युवराज शर्मा
नेपालका धेरै शक्तिपीठहरुमध्ये पशुपतिनाथ मन्दिर ज्योतिर्लिङ्ग भएको शक्तिपीठ हो । यहाँ शिवशक्तिका रुपमा शिवलिङ्ग छ । जहाँ लिङ्गमाथि तीन धर्का पहेँलो रँगका पूर्वदेखि पश्चिम कोरिएको छ र त्यसको बचि भागमा रातो थोपा लगाएको देखिन्छ । त्यही रातो थोपालाई शिवशक्ति भन्दछन् । शिव र शिवशंकर भनेको फरक प्रकृतिका रुप हुन् ।
शिवलाई आत्मा पनि भन्छन् । जो निर्विकारी, निराकारी र मानव कल्याणकारी मानिन्छ । यसैलाई शिशक्ति, ज्योतिर्लिङ्ग र ज्योति प्रदान गर्ने शक्तिका रुपमा मान्छन् । सबै प्रकारका धर्मावलम्बीहरुले ज्योति शक्तिलाई विभिन्न नाम भने पनि सबैले शिवलाई पुज्छन् । नामको फरक मात्र हो । हिन्दू धर्मावलम्बीहरुले शिव भन्छन् । शिकशंकर एउटा प्राणधारी मानव रुपका शक्ति प्राप्त व्यक्ति हुन् । जो दुर्गा भगवतीका गर्भबाट जनमेका ब्राहमण, विष्णु र महेश थिए । उनै महेशलाई शिवशंकर भनेको हो । जसले समुद्र मन्थनबाट पाइएको विष खाएर व्श्विकल्याणकारी काम गरेका थिए । उनको घाँटीमा उक्त विषय अड्कियो ।
भाँटी नीलो भयो । उनलाई धेरैले नीलकण्ठ पनि भन्छन् । जसले पार्वती नारीसँग वैवाहिक सम्बन्ध स्थापना गरे । भाङ, धतुरो खानेर कैलास पर्वतमा बस्ने अलौकीक शक्तिका व्यक्ति थिए । जसको विषयमा वर्तमान समयमा पनि अनुसन्धान भइरहेको छ । कैलास पर्वतमा यद्यपि कसैले पनि चढ्न सकेको छैन । चीनको तीब्बत क्षेत्रमा यो पर्वत पर्छ । उनको जलक्रिडा गर्ने ताल नै मानसरोबर ताल हो । जहाँ बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बीहरुले पूजा अचृना गर्छन् ।
कैलास पर्वतको परिक्रमा गर्छन् । भनिन्छ कैलास पर्वतलाई कुमारी पर्वत भन्छन् भने मानसरोबरलाई शिवपार्वतीको जलक्रिडास्थल मान्छन् । यो तालको करिब १५ किमि दक्षिणमा पर्ने राक्षस ताल छ । जहाँ शिवशंकरका गणहरुले स्नान गर्छन् । मानसरोबरबाट गंगा र ब्राह्मणपुत्र नदी बगेका छन् । यी नदीहरुमा गंगा भारतीय भूमि हुँदै गग्छिन् भने ब्रह्मपुत्र नदी चीनको तीब्बती पठार हुँदै बग्छिन् । यी दुवै नदीहरु पश्चिम बंगालमा मिलन हुन्छन् र बंगालको खाडीमा मिसिन्छन् । हिन्दू धर्मावलम्बीहरुले पवित्र नदी मान्छन् । राक्षस तालबाट बग्ने नदी कर्णाली नदी हो । जसलाई हिन्दूहरुले अपवित्र मान्छन् ।
शिवशक्तिको रुपमा शिवशंकर भएको हुँदा उनको वाहन बूढो गोरु हो । शिवलिङ्गको ज्योतिमय शक्ति शिवशंकरले पाएको र कैलास पर्वतमा राज गरेको सम्झना स्वरुप प्रतिनिधि पात्रका रुपमा शिवलिङ्ग अगाडि बूढो गोरुको प्रतिमा राखिन्छ । जहाँ पनि शिव मन्दिर अगाडि बूढो गोरुको प्रतिमा देखिन्छ । कलियुगको समय भएकोले धर्मप्रति आस्था, विश्वास र श्रद्धा हराउँदै गएको छ । यसैलाई परिवर्तन भनेको सुन्छौा ।
एकअर्काप्रति जनास्था बढाउनु, धनको महत्वको बढाइ गर्नु, शारीरिक शक्तिको महत्व देखाउनु र महिलाहरुको अस्मिताप्रति खेलवाड गर्नुजस्ता विकृतिहरु मानवमा बढ्दो अवस्था छ । आत्मा र परमात्मा बाबुछोराका रुपमा भए पनि अन्तरआत्माभित्र कलुषित भावना पाइन्छ । यस्ता भावनाले एकताबद्ध गराउँदैन । धेरैमा आत्मीयता पनि जाग्दैन । यो ककलिको देन हो । भनिन्छ– आयो कली धपक्कै बलेर, घरघरमा अन्तरद्वन्द्व चर्काएर ।
त्यसैले होला वर्तमान समयमा मानिसहरुमा आत्मज्ञान हराउँदै गयो । सामाजिक व्यवहार शेली पनि कष्टकर बन्दै गयो । भाइ–भाइबीचको आपसी सम्बन्ध पनि दूरदराजमा पुग्यो । धन पैसालाई मान, शान र इज्जत मानियो । सत्यनिष्ठ, इमानदारीता र विश्वासको वातावरणलाई पनि विश्वासघात, धोका र गृणा भावले वर्चस्व स्थानमान पायो । मानिस पनि मानिस देखेर भयभित हुने समय भयो । अहिले हिंस्रक जनावरभन्दा मानव कठोर हिंस्रक बन्यो । आपसी सम्बन्ध, भाइचाराको भावना हराइरहेको छ ।
मान्छेहरुमा बृद्धवृद्धाहरु निसहाय भएका छन् । दीर्घजीवन दिउन पनि अभिशाप भएको छ । युवायुवतीहरुले जीवनको महत्व र जिउनुको कारण बुझ्न सकेका छैनन् । बालबालिकाले पोषणयुक्त खानाको अभावमा बालरोगी बन्नुपरेको छ । गर्भवती महिलाहरुले स्वास्थ्य सेवामा वर्थिङ सेण्टरको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ । यसलाई समय सापेक्ष स्वास्थ्य केन्द्रहरुमा सुधार भएको छैन । पशुपतिनाथको आराधनामा, शिवशक्तिको भरोसामा बाँच्न वाध्य छन्, महिलाहरु । जसले सृष्टिको अभिभारा बोकेका छन् । अपहेलित भएका छन् ।
पशुपतिनाथ दर्शन गर्न जाने श्रद्धालु व्यक्तिहरुले पहिलो दर्शन पाउने बूढो गोरु हो । जो पशुपतिनाथ मन्दिर अगाडि बसेको छ । पित्तलले बनाएको मूर्ति भएको हुँदा पितस्वरुप देखाएको छ र शिवसंकरको प्रतिनिधित्व गरेको छ । शिवको दर्शन गर्न श्रद्धाभाव भएका श्रद्धालु तीर्थयात्रीहरु लाइनमा बस्छन्, उभिन्छन् र पालो कुर्छन् । कतिले ज्योतिर्लिङ्ग देख्छन्, दर्शन गर्छन् । शिवशक्ति प्राप्तिका लागि फूल प्रसादी चढाउँछन् । उनीहरुमा श्रद्धाभाव धेरै हुन्छ तर पुजारीले उनीहरुको भावनालाई बुझ्दैनन् ।
दिएको फूलप्रसाद पनि ज्योतिर्लिङ्गमा नछुआएर फूलप्रसादी फिर्ता गरिदिन्छन् । श्रद्धालुहरुको मन दुःख छ । हृदयमा आघात पुग्छ । कस्तो सभ्यताहीन पुजारी भन्दै मनकुण्ठित पार्छन् । ज्योतिर्लिङ्गको ज्योति, फूल, पूसादमा आओस् भन्ने मनसाय हुन्छ तर फर्कंदा निराशा, घृणा, विभेद र हीनताको अन्तय पशुपतिनाथ मन्दिरमा हुनुपर्ने कल्पना गर्र्दै फर्कन्छन्, तीर्थयात्रुहरु । काठमाडौं सहर राजधानी मात्र होइन, पशुपतिनाथले रक्षा गर्ने सहर पनि हो भन्नेहरु पनि छन् । नेपालको ७७ जिल्लाहरुको केन्द्रविन्दु पनि हो । राजनीतिज्ञहरुको कर्मचलो पनि हो तर राजनीतिज्ञहरु कूटनीतिज्ञ भएपछि नागरिकमा उदासीनता बढ्यो ।
पशुपतिनाथले सबैको रक्षा गर्ने र राजनीतिज्ञहरुले राजश्व तिर्ने करको भार बोकाएर नागरिकको ढाड सेकेका छन् । नेताहरु राजा भएका छन् । हिजो सेतो हात्ती भन्थे आफूलाई । अहिले मत्ता हात्ती भएका छन् । गणतन्त्रमा मनपरीतन्त्र चलाएका छन् । लोकतन्त्रात्मक सरकार भन्छन् । नागरिकले कुनै अनुभूति गर्न पाएनन् । पशुपतिनाथ मन्दिर अगाडिको बूढो गोरु नागरिक बनेका छन् । नेताहरु पशुपतिका साँढे बनेका छन् ।
पशुपतिको बूढो गोरु जनावर भए पनि मालिकको इसारामा चल्छ । किसानलाई आर्द मालिक ठान्छ । जुवाको आडमा जार गोरु भएर हलो तान्छ । बाँझो जमिन जोतेर उर्वर बनाउँछ । अन्न उत्पादन गर्छ । मानिसलाई खाद्य संकट टार्छ । मौसम र प्रकृतिमा खाद्य उत्पादन बढ्छ । मानिसहरुका लागि जिउने आधार नै खाद्य सामग्रीहरु हुन् । एउटा किसान र एकजोडा गोरु नै किसानहरुका लागि जीविकापार्जनका साधन बन्छन् । आफ्नो विकास, भोतिक, सामाजिक र आर्थिक उन्नति गरिदेलान् भन्ने सोचाइले निर्वाचनमा मतदान गर्छन् । आफ्नो भविष्य उज्यालो पार्लान् भन्ने सोचाइ भएका व्यक्तिलाई मतदानका आधारमा विजय गराउँछन् ।
किसानको भलो हुने कामको आशा, भरोसा र विश्वास गर्छन् तर आफूले मतदान गरेको व्यक्तिलाई पशुपति नाथ मन्दिर अगाडिको साँढे मान्छन् । तब निराश बन्दछन् र भन्छन्– खेतीपाती गर्दा मल, बिउ, कृषि सामग्री, कीटनाशक ओखती, धनपैसा तिर्दा पनि पाउन विक्री भण्डारण नपाउँदा रित्तो हात फर्कनु पर्छ । त्यस समयमा किसानका मुहारमा मलिनता, हृदयमा पीडा र सामाजिक भावनामा आघात नेताहरुबाट बनेका कृषिमन्त्रीबाट हुन्छ, त्यसबेला आफूले मतदान गरेको व्यक्तिबाट धोका पाएको ठान्छन् ।
सबै किसानहरुको एउटै आवाज छ– जतिथरिका सरकार गठन भए पनि किसानको जीवन स्तर उठाउने योजना र कार्यक्रम भएनन् । वास्तविक किसानहरुलाई विमुख बनाएर कागजी किसानहरुलाई अर्थलाभ दिो कामले निराशा बढाएको छ । उनीहरुले पशुपति नाथको मन्दिर अगाडिको साँढेलाई हेर्नु र नेताहरुलाई हेर्नुमा तात्विक फरक छैन । त्यो साँढे स्थिर छ । कसैको भनाइ सुन्न चाहन्न तर किसानहरुका बुढो गोरुहरुले किसानको निर्देशन पालन गर्छन् ।
बूढो गोरु हेर्न पशुपति गौशाला नगएकाले देख्दैन, बुझ्दैन र ज्ञान गर्न सक्दैन । पशुपतिनाथको मन्दिर परिसरमा घुमेर, निधारमा चन्दन दलेर फर्कने तीर्थयात्रुका लागि तीर्थयात्रा अधुरो हुन्छ । त्यस्ता तीर्थयात्रीहरुले पशुपति, गौशाला, धर्मशाला र पाठशाला नदेखेर फर्कन्छन् । पशुपति गौशाला भित्रको उत्तरबाटोबाट गौशाला हेर्न सकिन्छ । धर्मशालामा बास बस्न सुविधा छ । पशुपति पाठशालाले संस्कृत शिक्षा प्रदान गर्छ । हिन्दू धर्मग्रन्थ, जसलाई वेद भन्छन् । यो चार प्रकारको छ ।
जसमा सामवेद, अर्थवेद, यजुर्वेदलाई पढाएर ज्ञान र सीपका ज्ञाता उत्पादन गरिन्छ । त्यस्ता उत्पादित हुने विद्यार्थीहरुले सफलता पाएका छन् । कर्म क्षेत्रमा सफलता पाइरहेका छन् । हुन त संस्कृत शिक्षा ज्ञान विकसाको माउ शिक्षा हो । तर यसमा समयसापेक्ष विद्यार्थीहरु बन्न नसक्दा, यो शिक्षा पढेकाहरुमा लोसेपन देखिन्छ । उनीहरुमा जागरुकता बढ्न सकेन । यस्तो शिक्षाका जनशक्तिहरु घट्दै गएको अवस्था ।
पशुपतिनाथ विश्व सम्पदा सूचिमा सूचिकृत छ । भारतको उत्तराखण्डमा पर्ने बद्रीनाथको दर्शन र केदारनाथको दर्शन गरेर ल्याएको कङ्गल पशुपति नाथमा चढाएर शिव दर्शन गर्नु महत्व छ । त्यसपछि डोलेश्वर शिवालयको शिवलिङ्गलाई केदारनाथको शिर हो भन्ने पुष्टि गर्छन् । वास्तवमा केदारनाथको शिर छैन । त्यहाँ भएको शिवलिङ्गको यो आकृति र प्रकृतिलाई हेर्दा ठ्याक्कै मिल्छ । त्यसैले होला भक्तजनहरुले केदारनाथको शिर मान्छन् ।
शिरको पूजाअर्थना पनि गर्छन् । डोलेश्वर महाराजको महत्व दर्शाइएको छ । डोलेश्वर महादेव अगाडि बूढो साँढे होयन तन्नेरी साँढे देख्न पाइन्छ । नयाँ बसपार्कदेखि डोलेश्वर जाने सिधा बस सेवा भएकोले आवागमनमा धेरै सहजता छ । पशुपतिनाथ अगाडिको बूढो गोरुले मानिसलाई जनावरप्रति माया गर्नुपर्छ भन्ने सन्देश तीर्थयात्रुहरुलाई दिएको पाइन्छ ।