ज्योतीको जीवन कांग्रेसमा सपर्मण

दाङ,६ मंसिर । तीन दशक उनको जीवनको आँखाको ज्योती खोज्दै वित्यो, मुलुकमा अन्धोपन निवारणमा उनी करीव ३० बर्ष अनवरत रुपमा लागिरहे । दृष्टि विहिन र दृष्टि गुमाएकाहरुलाई आंखा उपचार एवं पुर्नस्थापनमा यति लामो समय विताइरहेका तुलसीपुर उपमहानगरपालिका—७ निवासी कृष्णकुमार गिरी कांग्रेसको १४ महाधिवशेनमा आएर सक्रिय राजनितिमा जोडिने प्रयत्नमा छन् ।

त्यसैले उनले यो महाधिवेशनमा दाङ जिल्लाको निर्वाचन क्षेत्र नंवर ३ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । उनको उमेदवारी महाधिवेशन प्रतिनिधि खस आर्य खुल्लामा रहेको छ । नेपाल नेत्रज्योती संघ दाङको सभापति एवं नेत्रज्योती संघको केन्द्रिय सभापति समेत रहेका गिरीको प्राय सक्रिय जीवन राप्ती क्षेत्र मात्र नभएर अहिले कर्णालिमा ज्योती फैलाउनकालागी क्रियाशिल छ ।

स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारको समेत साझेदारीमा रहेर राप्ती आंखा अस्पतालको सेवालाइ मुलुकभर फैलाउने अभ्यासमा रहेक गिरी सामाजिक संघसंस्थामा करीव ३० बर्ष सम्म अनवरत क्रियाशिल रहे । यहि सामाजिक सेवामा जोडिएकै कारण उनी यो बर्ष राष्ट्रपतिबाट जनसेवाश्री पदकबाट विभुषित पनि भए । त्यसो त उनको जिवनको पुर्वाध भने नेपाली कांग्रेसको राजनितिसंग जोडिएको थियो ।

देशमा आमुल परीवर्तनकालागी महामानव विपि कोइरालाको आह्वानमा निरंकुश पन्चायती व्यवस्थाको अन्त गर्ने अभियानमा सक्रिय भुमिका निर्वाह गर्दै आएका कृष्ण कुमार गिरी यहि अभियोगमा विसं २०२९ शालमा सल्यान कारागारमा २ बर्ष बन्दी पनि बनाइए । अनि विसं २०३५ शालको जनमत संग्रहमा वहुदलको पक्षमा सक्रिय पनि भए ।

महामानव विश्वेश्वरप्रसाद कोइरालालाइ तुलसीपुरमा ल्याउन तथा आफ्नै गणेशपुरको घरमा आतिथ्यता गर्ने अवसर समेत पाएका गिरी त्यसपछि विसं २०४६ शालको जनआन्दोलन देखि विसं २०६२÷०६३ शालको ऐतिहासीक जनआन्दोलनमा पनि सक्रिय रुपमा क्रियाशिल भए ।मुलुकमा प्रजातन्त्र ल्याउन यति सक्रिय भुमिका निर्वाह गरेपनि विसं २०४६ शालदेखि उनले नेपाली कांग्रेसबाट कुनै पदिय लाभ लिएनन् । निरन्तर लागीरहे ।

विसं २०२८ शालमा भारतको वनारसमा अध्ययन गर्न पुगेक ागिरीको संपर्क महामानव विपि संग भएपनि उनी मुलुकमा आमुल परीवर्तनको हरेक आन्दोलनमा जोडिए । ‘वनारसकै एउटा कोठाको पटांगिमा बसेर विपिका कुरा सुनिरहन्थ्यौं, त्यहिवेलादेखि म नेपाली कांग्रेसको सक्रिय राजनितिमा जोडिएको हुं’, गिरीले भने ।

विपिको चांडै स्वर्गबास हुनुनै आफ्नो दुर्भाग्य भएको स्मरण गर्ने गिरीले यति लामो जिवन सम्म पनि कांग्रेसको कुनै लाभको पदमा बसेनन् । अहिले आएर उनी महाधिवेशन प्रतिनिधि बनेर पार्टिको निति निर्माणमा समेत भुमिका निर्वाह गर्ने अभियानमा छन् । ‘मैले पार्टिभित्र मत माग्नुपरेको सम्भवतः यो पहिलोपटक हो, मलाइ विश्वास छ गेहेन्द्र गिरी, महादेव शाह, दिपक गिरी, केशव आचार्य, शंकर गिरी लगायत सवैले आफ्नो मत दिनुहुने छ’—गिरीले आग्रह गरे । विपिको निर्देशनमै विसं २०२९ शालमा नेपाल फर्केक ागिरी तात्कालिन रानी ऐश्वर्यको जन्मदिनकै अवसरमा कांग्रेसको संगठन विस्तार अभियानमा जुटेका थिए ।

जुनवेला सिंहदरवारमा आगजनी लगायत प्लेन हाइज्याक गरी पैसा कव्जा गर्ने समेतको अभियान कांग्रेसले सम्पन्न गरेको थियो । त्यहि सेरोफेरोमा उनी कांग्रेसमा लागेको सुराकीका आधारमा पक्राउ परे । जुनवेला तुलसीपुरमा भएको संगठन विस्तारको माइन्युट बोकेर बनारस लगिएको थियो । उनी जेलमा रहंदा वलदेव मज्गैया र मोहन बैद्धसंग संगै बसेका थिए ।

‘यो मेरो पहिलो राजनितिक रेश हो, मलाई सवै क्षेत्रीय प्रतिनिधिहरुले अमुल्य मत दिएर सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु’—गिरीले अपिल गरे । पार्टिलाइ गुठ रहित र एक ढिक्का बनाउने पनि उनको विश्वास छ ।