छन्द संगमको ६२ औं शृङ्खलामा प्रशिक्षण र रचना बाचन

दाङ,१० मंसिर । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेको छन्द संगम कार्यक्रम अन्तर्गत ६२ औं शृङ्खलामा छन्द संगम एवं छन्द प्रशिक्षण कार्यक्रम गरिएको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजना तथा सगरमाथा बोडिङ स्कूलको समन्वय एव सहयोगमा भएको कार्यक्रममा छन्दका सैद्धान्तिक र प्रयोगात्मक पक्षहर बारेमा जानकारी गराएको थियो । प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरू अत्यन्तै उत्साहीत भएका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको प्रमुख आतिथ्यता तथा सगरमाथा बोडिङ स्कूलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमलाल राणा र प्राचार्य पोषण न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

परिषद् दाङ शाखाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक यम रेग्मीको स्वागत मन्तव्यबाट शुभारम्भ भएको छन्द संगम एवं छन्द प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक डा हिमलाल पन्थी र प्रशिक्षकमा यम रेग्मी रहेका थिए ।

प्रशिक्षण पश्चात् छन्द संगममा डा हिमलाल पन्थी, नगेन्द्र गुरु, यम रेग्मी, विना रोका, श्रवण नेपाली, सगरमाथा बोडिङ स्कूलका युगिन रेग्मी र डिभाईन एकाडेमीका रेणु केसीलगायतले छन्द रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक डा हिमलाल पन्थी, प्रशिक्षक यम रेग्मी र समन्वय एवं सहयोग गर्ने सगरमाथा बोर्डिङ स्कूललाई प्रशंसा पत्र तथा प्रमुख अतिथि पुरुषोत्तम खनाल तथा बिशिस्ट अतिथिद्वय हिमलाल राणा र पोषण न्याैपानेलाई मायाकाे चिनाे प्रदान गरिएको थियो भने साे कार्यक्रमकाे सहजिकरण सचिव प्रकाश के सीले गरेका थिए ।