दाङ,१४ मंसिर । आसन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा राप्रपाका केन्द्रिय सदस्य समेत रहेका तुलसीपुरका युवा नेता तथा व्यवसायी दामोदर भण्डारीले फेरी केन्द्रिय सदस्य पदमै उम्मेदवारी दिएका छन् ।
मिलनसार, मृदुभाषि एवं युवाहरुमाझ निकै लोकपृय नेता भण्डारी विद्यार्थी राजनितिबाटै केन्द्रिय सदस्य सम्म पुगेका हुन् ।
सवै नेताहरुका पृय मानीने नेता भण्डारी राप्रपा विद्यार्थीसंगठनमा जिल्ला सदस्यबाट राप्रपाको राजनीतिमा प्रवेश गरेका थिए । उनी जिल्ला युवक संगठनको केन्द्रिय उपाध्यक्ष, मुलुक संघियतामा प्रवेश गरीसकेपछि प्रदेशको उपाध्यक्ष र हालको केन्द्रिय सदस्य हुन् ।
उनले आफुलाइ अमुल्य मत दिएर राप्रपालाइ बलियो बनाउने अभियानमा साथ दिन पनि हार्दिक आह्वान गरेका छन् ।