लक-डाउन प्रभाव : भिडियो कन्फेरेन्सवाट स्थापना दिवस मनाइयो

बालाराम खड्का

तुलसीपुर ,१३ चैत । आज नेपाल नेत्रज्योति संघको स्थापना दिवस । स्थापना दिवसका दिन संघले यस अघि विभिन्न औपचारिक कार्यक्रम र्यालि तथा सभाको आयोजना गर्ने गथ्र्यो । तर यस बर्षको स्थापना दिवस भने फरक रुपमा मनाइएको छ ।

भिडियो कन्फरेन्स मार्फत संस्थाका विबिध पक्ष र बर्तमानको अबस्थाका सन्दर्भमा पदाधिकारी, सदस्य तथा चिकित्सकहरुबीच छलफल गरी संघले स्थापना दिवस मनाएको छ । कोरोना संक्रमणका कारण भएको लक डाउनको अबस्थालाई आत्मसात गर्दै संघले नयाँ ढंगले स्थापना दिवसको अबसरमा प्रबिधिको प्रयोग गर्दै छलफल गरेको हो ।

उनले नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचारहरूको माध्यमवाट आँखा स्वास्थ्य सेवा प्रवाहगरी सरकारको अभिभारालाई आफुहरुले सघाएको बताए ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत संचालित आँखा अस्पताल र संघले नेपाल नेत्र ज्योति संघको ४२ औं स्थापना दिवस यसरी फरक किसिमले मनाएको हो ।

कारोना भाइरसको संक्रम बाट बच्न लकडाउन गरिएसंगै आफ्नो घर घरवाट भिडियो कन्फेरेन्समा संघका पदाधिकारी, प्रशासक, चिकित्सक, कर्मचारीहरू सहभागि भएका थिए ।

सभापति कृष्णाकुमार गिरीको अध्यक्षतामा ‘आँखा सेवामा साझेदारी, अन्धोपन निवारण प्रभावकारी’ भने मूल नाराकासाथ सम्पन्न दिवसको अवसरमा शुभकामना दिदै सभापति गिरीले नेपालमा अन्धोपन निवारणमा संघले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गराउँदै आँखा स्वास्थ्य सेवालाई थप प्रभावकारी गराउदै लैजाने बताए ।

उनले नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचारहरूको माध्यमवाट आँखा स्वास्थ्य सेवा प्रवाहगरी सरकारको अभिभारालाई आफुहरुले सघाएको बताए । त्यसैगरि संघका सचिव सुरेन्द्र खड्का, सहकोषाध्यक्ष घनश्याम सुवेदि, चिफ मेडिकल डाईरेक्टर डा. सुलक्ष्मि कटुवाल, बरिस्ठ प्रशासकीय अधिकृत सम्शेर थापा, समाजसेवि नसर उल्लाह खाँलगायतले शुभकामना व्यक्तगरेका थिय । त्यसैगरि संघको स्थापना दिवसको अवसरमा राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल, मे.सु. डा. सुरेश रसाइली, लमही आँखा अस्पतालका मे.सु. डा. निता सुनाम, छन्द कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जका नि. मे.सु. डा. ज्योति सापकोटा, प्रशासकीय अधिकृत जसराज वि.क.लगायतले शुभकामना दिएका छन् ।