दाङ १२ चैत ।
चैत ६ गते एअर अरेबियाको विमान चढेर स्वदेश फर्किएकी बबई गाउँपालिका २ ट्वाङखोला निवासी एक महिला अस्पतालमा पुगेकी छिन् । उनलाई राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार उनमा कुनै प्रकारको लक्षण भने देखिएको छैन ।
सो विमान चढेर स्वदेश फर्किएको एक युवतीलाई कोराना भएको पुष्टि भएपछि त्यो विमानमा स्वदेश फर्केकाहरुलाई अस्पतालको निगरानीमा पुग्न सरकारले अनुरोध गरेको छ । ‘चैत ६ गते कतारबाट दाङ आएका एकजना मात्रै हुन । उनलाई हामीले खोजेर अस्पताल पुयाई सक्यौं प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले भने । नीज महिलालाई भोली बेलझुण्डीमा निर्माण गरिएको कोरोना अस्पतालमा लगिने स्रोतले जनाएको छ ।