दाङ, १७ मंसिर । जन्म दिनको अवसर पारेर ‘पुर्खाको सम्झना’ गीती खण्डकाव्यको लोकार्पण गरिएको छ ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानलेले प्रकाशन गरेको छैठौँ कृति ‘पुर्खाको सम्झना’ गीती खण्ड–काव्यको उनको जन्म दिनको अवसर पारेर शुक्रवार लोकार्पण गरिएको हो ।
पुस्तक लेखक संघ दाङका पूर्व अध्यक्ष डा शिवकुमार सुवेदी तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले लोकार्पण गरेका हुन् ।
लोकार्पण गरिएको पुस्तकको समीक्षा गोविन्द पौडेलले गरेका थिए । लोकार्पण कार्यक्रम संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष डा शिवकुमार सुवेदीको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा भएको थियो ।
संघका सदस्य हरिप्रसाद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव हुमबहादुर डिसीले गरेका थिए ।