अब कांग्रेस फुटमा कि जुटमा ?

मधुसूदन सुवेदी
यो देशमा यति ठूला–ठूला पार्टीले हण्डर खाएर र मच्चाउँदा समेत यो देशको प्रजातान्त्रिक पार्टी यो देशको पुरानो पार्टी, यो देशको शक्तिशाली पार्टी, यो देशको लोकप्रिय पार्टी, यो देशको वीपीको पार्टी नेपाली कांग्रेसमा सत्बुद्धि पलाएन र सिद्धान्तको राजनीति गर्न मन लागेन र राष्ट्रिय राजनीतिमा लाज, सरम र घृणा समेत लागेन ।

एउटा पार्टीको सामान्य अधिवेशनमा समेत राष्ट्रिय चुनावको घेरामा राखेर व्यक्ति र शक्तिलाई केन्द्रमा राखेर, गुँगाको राजनीति चलि नै रह्यो । राष्ट्र र राष्ट्रवासीको कुरा, ढ्वाङ बजाएर फुक्न जान्नेले पाटीृको अधिवेशनमा राष्ट्र र जनतार्ला केन्द्रमा राखेर र देश, जनता र पार्टी हाँक्ने कामलाई प्राथमिकतामा राखेर व्यक्तिभन्दा माथि उठेर शक्तिभन्दा माथि उठेर, सामथ्र्यभन्दा माथि उठेर, पहुँचभन्दा माथि उठेर, सुकिला, मुकिलाभन्दा आदर्श, मूल्य र मान्यतालाई शिरोपर गरेर पार्टीलाई एकढिक्का बनाएर र अघि बढ्ने दृढसंकल्प गरेर सहमतिको छाता ओढ्न र ओढाउन सकेन । पार्टीमा जहाँ पनि आफू देखिनुप¥यो ।

कुर्सीमा पोको पतेरो आफूले खोल्नै प¥यो । राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति हुनैप¥यो । यस्तो ‘म राम्रो म’ को भावना कांग्रेसमा पछिल्लो समयमा किन देखाप¥यो ? कांग्रेसको शुभचिन्तक भएर हेर्दा यतिका विधि गल्ती र कमजोरी देखापर्दा प्रत्यक्ष रुपमा कांग्रेसको पार्टीभित्र बस्दा यी यावत गल्ती, कमजोरी कसरी लुक्छन् ? कसरी छिप्छन् ? कसरी ओतिन्छन् ? कसरी छोपिन्छन् ? कसरी जोगिन्छन् ? कसरी तोपिन्छन् ? कसरी मिचिन्छन्, कसरी थिचिन्छन् ? कसरी ओझेलमा पर्छन् ? कसरी नजान्ने, नदेख्ने, नभोग्ने र नसुन्ने हुन्छन् ? आफैमा गजब खेल छ ।

सहमतिको पार्टी पनि भन्दै जाने, यो देशको प्रजातान्त्रिक शक्ति पनि भन्दै जाने । यो देशको अपरीहार्य शक्ति पनि भन्दै जाने । यो देशको लोकतान्त्रिक शक्ति पनि भन्दै जाने । तर घरको सामान्य खेल र पार्टीको सामान्य चुनावमा यत्रो रडाको मच्चिने ? कांग्रेसले आफूभन्दा बाहिरको पार्टी र शक्ति भोगेको छैन । यदि छ भने किन आज सबै सामू लाचार बन्दै छ ? अघि–पछि सामान्य धार, गुट, उपगुट, शक्ति, समूह जे–जे भए पनि यो महाधिवशनको बेला एउटै मुख, एउटै काँध, एउटै हात र एउटै बोली, एउटै स्वरु, एउटै आवाज र एउटै शक्ति हुनुपर्ने कि नपर्ने ? आखिर राजनीति गर्ने र देखाउने कसलाई हो ?

देश र जनतालाई कि परिस्थिका समकक्षी साक्षीलई कांग्रेस कुरा बुझ्छ कहिले ? यतिबेला नेपाली कांग्रेसको कोप्रति बढी उत्तरदायी र जिम्मेवार बन्दैछ ? देशप्रति देशको रजनीतिक अवस्था र व्यवस्थाप्रति जनताप्रति वा आफ्नो व्यक्तिगत स्वार्थप्रति ? नेपाली कांग्रेस किन आफूले आफूलई प्रष्ट पार्न सकिरहेको छैन । एउटा घरायसी द्वन्द्व र विवाद साम्य पार्न नसक्नेले सिङ्गो देश कसरी हाँक्छ ? यो प्रश्न यतिबेला हरेक दलका लागि साझा र बाजा बन्दैछ । एउटा २–४ हजारको संख्यामा सदस्य रहेको पार्टी हाँक्न नसक्नेले देश हाँक्छ भन्न सुहाउँछ ? आफ्नै घरको परिवार चलाउन नसक्ने महिला वा पुरुषले समाजको नेतृत्व गर्छ भन्न सुहाउँछ ?

यो त के भयो भने जनता ढाँट्ने, छल्ने, झुक्याउने र आफू अनुकूलको राजनीति गर्ने । अहिले १४औँ महाधिवेशनमा के सुनियो, के देखियो ? के सुनियो के भोगियो ? देउवा, रामचन्द्र, शेखर र सशांक, बिमलेन्द्र, सिटौला, कृष्ण, प्रकाशमान, अर्जुन, यीबीचको सम्बन्ध के हो ? नाता के हो ? गोता के हो ? लक्ष्य के हो ? उद्देश्य के हो ? भावना के हो ? सिद्धान्त के हो ? मूल्य के हो ? मान्यता के हो ? नेता बन्नका लागि, भन्नका लागि मान्नका लागि, जान्नका लागि, ठान्नका लागि कि जबर्जस्त गर्नका लागि ? जबर्जस्तको राजनीति गर्न सुहाउँछ ?

राजनीति आफूले आफ्ना लागि मात्र गर्ने ? हिजो वीपीले सिकाएको, पढाएको, लेखाएको र देखाएको नेपाली कांग्रेसको बाटो यही हो ? यहाँ जित्ने कुराले मान्यता राख्दैन । यहाँ हार्ने कुराले मान्यता राख्दैन र यहाँ जित र हारको स्वीकार्यतालाई मान्यता राख्दैन । मान्यता राख्ने एक मात्र असली कुरा के हो भने विगतमा पार्टीभित्रका क्रियाकलाप र गतिविधि नै हुन् । यदि विगतको गतिविधि ठिक थिएन र ठीक छैन भने जनताले त्यो पार्टीलाई हेर्ने दृष्टिकोण नै त्यही यथावत नै हो ? आज अधिवेशनपश्चात जति सहमतिको नारा घन्काए पनि निर्वाचनको संघारमा आउँदा पार्टीबीचको युद्ध अवस्था के थियो र कस्तो थियो ?

कसैले कसैलाई टेर्नै नसक्ने र कसैले कसैलाइृ स्वीकार्नै नसक्ने अवस्था किन सिर्जना भयो ? यदि पार्टी एकजुट, एकढिक्का र एक सिद्धान्त छ भने ढुङ्गाको मूर्तिलाइृ पार्टी सभापति बनाएर पनि देश र पार्टी चलाउन सक्थे नि ? भगवान् पशुपतिनाथमा प्रत्यक्ष महादेव कसले देखेको छ र ? आज शिवजीको नाममा शिवलिङ्ग तथा भगवान्को आस्थाले किन विश्वको राष्ट्र देव बन्न सकेको छ ? आस्था र विश्वासलाई केही छेक्न सक्छ ?

केहीले रोक्न सक्छ ? कदापी सक्दैन । जब आस्था र विश्वासमा धमिरो लाग्दछ तब सबै कुरा खल्बलिन थाल्छ । आज नेपाली कांग्रेसलाई देख्ने र हेर्ने के मा ? भन्ने प्रश्नले आम जनतालाई गिजोलेको यो अवस्थामा अबको अवस्था मा, आजको अवस्थामा नेपाली कांग्रेस देखिन्छ के मा ? गुटमा, फुटमा, उपगुटमा वा जुटमा ? भन्न सकिन्छ । लेख्न सकिन्छ, जान्न सकिन्छ