नेविसंघको राजनीतिबाट महाधिवेशन प्रतिनिधिको जमर्को

दाङ,६ मंसिर । तुलसीपुर उपमहानगरपालिका—१८ दुधरासका स्थानीयबासी हरीषचन्द्र भण्डारीसानैदेखि विद्यार्थी राजनीतिमा जोडिएका थिए । विसं २०६२ सालमा उनी अध्ययनका क्रममा राजधानी पुगे । त्यहि समयमा उनी फागुन महिनाको १८ गते शंकरदेव क्याम्पसको स्ववियु सचिवमा निर्वाचित भएँं । दाङबाट राजधानी आएको एउटा ठिटोलाई राजधानीको नाम चलेको शंकरदेव क्याम्पसमा हजारौँ विद्यार्थीमाझ घुलमिल गर्नु नै त्यति सहज थिएन । तर उनको आत्मविश्वासले धेरै साथीहरूको नजिक बनायो ।

नेपाल विद्यार्थी संघको राजनीतिसँग जोडिँदै गर्दा मैले त्यो निर्वाचनमा शंकरदेव क्याम्पसका निकै पपुलर मत ल्याएर स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा निर्वाचित भए । नेपालको इतिहासमै सबैभन्दा बढी मत ल्याएर स्वतन्त्र विद्यार्थी युनियनमा विजयी हुने उनै थिए ।

त्यसपछि मलाई राजनीतिमै नसा जस्तै भयो । हो, हरेक खालका सामाजिक विकृति र विसंगति हटाउने भनेकै राजनीतिबाटै रहेछ । कर्मचारीतन्त्रलाई सही लाइनमा ल्याउने होस् वा अरू सबै राजनीतिबाटै हो । ‘म अहिले पनि एउटा प्रमुख गन्तव्य राजनीति नै हो भन्नेमा विश्वस्त छु’—हरीषले भने ।

विसं २०५८ सालमा शंकरदेव क्याप्पसको नेपाल विद्यार्थी संघ ईकाई समितिको सदस्यबाट राजनीतिलाई सक्रिय बनाउन थालेका भण्डारी सोही समितिको सहसचिव हुँदै विसं २०६० मा स्ववियु, सदस्यमा निर्वाचित भए । २०६२ सालमा शंकरदेव क्याम्पसकै स्वविय सचिवमा सबैभन्दा बढी मत ल्याएर स्ववियु सचिवमा निर्वाचित भए । विद्यार्थी राजनीतिकै क्रममा भण्डारी विसं २०६२÷२०६३ सालको जनआन्दोलनमा करिब ३५ दिनसम्म प्रहरी हिरासतमा समेत रहे । आन्दोलन सफल भएपछि उनी प्रहरी हिरासतबाट रिहा भएका थिए ।

त्यसपछि विसं २०६५ मा शंकरदेव क्याम्पसको नेविसंघको ईकाई सभापति, त्यसपछि लगातार विसं २०७२ सालसम्म सर्वसम्मत सभापति भए । त्यसपछि विसं २०७२ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्षमा दाङबाट प्रत्यासी, झिनो मतले पराजय भोग्नुप¥यो । त्यसपछि दशौं महाधिवेशनमा नेपाली कांग्रेसको क्रियाशील सदस्य बने, नेपाली कांग्रेस साविक बिजौरीबाट ।

तेह्रौँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भण्डारी हालसम्म पनि शंकरदेव क्याम्पसको एल्मुन्याइ एसोसिएशनको कार्यकारी सदस्य रहेका छन् । अहिले उनको उम्मेदवारी निर्वाचन क्षेत्र नंवर २ बाट महाधिवेशन प्रतिनिधिमा परेको छ । पार्टिमा युवाहरुको पहुच बढाउने र निति निर्माण तहमा युवा भुमिकालाइ बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् ।