गोरक्ष समाचारदाता
दाङ, १९ मंसिर । प्रेस चौतारी दाङ अधिवेशन आयोजक समितिको बैठक शनिवार सम्पन्न भएको छ । अधिवेशन आयोजक कमिटी संयोजक इन्द्र डिसीको अध्यक्षता एवं संगठनका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले चौतारी दाङको अधिवेशन पुसको पहिलो सातामा सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरेर बैठकले अधिवेशनको लागि सहयोग संकलन र सदस्यता नवीरकणको कार्य जारी राख्ने, संगठनमा स्थापना भएका पुरस्कारहरूको अभिलेखीकरण गर्न सहसंयोजक प्रेमबहादुर राम्जालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैगरेर बैठकले अधिवेशनलाई थप व्यवस्थित र आकर्षित बनाउन पूर्व सचिव बसन्त आचार्यलाई जिम्मेवारी दिने, नेकपा एमाले पार्टीको हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट जिल्लाबाट निर्वाचित उपाध्यक्ष, महासचिव, केन्द्रीय सदस्यहरू, लेखा आयोगकका सदस्यहरू र अनुशासन आयोगका सदस्यहरूलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य घनश्याम पाण्डे, जिल्ला उपाध्यक्ष हुकुम बस्नेत, उपसचिव कृष्णप्रसाद भुसाल, संगठनका केन्द्रीय सदस्य टीका बस्नेत, सल्लाहकार र कार्य समिति सदस्यको सहभागिता थियो । बैठकको सहजीकरण सहसंयोजक प्रेमबहादुर राम्जाले गरेका थिए ।