प्रकाशमानलाई भेट्न पुगे देउवा

काठमाडौं,२८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् ।

यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए ।

दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुने छ । त्यसैले तेस्रो स्थानमा रहेका प्रकाशमानलाई आफ्नो पक्षतिर तान्न देउवा र कोइराला प्रयासरत छन् ।