जन्मदिनमा रक्तदान

शिवराज खनाल
दाङ,१७ मंसिर । जन्मदिनको उपलक्ष्यमा पतन्जली दाङ जिल्ला युबा महासचिब कमल अधिकारीले रक्तदान गरेका छन । आफ्नो ३९ औ जन्मदिनको उपलक्ष्यमा लमही स्थित रक्तसञ्चार केन्द्र दाङ द्वारा संचालित लमही रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गरेका हुन ।

रगतको अभावले कसैको ज्यान नजावस भन्दै मानव कल्याणका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको बताए । रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका लागि रक्तदान गरेको अधिकारीको भनाइ छ ।

अधिकारीको जन्मदिनमा सहभागी हुदै लमही बजारका अन्य २ जनाले समेत रक्तदान गरेका थिए । नेपाल रेटक्रस सोसाइटी लालमटीया शाखाका निबर्तमान सभापती गंगाराम भट्टराई र भुगोल बचत तथा सहकारी सस्थाका संचालक समितिका सदस्य संजय चौधरीले रगत अभाव हुन नदिन रक्तदान गरेको बताए ।