स्वतन्त्रता र सत्ताको असक्षमता

विनोद पोख्रेल
२०७७ भदौ ६ गते
लेख्ने मन भए लैख्न सकिन्छ । दिन खाली त हुँदैन । केही न केही त मनमा हुन्छ तर स्वस्थ र स्वतन्त्र सोच भनेको कसैले डिस्टर्व नगरेकोले बिहान नै हो । आज यो लेख भने साँझ लेख्दै छु । यसलाई मैले नयाँ अनुभवको रुपमा लिएको छुँ । दिनभरि धेरै मान्छेसँग धेरै विषयमा कुरा हुन्छ ।

त्यतिबेला मनमा स्थिरता रहँदैन । यस्तोमा या त विषय छान्नुपर्ने हुन्छ या त लेखमा धेरै विषय आउनुपर्ने हुन्छ । आज बिहानै दाङको पश्चिम क्षेत्रमा पुग्नुप¥यो । कर भन्दा पनि त्यहाँ पुग्ने रहर थियो तर अझै त्यहाँसम्म पुगन सकिएन जहाँको लागि मैले सोचेको थिएँ । पुरन्धाराको झरना हेर्ने मन छ । त्इहाँ हामी आफ्नो गाडीमा जान नसक्ने रहेछौँ, आजभोलि । आजभोलिको चल्तीको ठाउँ थारु संग्रहालय भने हेरियो ।

संग्रहालयको रुपमा पुराना वस्तुहरु त त्यहाँ थिएनन् तर पनि पुरानो संस्कार, शैली र सीप अनि उहिले प्रयोग हुने ढिकी, चाँकी, लोक आदि बनाइएको छ । एउटा नयाँ विषय जसले पुराना कुराबारे केही जानकारी लिन सकिन्छ । यस रुपमा मैले राम्रै माने । आजभोलि होमस्टे र थारु जातिको विशेष खानेकुरा भनेर धेरै खान दिनसक्ने खास गरेर पुरानो चलन अनुसार थारु परिवारमा खाइने वस्तुहरुको पनि केही व्यवस्था भएको र केही गराउने प्रयास भएको रहेछ । मानिसले महत्व आफ्नो चाखअनुसार दिने हो ।

मलाई तहाँ आगो बलेको, बत्ती बलेको जसरी व्यवस्थापन गरिएको छ, त्यो राम्रो लाग्यो । विद्युतको प्रयोग गरेर यी कुराहरु मिलाइएका छन् । एकपल्ट हेर्नलायक नै रहेछ । त्योभन्दा पहिले हामी हापुरे भन्ने स्थानमा गयौँ । यो दाङको सुदूर क्षेत्र हो । धेरै पहिले गएको थोरै मात्र सम्झना थियो । केही कुरा यथावत तर धेरै परिवर्तन नै रहेको रहेछ । यसलाई मैले स्वाभाविक रुपमा लिर सन्तोष मानेँ । त्यस्तै हंसपुरको विद्यालयसम्म पनि पुग्यौँ । त्यहाँ पनि केही कुरा मात्रै सम्झनामा रहेका बाँकी थिए ।

बाटाहरु धेरै ठाउँमा पिच भइसकेको । धेरै ठाउँहरुमा पुल बनिसकेको, पहिलेको सम्झँदा शिक्षा र यातायातमा पर्याप्त सुधार भएको पाएँ । त्यस बाहेक धेरै समय भएको थियो । म पनि लामो यात्रामा गएकै थिएनँ । म प्रायः कतै हिड्दैन । घरमै बस्ने घोराही बजार जाने त्यत्तिमा सन्तुष्ट हुने बानी बनिसकेको छ । आज त्यहाँ पुगेर त कहिले कहीँ केही ठाउँहरुमा पुगनुपर्ने रहेछ जस्तो पनि लाग्यो । केही वयक्तिहरु पनि भेटिए जसले अलि बढी आदर पनि दिए । यो सबै प्रसंग ठूलीभान्ीको छोरो किशोरले हापुरेमा अस्पतालको सुरुवात गर्न लागेको र उसले विपुललाई बोलाएकोले संयोग जुरेको हो ।

अस्पताल त्यो क्षेत्रमा आवश्यक पनि छ । विपुल एक्लै जान लागेकोमा मलाई पनि जाऔँ भन्यो । विक्रम पनि संयोगले घरमै थियो । दुईवटा छोरासँग आफ्नो गाडीमा जान मलाई पनि राम्रै लाग्यो । फेरि आफ्नो साधन भएकाले यातायातको पनि र समयको पनि समस्या भएन । यति दिनकोभन्दा डेढघण्टा जति ढिलो भए पनि घरमै फर्केर खाना खाइयो । त्यही बिहान गएर फर्केर घरमा खाना खान आइने कुरा केही वर्ष अघिसम्म कल्पनाभन्दा बाहिरको कुरो थियो । तर आज आफैले त्यो गरियो । समयलाई चिन्न सकिन्न भन्ने भनाइ सम्झैँ ।

भोलिको कसलाई थाहा हुँदैन भन्ने पनि सम्झेँ । अझै केकति परिवर्तन देख्न पाइने हो ? बाँचेपछि देख्न पाइन्छ भन्ने पनि सम्झेँ । अनि पहिले नै भनेको हुँ साँझपख लेख्ने पनि नयाँ अनुभव जस्तो लाग्यो । धेरै गल्ती लेखेको हुनसक्छ । तर मेरो सधैँ लेख्ने प्रतिबद्धतालाई जसरी तसरी भए पनि धान्न सकेकोमा खुी र सन्तुष्टि दुवै प्राप्त भएको जस्तो लागेको छ । यति भए यो दिन यसका कारणले लेखिएन भन्न परेन ।

२०७७ भदौ ७ गते

समाज परिवर्तन गर्न चाहनेहरुले सोचमा परिवर्तन आवश्यक भएको सम्झेँ र त्यही अनुसार तर्क राखेँ । यो कुरालाई सजिलो रुपसँग बुझ्ने गरी जयप्रकाशनारायणले आफ्नो पुस्तक ‘सम्पूर्ण क्रान्ति’मा राखेका छन् । उनले जबसम्म सोचलाई समय अनुसार फेर्न सकिँदैन तबसम्म सम्पूर्ण क्रान्ति सम्भव छैन ।

क्रान्तिहरु धेरै सत्ता परिवर्तनमा सीमित हुने गर्छन् । केही व्यवस्था परिवर्तन (राजनीतिक) मा सीमित हुने गर्छन् तर आम नागरिकको सोचलाई परिवर्तन गर्नतर्फ नेतृत्व लाग्दैन । बरु यसलाई भन्दा धेरै बढी महत्व यथास्थितिको अन्त्य वा विनास गर्नुलाई दिइन्छ । आफूले जसलाई परिवर्तनको बाधक देख्यो उसलार्य सके भौतिक रुपमै नभए पनि आर्थिक, राजनीतिक रुपमा चोट पु¥याउन सके सफलता मानिन्छ । अनि आ–आफैले ल्याएको परिवतृन्को आत्मश्लाघामा डुबेर त्यो कामको मोल अशुलेर ठूलो मान्छे हुने लक्ष्य बनाइन्छ ।

सोचमा विकृति त आउँछ तर सकारात्मक भनौँ या अपेक्षित परिवर्तन आउँदैन । यसको एउटा कारण त लक्ष्य स्पष्ट नहुनु पनि हो । किताब घोकेर विद्वान भएकाहरुको यो विशेष कमजोरी हो । सामाजिक परिवर्तन अन्य परिवर्तनजस्तो होइन । यसलाई अरुभन्दा बढी समय पनि लाग्छ । एकै पल्ट फेरिँदैन । यसको परिवर्तनको द्रुततामा थोरै प्रभावसम्म पार्न सकिन्छ तर निर्णयहरुले आदेशात्मक रुपमा फेर्न सकिँदैन ।

त्यस्तै महत्वपूर्ण कुरो यसको लक्ष्य निर्धारण गर्न नसक्नेले परिवर्तनको लागि केही गर्न सकिँदैन । थोरै राजनीतिकर्मीमध्ये एकजना वीपी कोइरालाले आफूले सामाजिक परिवर्तन पनि उत्तिकै महत्वपूर्ण रुपमा चाहेको भनेका थिए । उनले लक्ष्य बनाएका थिए । सबैको घर, दुहुनो गाई, आवश्यक परे औषधीमुलो अनि शिक्षा सबैलाई पुग्नुपर्छ भन्ने उनको लक्ष्य थियो र उनले यसका लागि १५ वर्ष मागेका थिए । उनले गर्न पाएनन् । लक्ष्य असम्भव पनि थिएन ।

उनी यसमा इमानदारीसँग लाग्न पाएको भए यतिसम्म भइ पनि हाल्थ्यो कि ! तर आज कुरो ठूला गर्ने, हजारौँ मान्छे मार्ने, मान्छे काट्दै हिड्नेहरु भेटिन्छन् ।समानताको कुरा गर्दा अरुको भन्दा चर्को बोल्नेहरु देखिन्छन् तर तिनैका गतिविधिहरु सस्तो राजनीतिका लागि कति निम्नस्तरका र उनीहरुकै बोलाइसँग कति विरोधाभाषी हुन्छन् त्यो पनि देख्न सकिन्छ । यहाँ सती प्रथा, दास प्रथाजस्ता असामाजिक व्यवहारहरु समयको परिवर्तनसँगै हटाइसके । त्यतिबेला सामाजिक उन्नति भनिएन ।

त्यस्तै भर्खरैको समयमा पनि विधवाको लगाइ आदिमा आएको परिवर्तन पनि सामाजिक क्रान्तिअन्तर्गत नै पर्छ । तर राजनीतिले नै संरक्षण गरेर दलित, जनजाति आदि शब्द र यिनले इंगित गर्ने समूह निर्माणमा समय लगाइन्छ तब सामाजिक परिवतृन सम्भव छैन । अझ यिनलाई अलग राजनीतिक संरक्षण भनेर केही स्थान सुरक्षित गराएर यिनका सन्तान दर सन्तानलाई त्यही लोभ देखाएर सधैँ दलित, आदिवासी, जनजाति बनाउने प्रयासले समाजलाई अझै धेरै वर्षसम्म पछाडि धकेल्ने निश्चित छ ।

यस्तोमा बाबुरामले नाम पछाडि कामी लेखौँ भन्दैमा न त बाबुरामलगायत कसैले कामी लेख्छ न त यसले कुनै परिवर्तन नै ल्याउँछ । परिवर्तनको लागि चेतनाको विकास आवश्यक हुने गर्छ । यसका लािग शिक्षा र समाजमा हरेक सदस्यको महत्व छ भन्ने भावना, यही सामाजिक सद्भाव आवश्यक हुन्छ । सत्ताले समाजको आवश्यकताको जिम्मेवारी लिन सक्नु पर्छ र परिवर्तनको आधार तयार पार्न सक्नुपर्छ तर विडम्बना नै मान्नुपर्छ ।

नेपालको वर्तमान सत्ताले पिउने पानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयहरुलाई समेत निजी कम्पनीहरुलाई व्यापार गर्न दिएर आफू गैरजिम्मेवार भएको छ । योभन्दा म प्रष्टसँग भन्छु यो कुनै एउटा दलको कमजोरी होयन । यो सत्ताको असक्षमता र मूर्खताको परिणाम हो । यस्तोमा कस्तो परिवर्तनको अपेक्षा गर्नु ?