डा.ज्ञवालीको सुझाव : घरमै सुरक्षित रहनुहोस्

लामो समयदेखि दाङमा रहेर दङ्गालीलाई स्वास्थ्य सेवा दिदै आएको डा.हिमकर ज्ञवालीले कोरोना महामारीको समयमा सबैलाई सुरक्षित रहन सल्लाह दिएका छन् । उनले लक डाउनको पालना गर्दै घरमा बस्न सबैलाई आग्रह समेत गरेका छन् ।

आफ्नो फेसवुकमार्फत उनले ‘सामान्य रूघाखोकी घाँटी दुखेमा र ज्वरो आउँँदैमा अस्पताल दौडीहाल्नु पर्दैन । चिकित्सकसंगको फोन सम्पर्क वाट पनि समस्या समाधान गर्न सकिन्छ’ भन्ने सल्लाह सबैमा दिएका छन् ।

उनले आफ्नो फोन नं. दिएरै आबश्यक परामर्श लिनपरेमा सेवा गर्ने जानकारी पनि गराएका छन् ।

उनको फेसवुकवालमा उनले लेखेका छन्, ‘सम्पूर्ण दाजु भाइ दिदी बहीनी आमा वुवा तथा मेरा संपूर्ण शुभचिन्तकहरूमा केहीकुरा राख्न चाहन्छु । अहीले विश्वभर माहामारीको रूपमा फैलीरहेको covid 19 संक्रमण नफैलीयोस भनेर सरकारले लक डाउन गरेको हुँदा हामी सवैले त्यसको पालना गर्नुपर्छ । आफु पनि वाँचौ र अरूलार्इ पनि वचाँऔं । त्यसक लागि आफु र आफ्नो परीवारलार्इ वचाउन घरवाट वाहीर कुनै पनि हालतमा ननिस्कन अनुरोध छ । सामान्य रूघाखोकी लागेमा, घाँटीदुखेमा र ज्वरो आउँदैमा अस्पताल दौडीहाल्नु पर्दैन । फोन सम्पर्कवाट पनि समस्या समाधान गर्न सकिन्छ । त्यस्तो परिस्थितिमा म तपइँहरूको सेवामा सदा रहनेछु । मेरो फोन नं. ९८४७८२८८८१ मा बिहान ८ वजेदेखि १ वजेसम्म र दिउँसो ४ वजेदेखि साँझ ७ः३० वजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ । धन्यवाद। को : कोहीपनी , रो : रोडमा, ना : ननिस्कने ।’