उत्सर्ग संगीत अवार्ड
खेमराज रिजाल
दाङ, २३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले (सोनाम)ले कला संस्कृतिले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन् । त्यसको संरक्षण तथा विकासमा सरकारको सहयोग रहने विश्वास दिलाए । उत्सर्ग संगीत अवार्ड २०७८को दाङको घोराहीमा उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यस्तो बताएका हुन् ।
कला, संस्कृति राष्ट्रका गहना भएको भन्दै यसको संरक्षण तथा विकासमा सरकार लागिपर्ने समेत बताए । ‘प्रदेश सरकारले कला, संस्कृतिलाई पछाडि पर्न दिँदैन’, मुख्यमन्त्री केसीले भने ‘त्यसको लागि प्रदेश सरकारले योजना बनाएर काम गरिराखेको छ ।’ प्रदेश सरकारले कला, संस्कृतिको संरक्षणको लागि प्रदेशका ३÷४ स्थानमा सांस्कृतिक डबली निर्माण गरिराखेको र अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन गरिराखेको बताए ।
डबली निर्माणको काम भइराखेको छ’, मुख्यमन्त्री केसीले भने, ‘यसले कला, संस्कृतिको संरक्षण र विकासमा टेवा पु¥याउने विश्वास प्रदेश सरकारको छ ।’ सांस्कृतिक डबलीसँगै ठूला थियटर स्थल निर्माणका लागि समेत अध्ययन भएको मुख्यमन्त्री केसीले बताए । प्रदेशमा फिल्म नगरीको रूपमा विकास गर्ने प्रयास थालिएको बताए । त्यसका लागि भौतिक निर्माणको लागि सम्भाव्यता अध्ययन समेत सुरु भएको उनले बताए । ‘देशभित्र मात्र नभइ बाहिरबाट आएर समेत फिल्म निर्माण गर्ने वातावरण बनाउनका लागि भौतिक निर्माणका कार्यलाई अगाडि बढाइने छ’, मुख्यमन्त्री केसीले भने ‘यसले कला तथा सांस्कृतिक क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।’
कलाकारिता क्षेत्रको विकासका लागि सरकारले योजना अगाडि बढाएको समेत उनले बताए । ‘कलाकारिता क्षेत्रको विकासका लागि स्रष्टाको सम्मान तथा विमाको व्यवस्था गरिनेछ’, उनले भने, ‘प्रदेश सरकारले आप्mनो कार्य कालमा ऐन कानुन निर्माण गरिसक्ने छ, त्यसैअनुसार सरकार अगाडि बढेको छ ।’ उनले आप्mनो कार्यकालमा ऐन, कानुन निर्माण गरिसक्ने समेत विश्वास दिलाए ।
प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले समाज परिवर्तनमा साहित्य तथा संगीतले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘समाज परिवर्तन गर्ने साहित्य तथा संगीतको विकासमा राज्यले सहयोग गर्नु पर्दछ’, सभामुख घर्तीले भने ‘यसको विकासका लागि प्रदेश प्रदेश स्तरमा प्रदेश प्रतिष्ठान स्थापना गरेर अगाडि बढन आवस्यक छ । त्यसले साहित्य तथा साँस्कृतिक क्षेत्रको विकासमा इट्टा थप्ने काम गर्ने छ ।’साहित्य तथा सांस्कृतिकले देशको पहिचान गराउन सहयोग पुग्ने उनले बताए । कलाकारीतामा अगाडि वढेकालाई प्रेरणा प्रदान गर्न राज्यले सम्मान गर्नु पर्ने उनको भनाइ रहेको थियो जसले उनीहरुलाई अगाडि वढन सहयोग पुग्ने उनले बताए ।
लुम्बिनी प्रदेश सरकार कानुन तथा न्याय समितिका सभापति दामा शर्माले कलाकारितामा उत्प्रेरित लिने वातावरण बनाउन आवश्यक रहेको बताइन् । यसले नयाँ पुस्तालाई यस क्षेत्रमा लाग्न सहयोग पुग्ने उनको भनाइ छ । ‘उदियमान कलाकारहरूलाई उत्प्रेरणा प्रदान गर्न सबै लाग्नु पर्दछ’, उनले भनिन् ।
कार्यक्रममा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । यसैगरेर कला संस्कृतिमा योग्दान पु¥याउने व्यक्ति तथा मणोपरान्त सम्मान गरिएको थियो । कार्यक्रम केएल पीडितको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण चन्द्र शर्माले गरेका थिए । त्यस अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।