काँग्रेस महाधिवेशन : शेखर दोस्रो चरणको चुनाव पनि लड्ने

काठमाडौं,२८ मंसिर । नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको चुनाव लड्ने भएका छन् ।

अर्का उम्मेदवार शेरबहादुर देउवालाई यसअघि सभापतिको दौडबाट बाहिरिएका विमलेन्द्र निधि र प्रकाशमान सिंहले समर्थन गर्ने भएसँगै अब चुनाव लड्ने कि नलड्ने भन्नेमा कोइरालाले आफू निकटसँग छलफल गरेका थिए ।

छलफलमा देउवासँग फेरि चुनाव लड्ने निष्कर्ष निकालिएको महामन्त्रीका उम्मेदवार गगन थापाले जानकारी दिए । दोस्रो चरणको मतदान आजै दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ ।