कोरोनाबारे अफवाह फैलाउने पास्टर पोखराबाट पक्राउ
पोखरा,११ चैत । यशूले कोरोना भाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्।
प्रहरीले सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्यलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा म्याद थप्न लगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएससी राजकुमार केसीले जानकारी दिएका छन ।
उनले मान्छेहरूलाई भेला पारी ुयशूले कोरोना भाइरस निको पार्ने, परमेश्वरको कृपा चाइनामाथि छु, लगायतका भ्रम फैलाउने काम गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
यसअघि उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
‘उनीविरूद्ध मुलुकी संहिताको दफा ७० अनुसार अफवाह फैलाएकोमा मुद्दा अनुसार कारबाही हुन्छ’, डिएसपी केसीले भने।
