दाङ महिला जेसीसको अध्यक्षमा शारदा घर्ति

दाङ, २८ मंसिर । दाङ महिला जेसीज वर्ष २०२२ का लागी शारदा घर्ति अध्यक्षमा चयन भएकी छिन । त्यस्तै कार्यकारिणी उपाध्यक्ष सुनिता थापा र बसन्ती सुवेदीलाई चयन गरिएको छ ।

उपाध्यक्षहरुमा रोजिना गिरी, सरस्वती चौधरी, मिना भण्डारी वली, लक्ष्मी घमाल र सचिवमा संगिता रोकाय निर्विरोध निर्वाचित भएको वर्ष २०२१ का महासचिव सुनिता थापाले जानकारी दिएकी छिन ।

२० देखि ४० वर्षसम्म उमेर भएका युवाहरुको क्रियाशिल जेसीस संस्थामा एक व्यक्ति एक कार्यकाल भन्ने सिद्धान्त रहेको छ । अंग्रेसी नयाँ वर्षका अवसरमा नयाँ कार्यसमिति चयन गर्ने जेसीसको नियम रहेको छ । २०२१ का अध्यक्ष ममता विष्टले आफ्नो कार्यकाललाई सफल बनाउनका लागी विभिन्न खालका सकारात्मक कामहरु गरेकी थिइन ।

विष्टले नेतृत्व गरेको वर्ष २०२१ को महिला जेसीसले महिलालाई उद्यमशिलतासँग जोड्न उद्यमशिलता तालिम सञ्चालन, लागु औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम, गरिव तथा विपन्न वर्गलाई सहयोगलगाएतका विभिन्न सकारात्मक काम गर्न सफल भएको छ ।