शिवराज खनाल
लमहीदाङ चैत्र १२ ।
लमही नगरपालिका वडा नम्बर ५ का व्यवसायी कमलजङ सिह ठकुरीले लक डाउनको समयमा कसैलाई समस्या परेमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
लमहीमा ब्यबसाय गर्दै आएका उनले यो समयमा देउखुरीमा बस्ने कसैलाई दैनिक छाक टार्न मुस्किल परिरहेकालाई खाद्यान्न सहयोग गर्ने जनाएका हुन् । ‘जो कोहि यस्तो समस्यामा हुनुहुन्छ भने ९८५७८२०११५ सम्पर्क गर्न आग्रह गर्दछु’ उनले भनेका छन् ।
कोरोनाको संक्रमण फैलन नदिनका लागि सरकारले सबैलाई घरमा बस्न र बाहिर ननिस्कन आग्रह गरिरहेको समयमा दैनिक काम गरी गुजारा चलाउन समस्या हुनेहरुको समस्यामा साथ दिन यस्तो घोषणा गरेको उनले गोरक्षलाई जानकारी गराए ।
‘मानवसेवाका लागि यस्तो निर्णय लिएको हुँ’ उनले भने ।