कांग्रेस दाङको सचिवमा अर्जुन योगी र बालिका लम्साल बिजयी

दाङ,१२ मंसिर । नेपाली कांग्रेस दाङको सचिवमा अर्जुन योगी र बालिका लम्साल बिजयी भएका छन् । दाङ कांग्रेसले इतिहास मै पहिलो पटक महिला सचिब पदमा लम्साल (नेपाल) निर्वाचित भएकी हुन ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरर्गत शनिबार सम्पन्न निर्वाचनबाट लम्साल पहिलो पटक कांग्रेस दाङको सचिब पदमा निर्वाचित भएकी हुन ।
बालिकाले एक हजार पाँच मत प्राप्त गर्दै निर्वाचित भएकी हुन । सचिब पदमा चार जनाको बीचमा प्रतिस्पर्धा भएको थियो । तर, लम्साल मात्रै एक्ली महिला प्रतिस्पर्धी थिइन ।

बालिकाको साहशलाई मतदाताले उच्च सम्मान गर्दैै सचिवमा निर्वाचित गराएका हुन । त्यस्तै मदानबाट सचिब पदमा अर्जुन कुमार योगीले सबैभन्दा बढी १ हजार एक सय ५६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

सचिब पदका उनीहहरुका प्रतिस्पधिहरु कृष्णप्रसाद सुबेदीले ९३४ र सुर्यप्रकाश रानाले ९०५ मत प्राप्त गरेका थिए । यस्तै सहसचिवमा राजु आचार्य १०५४ र सुबोध कुमार डाँगी १०३१ मत प्राप्त गरि निर्वाचित भएका छन् । आचार्य तुलसीपुर २ का वडाध्यक्ष हुन भने डाँगी शिक्षक हुन । उनी नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष हुन ।