लगाएतका विषयमा जानकारी गराइने भएको छ । कार्यक्रममा एन एस जि इन्सुरेनसका चिप कर्पोरेट मार्केटिङ अफिसर बुद्धप्रकास सिंहले कृषकहरुलाई विमामा जोडन ग्रामिण क्षेत्र सम्म पु¥याइने बताए । यसैलागि अभिकर्ताहरुलाई तालिम दिन थालिएको उनको भनाइ रहेको छ । सबै संग सहकार्य गदै कृषकसंग जोडिएर अगाडि वढने उनले बताए ।

घोराही उप महानगरपालिकाका प्रवक्ता भरतमणि अर्यालले कृृषि तथा पशु विमाका वारेमा कृषकहरुले जानकारी नपाउदा समस्या भएको बताए । कृषकहरुलाई जानकारी गराएर विमामा जोडनु पर्ने बताए । यसले गर्दा उनीहरुको खेती तथा पशुपालनको व्यवसाय सुरक्षीत वनाउन सहयोग पुग्ने उनले बताए । कार्यक्रममा पशु विज्ञ केन्द्रका प्रेम चौधरी, ग्रामीण महिला उत्थान केन्द्रका कानुनी सल्लाहाकार सौगतविर चौधरी, हेफरका जिल्ला कार्यक्रम अधिकृत महेश आचार्य लगाएतकाले भनाइ राखेका थिए ।

एन एस जि इन्सुरेनसका घोराही शाखा प्रमुख रवि गौतमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण एन एस इन्सुरेनस घोराही शाखाका मार्केटिङ चिप सन्तोष अधिकारीले गरेका थिए ।