जिल्लाको विकासका लागि पहल गर्नेछु : प्रजिअ रेग्मी

शिवराज खनाल
लमही , ३ मंसिर । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आफ्नो पहिलो दायित्व भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु रहेको बताएका छन् । देउखुरी उद्योग बाणिज्य संघले शुक्रवार लमहीमा आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्य भएको बताएका हुन ।

त्यसैगरी उनले आफुले दाङ देउखुरी क्षेत्रको बिकास र नागरिकका समस्या समाधानका लागी समन्वयकारी भुमिका निर्बाह गर्ने बताए । विकास निर्माणका कतिपय कामहरु स्थानीय सरकार, प्रदेश सरकार र सघीयसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन ।

उनले त्यस अबसरमा ब्यापारीहरुले अबैध सामान बिक्री गर्नेलाई निगरानी गरि कारबाही गर्नुपर्ने, लमही बजारमा रहेको फुटपाथ र अबैध ठेला ब्याबसायीलाई ब्यबस्थित गरिनुपर्ने र अब्यबस्थित अटो भिलेजले लमही बजार कुरुप बन्दै गएको हुँदा बजारलाई ब्यबस्थित गर्न स्थानिय सरकारसँग समन्वयकारी भुमिका निर्बाह गरि बजारको कुरुपतालाई हटाउनका लागी पहल गरिदिन आग्रह गरेका थिए ।

देउखुरी उधोगबाणिज्य सघका अध्यक्ष खगेश्वर खनालले लमही कोयलाबास हुलाकी सडक खुले पनी कोयलाबास भन्सार नखुलेकोले कोयलाबास नाका सुचारु गर्नका लागी पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । देउखुरी उधोगबाणिज्य सघका उपाध्यक्ष केशबराज पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघ लुम्बीनी प्रदेशका निर्बातमान अध्यक्ष केपि घिमिरे, ब्यबसायी ईन्द्रमणि खनाललगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण देउखुरी उधोगबाणिज्यसघका प्रेस सयोजक प्रिया स्मृति गजमेरले गरेका थिए ।