बालाराम खड्का
तुलसीपुर, २& कार्तिक । नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । कोठे बैठक देखि चिया भेटघाट दैनिक भएका छन् । नेताहरूको घरमा भीडभाड नै छ । जित र हारक अक गणित पनि नेता पिच्छे नै छन् । नेताहरुले आ आफनो प्यानको तयारी पनि गरेका छन् ।
गाउँ नगर अधिवेसन सकेको काँग्रेसले संघिय प्रदेश र संघिय क्षेत्रको निर्वाचका लागि भेटघाट छलफल र प्रचार प्रसार समेत चलेको छ । जिल्लामा नेताहरु आफनो प्यानलाई जिताउन लविङ पनि गरिरहेका छन् । मंसिर ३ गते प्रदेश सभा अधिवेशन र मंसिर ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेसनका लागि दौडधुप चलिरहेको छ । आफनो प्यानल खडागरि केहि निर्वाचनको प्रचार प्रसारमा लागेका छन भने केहिको भने उम्मेदवारी प्यानलबाट टुङ्गगो नलागेकाले नेतृत्वलाई दवाव दिने काम भैराखेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ३ क र खमा भने सभापतिका उम्मेदवारहरु प्रचार प्रसारमा जुटेका छन् । क्षेत्र नं ३ क मा दुई जना सभापतिका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएर प्रचार प्रसारमा लागेका छन् । त्यस्तै ३ खमा पनि आफनो उम्मेदवारी घोषणा गरि नेताहरु प्रचार प्रसारमा लागेका छन् । निर्वाचन क्षेत्र नं. ३ क मा बलिराम केसी र देवेन्द्र रिजालले उम्मेदवारी घोषणा गरेका छन् । दुई प्यानलबाट छुटा छुटै उम्मेदवारी घोषणा गरेर उनीहरुले मत मागि रहेका छन् । क्षेत्र नं. ३ क को सभापतिका उम्मेदवार बलिराम केसीले आफु सभापतिको लागि प्रचार प्रसारमा लागेको बताए ।
उनले काँग्रेसलाई संगठित गर्न र काँग्रेसलाई बलियो बनाउन आफुले सभापतिमा उम्मेदवारी घोषणा गरि प्रचार प्रसारमा लागेको बताए । त्यस्तै क्षेत्र नं. ३ क का अर्का सभापति पदका उम्मेदवार देवेन्द्र रिजालले पनि आफु सभापतिमा उठने घोषणा गदै प्रचार प्रसारमा लागेका छन् । उनले पनि विभिन्न वडामा पुगेर मतदातासंग मत मागि रहेका छन् । वलिराम केसी तुलसीपुर –९ का निवर्तमान इकाई सभापति हुन ।
त्यस्तै क्षेत्र नं. ३ ‘ख’ मा पनि सभापतिका उम्मेदवारहरुले मतदाता संग भोट मागी रहेका छन् । प्रदेश सभा क्षेत्र नं. ३ ‘ख’ मा टिका घर्ती र खिमबहादुर वलीले सभापतिमा आफनो उम्मेदवारी घोषणा गरि चुनावी प्रचारमा लागेका छन् । निवर्तमान सभापति समेत रहेका वलीले चुनावी प्रचार प्रसारलाई तिव्र बनाएको बताए । उनले चुनावी प्रचार प्रसार अन्तर्गत घर दैलो कार्यक्रम सुरु गरेको बताए । त्यस्तै तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका टिका घर्तीले पनि चुनावी प्रचार प्रसारलाई तिव्रपारेका छन् ।
त्यस्तै विभिन्न वडाले आयोजना गरेका कार्यक्रममा सम्भावित उम्मेदवारहरु पुगेर विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रमलाई तिव्रता दिएका छन् । यता संघिय निर्वाचन क्षेत्र नंं ३ मा भने धेरै आँकान्छीहरु भएका कारण दुवै प्यानलबाट उम्मेदवारीको टुङ्गगो भने लाग्न सकेको छैन् । सभापतिमा धेरै आँकान्छीहरु रहेका कारण कसलाई उम्मेद्धार बनाउने भन्ने दुविधामा नेताहरु छन् । दैनिक छलफल र बैठकहरु भएपनि उम्मेद्धारको टुङ्गो लाग्न नसकेको नेताहरु बताउछन् । आँकान्छीहरुले भने विभिन्न कार्यक्रममा पुगेर आफनो उम्मेदवारी घोषणाका साथै मत भने मागि रहेका छन् ।
क्षेत्रीय सभापतिमा विभिन्न ७ जना आँकान्छीहरु रहेका छन् । एउटा टिमबाट हालका सभापति जगतबहादुर खड्का, किरण शाह, घनश्याम ढकाल र कुमार लामिछानेले क्षेत्रीय सभापतिका लागि दावि गदै आएका छन् भने । अर्को टिम बाट खिम प्रसाद खराल, सुरेन्द्रबहादुर खड्का र सुर्य प्रकाश रानाले सभापतिमा आफनो उम्मेदवारी रहने घोषणा गदै मत मागि रहेका छन् । दुवै टिमबाट आधिकारीक उम्मेद्धवारहरु छनोट हुन सकेको छैन् । ‘धेरैले सभापतिमा दावि गर्नुे भएको छ कसरी मिलाउने भन्ने अझै टुङ्गो लागेको छैन् –एक नेताले भने ।
निर्वाचन नजिकीदै जाँदा आँकान्छी र सभापति पदमा दावि गर्ने धेरै भएका कारण पनि उम्मेदवारी टुङ्गो लाग्न नसकेको नेताहरु बताउछन् । त्यस्तै अन्य महाधिवेसन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा पनि धेरैले आफनो उम्मेद्धारी घोषणा गर्नेहरुको संख्या पनि बढदै गएको छ । दैनिक जसो आँकान्छीहरुले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा उम्मेद्धारी घोषणा गदै मत मागि रहेका छन् ।
त्यस्तै जिल्ला सदस्यहरुमा पनि आफनो उम्मेद्धारी प्रस्तुत गर्नेहरुको संख्या दिन प्रतिदिन बढेको छ । तुलसीपुर –४ले खार्देमा आयोजना गरेको कार्यक्रममा करिव ६२ जनाले विभिन्न पदमा उम्मेद्धारी घोषणा गरेका थिए । त्यस्तै थोरै पदमा धेरै उम्मेद्धारहरु आँकान्छी हुँदा टिममा मिलाउनै सकस भएको छ । सवैले आफनो उम्मेद्धारी घोषणा गरेपनि दुवै टिमले आफनो आधिकारीक प्यानल भने अझै टुङ्गयाउन सकेको छैन् ।
स्वस्थ प्रतिसपर्दा हुनुपर्ने
यसैबीच शुक्रवार तुलसीपुर–४ को खाद्रेमा भएको कार्यक्रमा बोल्ने काँग्रेस नेताहरुले पार्टी भित्रको आन्तरीक निर्वाचनमा स्वस्थ प्रतिसपर्दा हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले आफनै पार्टी भित्रको चुनाव भएकाले सवैले स्वस्थ प्रतिप्रर्दा गर्नुपर्ने बताए । ‘पूर्वाग्रही र कम्जोर मानसिक्ताबाट सवै माथि उठनुपर्छ जसले जितेनी काँग्रेसले जित ने हो’ उनले भने ।
त्यसैगरी पूर्व संसाद गेहेन्द्र गिरीले चुनावमा एक अर्को विच प्रतिसप्रर्दा हुने भन्दै विभाजित मानसिक्ता सवैले त्याग्नु पर्ने बताए । उनले जसले जिते पनि पार्टीलाई संगठित र संगठन मजवुद बनाउन लाग्नु पर्ने बताए । त्यस्तै सविधान सभा सदस्य वुद्धिराम भण्डारीले अगाडीका नेताहरुलेनै यो प्यानल बनाउने गरेको भन्दै चुनावमा स्वस्थ प्रतिपर्दा हुनुपर्ने बताए । उनले चुनाव पछि सवै हारेका र जितेका मिलेर संगठन बलियो बनाउनुपर्ने बताए । वडा सभापति नन्दलाल पुनको अध्यक्षतमा भएको कार्यक्रमा विभिन्न नेताहरुले बोलेका थिए ।