दाङ, ४ पुस । वैदेशिक रोजगारलाई सुरक्षितसँगै व्यवस्थित गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अहिले पनि युरोप, अमेरिकालगातका देशहरूमा जानेलाई आहा भन्ने तर साना देशहरूमा जाने पुरूषहरूका श्रीमती वा रोजगारमा जाने महिलाहरूलाई हेरिने दृष्टिकोणा गलत हुने गरेको भन्दै दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका थिए ।
श्रीमान विदेश गएका श्रीमतीहरूलाई सँगै रोजगारका सिलसिलामा खाडी मुलुकमा गएका महिलाहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन आवश्यक रहेको बताएका थिए । सुरक्षित आप्रवासन परियोजना सामीले आप्रवासन, असर तथा प्रभाव साथै आप्रवासी कामदारहरूलाई सामाजिक बहिस्करण प्रभावसम्बन्धी सामुदायिक अगुवाहरूसँग गरेको अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताहरूले वैदेशिक रोजगारीमा जाने महिला वा विदेश गएका श्रीमानहरूका श्रीमतीहरूलाई सामाजिक लाच्छना लगाइने गरेको बताएका थिए । छलफल कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत विष्णु अर्यालले रोजगारका सिलसिलामा विदेश पुगेका पुरूष तथा महिलालाई सम्मानको दृष्टिले हेर्ने संस्कारको विकास नभएको बताएका थिए ।
श्रीमान विदेशभन्दा महिलाहरूलाई कोहीसँग बोल्न नहुने, बोलेको अवस्थामा गलत आरोपहरू लगाउने समस्या समाजमा कायम रहेको बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले वैदेशिक रोजगारका क्रममा गएका महिलाहरूसँगै विदेश भएका श्रीमानका श्रीमतीहरूलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले समाजमा गतल संस्कारको अन्त्य गर्नका लागि सबैले सोच र विचारमा परिवर्तनसँगै सकारात्मक कामका विषयहरूलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा महिला अधिकारकर्मी हुमा डिसी, नयाँ युगबोध दैनिकका सम्पादक एवं अधिकारकर्मी लक्ष्मी आचार्य, रेडक्रस घोराही शाखा सभापति थम्मन चौधरी, ज्ञानु थापा, उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले समाजमा सम्मानको वातावरण तयार गर्न आवश्यक भएको बताए । घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामी परियोजनाकी कार्यक्रम संयोजक बसन्ता पुनले गरेकी थिइन् ।