दाङ,६ मंसिर । उमेरले चार दशक पुगेको छैन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संक्रिय राजनीतिलाई थातिराख्दै वन उपभोक्ताहरुको अधिकार आन्दोलनमा जोडिएका तुलसीपुर उपमहानगरपालिका—८ दोघरेका शोभाकर सापकोटाको फेरी राजनीतिमा युटर्न भएका छन् । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उनी हुने क्षेत्रीय समितिको अधिवेशनमा निर्वाचन क्षेत्र नंवर २ को संघीय क्षेत्रीय सचिवको प्रत्यासी बनेका छन् ।
विसं २०३३ शाल असारमा जन्मिएकाले होला उनी नेविसंघको राजनिति गर्दागर्दै सामुदायिक वनको राजनितिमा जोडिए । रुखै रुख भएर झांगिंदै दुइ कार्यकाल सामुदायिक वन महासंघको सचिव हुंदै दुई कार्यकाल अध्यक्षको भुमिकामा क्रियाशिल रहे । मुलुक संघीयतामा प्रवेशगरेसंगै उनी सामुदायिक वन उपभोक्ता महासंघको लुम्विनी प्रदेश संयोजक पनि बने ।
विसं २०४८ शालमा नेविसंघमा आवद्ध भएका सापकोटा विसं २०५० शालमा महेन्द्र मावि तुलसीपुरको इकाई सभापति निर्वाचित भए । विसं २०५३ शालमा राप्ती ववै क्याम्पसमा स्ववियु उपसभापति हुंदै विसं २०५४मा नेपाल विद्यार्थी संघको क्षेत्रीय सचिवको भुमिकामा काम गरे । विसं २०५८ सालमा नेपाली कांग्रेस नगर समितिको सचिव, को भुमिकामा रहेका उनी सामुदायिक वनमा निरन्तर जोडिएर अहिले फेरी पार्टीकै राजनीतिमा जोडिएका छन् । ऐतिहासीक जनआन्दोलन २०६२÷६३मा पनि सक्रिय भुमिका निर्वाह गरेका सापकोटाको यो राजनीतिक यात्रालाई आम कांग्रेस कार्यकर्ताहरुले उत्साहकासाथ नियालीरहेका छन् ।
वन उपभोक्ताहरुका अधिकारहरुको पैरवी गर्दै आएका सापकोटाले पार्टीमा पनि समावेशी अधिकार स्थापित गरी तल्लो तहदेखिनै प्रशिक्षित सक्षम कार्यकर्ता बनाएर पार्टीलाई थप चलायमान बनाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् । वन उपभोक्ताहरुको अधिकारको पैरवी तथा वन वातावरणसंग जोडिएका विभिन्न विषयहरुको अध्ययन अवलोकनका क्रममा उनी विश्वका करीव एक दर्जन मुलुकहरुको समेत अध्ययन भ्रमण गरे । जलवायु परीवर्तनको असर र यसले पार्ने प्रभावका वारेमा राम्रो विज्ञता समेत पाएका सापकोटाले पार्टीलाई बलियो बनाउन स्थानीय तहबाटै प्रयास थाल्ने अभिव्यक्ति दिएका छन् ।
स्थानिय तहमा प्रतिनिधित्व गर्ने सक्रिय सदस्यहरुको क्षमता विकाशगर्दै उनीहरुलाइ सक्षम बनाएर अघि बढाउने आफ्नो पहिलो कर्तव्य हुने बताउंदै उनले यस्ता कार्यक्रमहरु हरेक गाउका वडासम्म पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।