भूपेन्द्र सुवेदी
हाम्रा राष्ट्रिय पर्बहरु नयाँ साल प्रवेशदेखि अनेक बहानामा पर्ब मनाउने चलन चल्ती आजदेखिको होइन । नयाँ बर्षको सुरुवातसँगै साउने सक्रान्ती, खेतको धान रोप्ने काम सकिएलगत्तै लुतो फाल्ने सक्रान्तीको नामले पहिचान छ । त्यसलगत्तै हरितालिका तिजको सुरुवात अष्टमी ब्रतदेखि सुरु हुने तिज पर्व पहिलो पर्वको रुपमा मनाउने चलन छ । त्यहाँ भोको पेट बसेर ब्रत गर्ने र भगवानको आशीर्बाद लिनेको नाममा भोकै बस्नुले स्वस्थ्यमा असर परेको हुन्छ, तापनि हामीले मान्दै आएको रीतिरिवाजले हामीलाई अनुशासित बनाएकै हुन्छ र हामी पूर्खाको सिकोमा बाँचिरहेका छौँ ।
तिज पर्वकै लगभग एक महिनाको बीचमा फेरि विजया दशमी (तथा बडादशै)को हामी नेपालीको सबै भन्दा ठूलो पर्बको रुपमा हिन्दु संस्कारअनुसार दुर्गा देवी, महाकालीका नाममा भब्यताका साथ पशु बली दिँदै दुर्गाको महाकालीको नाममा कोटमा स्थापित मन्दिरहरुमा ९ दिनसम्म नबदुर्गाको नित्य पुजा अर्चना गर्दै मालश्रीको कथा, तथा भजनको लयमा आलम चौरका साथ पुजारीहरुले कोट घरबाट निकालेको सराय नाचसँगै नजिकको योखरीमा पुगेर सराय बिसर्जन गर्ने चलन परापूर्बकाल देखि चल्दै आएको हो ।
चलन अनुसार आ–आफ्नै गाउँ ठाउँ अनुसार मनाउँदै आएको अबस्था हो । यस्तै दशैपछिको राष्ट्रिय पर्ब मध्यको कान्छो पर्ब शुभ दीपावली (तिहार) लाई हामी नेपाली हिन्दुहरुको महान चाडपर्वको रुपमा मान्दै आएको भाइटीका दिदीबैनीले दाजुभाइलाई लगाउने सप्तरंगी स्वरुपको भाइटीका लगाई मखमलीको कहिले नओइलाउने माला पहिराएर खुसी साटासाट गर्ने चलन पूर्खाबाट चलाइएको रीति रहेको हो ।
अब तिहारपछिको पर्ब बिभिन्न जातजातिले पुज्ने गर्दै आएको मंसिरे पूर्णिमाभित्र पर्ने (कुल पुजन) तथा गैडुपुजा समेतले पहिचान भएको देवालीको प्रारम्भ सुरु हुन्छ । यसपछिको मेला फेरि हाम्रो अर्काे पर्ब माघे संक्रान्ती पौष मसान्तदेखि लाग्ने धार्मिक पर्ब बिभिन्न धार्मिक स्थालहरुमा स्थान गर्ने र फलफूलको मात्र सेवन गर्ने र आ–आफ्ना टाढा–टाढाबाट आउने इष्ट–कुटुम्बहरुको भेला हुने अवसरको रुपमा मानिँदै आएको माघे सक्रान्तीलाई धार्मिकरुपमा मानिँदै आएको मेलाको रुपमा दिएका हुन्छौ । यसपछिको यो बर्षको अन्तिम पर्ब भनेको चैते दशैको रुपमा चैत्र शुक्ल पक्षमा पर्ने अष्टमी तिथिको रुपमा चैते दशै मनाउँदै आएका छौँ ।
हामी हिन्दु धर्म संस्कार मान्नेहरुले यसरी बर्षैभरी मनाउने हाम्रो राष्ट्रिय पर्बहरुको नाममा मान्दै आएको छौ । तर पर्ब मान्नकै लागि आफ्नो गक्षअनुसार मनाउने बानी हामी छाडिसकेका छौ । आफ्नो गक्ष र आफनो स्वास्थ्यसँगको बीचको समन्वयमा मात्र पर्ब तथा मेला मलाउने र बिभिन्न तरिकाले भोज–भत्तेर लगाउने चलनले हामी कतै ऋणमा फस्ने र कतै माछा, मासु, घ्यू, तेलको प्रयोगको कारण स्वस्थ्यमा पर्न जाने असरको बारेमा हामी कति जानकार छौँ ?
हामीलाई बीचबीचमा हाम्रो स्वस्थ्यकर्मी डाक्टरहरुबाट समेत सचेत रहनको लागि आ–आफ्ना बिचार राखेकै हुन्छन् तापनि हामीले यसको बेवास्ता गर्दै जथाभावी चिल्लो पदार्थ सेबन र मासुजन्य बस्तुको जथाभावी सेवनले पहिलो समस्या निम्त्याएका छौँ । र हामी बर्षै भरी उपचारको लागि दौडिरहनुपर्ने अबस्थालाई हामी कत्ति ख्याल राखेका हुँदैनौ । आफ्नो स्वास्थ्यको ख्याल गर्दै आ–आफ्ना संस्कार अनुसार मेला पर्ब मनाउने बानी बसालौ र मात्र हामी आफू स्वस्थ्य रह्यौ भने मात्र सार्थकता पाउने छौँ ।
पर्ब धेरै माछा, मासुको भतेरले होइन सकभर साकाहारी रुपमा मनाउने परिपाटी बसालौँ किनभने बिगतका पूर्खाहरुले यसरी माछा, मासु, प्रयोग गर्दैनथे र धेरै चिल्लो बस्तु प्रयोग नगर्ने हुनाले उहाँहरु आज हामीभन्दा धेरै स्वच्छ र स्वस्थ हुनुन्थ्यो । र सानो–तिनो रोग नै लाग्न सक्दैनथ्यो र यसैले भनेका रहेछन् हाम्रो पुर्खाले मासु खाने जात मानिसको होइन मासु खाने जात भनेको जसले जिब्रोले पानी खान्छ त्यसले मात्र मासु खाने हो जस्तै, बाघ, चितुवा, बिरालो कुकुरजस्ताको मात्र मासु पचाउन सक्ने क्षमता भएको इन्जन हुन्छ भन्ने बिषयका बिज्ञहरुको भनाइमा भर परेको हुन्छ ।
एउटा अर्काे नकारात्मक पक्ष भनेको दशै, तिहारको बीचमा हुने जुवातासको खेलको कारण कयौँ ब्यक्तिहरु जुवा जित्ने र हार्नेको बीचमा द्वन्द्वको कारण कतै धनमात्र नभएर ज्यानसमेत गएको उदाहरण तपाई हामी बीच छ । तैपनि बर्षैपिच्छे जुवाडे पक्राउ हुन्छन् तर नियन्त्रण हुन सकेको अबस्था छैन भन्छन् जुवाडे प्रविधिमा लिप्त हुनेहरुले यो त देउताको पालादेखि चल्दै आएको प्रचलन हो दशै–तिहारमा त तिरी पासा त मानिसले मात्र नभएर जनवारहरुले समेत खेलेको इतिहास सुनाउँछन् ।
तर प्रत्येक बर्ष हार्नेले कति हारेको हुन्छ जित्ने कति जितेको हुन्छ त्यहाँको लेखाजोखा कसले गरेको होला र तर पनि हामी नेपाली हिन्दुहरुको महान चाडपर्ब मनाउँदा पूर्खाले सिकाएको अर्ती हामीले मान्दै आएका छाँै र मान्नैपर्छ जस्तो लाग्छ, त्यही भएर होला आफ्नो घाँटी हेरी हाड निल्नु भनेको ।