काठमाडौं,२५ मंसिर । नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो भएका छन् । उनले पार्टी सभापतिका लागि पहिलेदेखि नै तयारी गरिरहेका थिए ।