अपडेटः मृृगौलाका विरामी थिए चितवनमा आइसुलेसन मृत्यु भएका युवा

 

चितवन,११ चैत । चितवनको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामी युवा मृगौलाको बिरामी भएको अस्पतालले जनाएको छछ । बिरगंज–२२ जगनाथपुरका २२ बर्षीय सन्तोष यादवको मंगलबार विहान उपचारका क्रममा मृत्यु भएको थियो ।

लुपस रोगबाट पीडित यादवको मृगौला कमजोर रहेको थियो । पछिल्लो समय ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोरोना भाइरसको आशंकामा कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो । १० गते आइसुलेशन अस्पतालमा पुगेका उनीको स्वाब टेस्टको लागो काठमाडौ पठाइएको थियो । तर त्यसको रिपोर्ट आइनसकेको कोरोना विशेष अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जनाएका छन ।