तुलसीपुर, १० मंसिर । एन प्याव्सन दाङले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि जनप्रिय ईगलिश स्कुलले हात पारेको छ ।
राप्ती बाल एकेडेमी तुलसीपुरमा आयोजना गरिएको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय इंगलिस स्कुललले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी प्रतियोगितामा अमृत एकाडेमी दोस्रो हाईलाईट ईगलिश बोर्डिङ स्कुल तेस्रो र मिडवेष्ट प्वाइन्ट एकाडेमीले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले ट्रफीसहित प्रमाण पत्र र सहभागी विद्यार्थीहरुले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । एन प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा एन प्याव्सनका लुम्बिनी प्रदेस संयोजक सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सो अवसरमा बोल्ने वक्ताहरुले बालबालिकाहरुलाई कितावी ज्ञान मात्र नभई अन्य अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनुपर्नेमा जोड दिएका थिए । साथै उनीहरुले कोरोनापछि जनजीवन सामान्य बन्दै गएको भन्दै अबका दिनका अतिरिक्त क्रियाकलापमा जोड दिन सुझाव दिएका थिए । सो अवसरमा सचिव ठाकुर डाँगी, सहसचिव विक्रान्त ज्ञवाली लगायतकाले भनाइ राखेका थिए । हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन मेट्रो कलेजका प्राध्यापक छवि वलीले गरेका थिए ।