हालै सम्पन्न नेकपा एमालेको अधिवेशनबाट घोराही उपमहानगर कमिटीको नेतृत्वमा भवुन चौधरी आएका छन् । कार्तिक ९ गते भएको अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । चौधरी युवा र भिजनरी नेतृत्व हुन् ।
पार्टी अब्बल बनाउन पार्टी नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । त्यसमा उनले भावि योजना समेत तयार पारेका छन् । त्यसको कार्यान्वयनमा उनी जुटेका समेत छन् । उनले पार्टीलाई तीन ‘ज’ अर्थात् जनसंगठन निर्माण, पुनर्निमाण, जनजागरण र जनपरिचालनमा केन्द्रित रहेर परिचालन गर्ने योजना बनाएका छन् । यसै विषयमा केन्द्रित भएर अध्यक्ष भूवन चौधरीसँग गोरक्षकर्मी इन्द्र डिसीले गरेको कुराकानीको सार संक्षेप ।
गोरक्षको सातावार्तामा यहाँलाई स्वागत छ ?
धन्यवाद यहाँ र गोरक्ष पत्रिकालाई पार्टीको बारेमा विचार राख्ने अवसर दिनुभएकोमा ।
पार्टीको घोराही उपमहानगर कमिटीको नेतृत्वमा आउनुभएको छ, यसलाई कसरी लिनुभएको छ ?
मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । पहिलो कुरो जब पार्टी संक्रमणकालमा गुज्रिरहेको थियो, एमाले विरोधी देशीविदेशी शक्तिहरूले एमाले सिध्याउने खेलमा लागेका थिए । त्यसवेला पनि मेरै नेतृत्वमा हामीले घोराही उपमहानगरको पार्टी संगठलाई जीवन दान दिएका हौँ र यो उचाईमा पु¥याएका हौँ ।
दोस्रो कुरा पार्टी सञ्चालन होस् या सरकार सञ्चालन, जनताले भिजनकारी युवा नेतृत्व खोजेको छ । तेस्रो कुरा वर्तमान परीप्रेक्षमा पार्टीलाई नयाँ ढङ्गले नयाँ सिराबाट व्यवस्थित रूपले अगाडि बढाउनुपर्ने छ ।चौथो कुरो म यो देशको एक मात्र पार्टी सुखी नेपाली समृद्ध नेपालको संवाहक नेकपा (एमाले) मा रहेर नगर, नगरबासी, देश र जनताको सेवामा समर्पित एउटा सिपाही हुँ । यी चारवटै विषयसँग म पर्याय भएकाले नेकपा (एमाले) घोराही उपमहानगरको मेरो नेतृत्व स्वाभाविक हो ।
नेतृत्वमा आउनु भएको छ,अव नगरमा एमाले कसरी लैजाने योजना छ?
हामीले तीन ‘ज’ को अभियानमार्फत् घोराही उपमहानगरमा एमालेलाई सबैभन्दा अब्बल, व्यवस्थित तथा शक्तिशाली पार्टीको रूपमा अगाडि बढाउने योजना अगाडि सारेका छौँ । एक ज = जनसंगठन निर्माण, पुनर्निमाण : यस अन्तर्गत हामीले नगर, वडा तथा टोल (गाँउ) स्तरीय कमिटी र सोही वमोजिमको संरचनाअनुसारका जनवर्गीय संगठन कमिटी निर्माण तथा पुनर्निमाण गर्नुपर्दछ । यसमा हाम्रो उपमहानगर र वडा स्तरीय कमिटी निर्माण भइसकेका छ ।
केही मात्रामा जनवर्गीय संगठन र टोल कमिटी निर्माण भएका छन् । आगामी दुई महिनाभित्र हामीले सबै जनवर्गीय संगठन र टोल कमिटीहरू निर्माण तथा पुनर्निमाण गर्नेछौँ । दुई ज = जनजागरण : यस अन्तर्गत हामीले एमालेको नीति, विचार, शिद्धान्त र कार्यक्रम, जनताको बहुदलीय जनवाद तथा एमाले सरकारमा रहँदा गरेका जनमुखी कार्यहरूको बारेमा जनता समू पु¥याउनेछौँ । यसका अलावा अन्य पार्टीले गरेका जनविरोधी कदमहरूको भण्डाफोर गर्ने हाम्रो कर्तव्य रहनेछ ।
तीन ज = जनपरिचालन : हाम्रो पार्टीको मेन मोट्टो भनेको सुखी नेपाली समृद्ध नेपाल निर्माण हो । सुखी नेपाली समृद्ध नेपाल निर्माण गरी समाजवादमा प्रवेश गर्ने हो । यसको लागि सन्तुलित विकासको अपरिहार्य छ । तसर्थ, सन्तुलित विकासको आयाममा हाम्रा नेता, कार्यकर्ता तथा स्थानीय जनता परिचालित हुनेछन् ।
गाउँको होस् या सहरको, योजना निर्माण गर्दा होस् या योजना कार्यान्वयन गर्दा, हाम्रा नेता, कार्यकर्ता तथा स्थानीय जनता सँगसँगै अगाडि बढ्नेछन् । यसका साथै जनताको दुःखमा दुःख बाँड्ने र जनताको सुखमा सुख साट्ने काममा हाम्रा नेता कार्यकर्ताहरू परिचालित हुनेछन् । यसलाई हामीले विकासमा जनपरिचालन भनेर परिभाषित गरेका छौँ ।
अब स्थानीय तह, प्रदेश र संघको चुनाव आउँदैछ, पार्टी विभाजन समेत भएको छ, यसलाई पूर्ति गर्न भावि योजना के छ ?
गजवको प्रश्न गर्नुभयो । पार्टी कहाँ विभाजन भएको छ र ? केही लोभीहरू, दरिद्रहरू संगठनका अराजकतावादीहरू चोइटिएर गएका न हुन् । घोराहीमा यसको किञ्चित मात्रामा पनि असर छैन । जहाँसम्म पूर्तिको कुरा छ । तपाईंलगायत सारा घोराही नगरबासीले देखिरहेका छन् कि चोइटिएर गएकाभन्दा कैयौँ गुणा बढी नेता, कार्यकर्ताहरू अन्य पार्टीबाट हाम्रो पार्टीमा लामबद्ध भइरहेका छन् ।
यसको गति बढाउनका लागि हाम्रो संगठनलाई सुदृढ गर्नुका साथै रचनात्मक कामहरू अगाडि बढाउने हाम्रो कार्यभार रहनेछ । यसका अलावा नेकपा (एमाले)ले गरेका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनैतिक सुधारका कार्यहरूको बारेमा जनता माझ जानकारी गराउनुका साथै अझ परिस्कृत ढङ्गले अघि बढ्ने हाम्रो लक्ष्य रहनेछ ।
जहाँसम्म स्थानीय तह, प्रदेश र संघको चुनाव आउँदैछ भन्ने सवाल हो । यी तीनवटै चुनावको सन्दर्भमा हामी सतर्क छौँ र पूर्व तयारी अवस्थामा छौँ । यो देशका दक्षिणपन्थी अवसरवादीहरूको जतिसुकै अपवित्र गठबन्धन भए पनि हामी उनीहरूसँग सिङ्गल भिड्न तयारी अवस्थामा छौँ ।
नेतृत्वसँगै चुनौती पनि छ, त्यसलाई कसरी लैजाने योजना छ ?
सान्दर्भिक प्रश्न गर्नुभयो । हो, नेपाल जस्तो मुलुकमा नेतृत्वको चुनौती अलि बढी हुन्छ । विकसित मुलुकभन्दा कम विकसित मुलुकमा नेतृत्वलाई अलि बढी चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । तर, मैले यसलाई चुनौती नठानेर अवसरको रूपमा लिएको छु । हाम्रो पार्टी नेपालमा मात्रै नभएर एसियामै एक मोडेल पार्टीको रूपमा स्थापित भएको छ ।
घोराहीमा मात्रै नेतृत्व सम्हाल्नसक्ने चार हजारभन्दा बढी नेताकार्यकर्ताहरू सक्रिय रूपमा कृयाशील छन् । पार्टी जीवनलाई व्यवस्थित तथा परिस्कृत ढङ्गले अगाडि बढ्न हामीलाई सबै नेताकार्यकर्ताहरूलाई व्यवस्थापन गरेर अघि बढ्नुको विकल्प छैन । यसको लागि हामी सहमति, समन्वय र सहकार्य गरेर अगाडि बढ्नेछौँ । यस बाहेक नेतृत्वसँग जनताले विकासको अपेक्षा गरेका हुन्छन् । स्पष्ट रूपमा भन्नु पर्दा नेपाली विशेष गरेर घोराहीबासी विकासमा महत्वाकांक्षी छन् ।
वास्तवमा महत्वाकाक्षीं भएर त विकासको गति बढ्छ । तसर्थ, घोराहीको विकासको गतिलाई तीव्र पार्न, घोराहीबासीको आकांक्षालाई परीपूर्ति गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारलगायत स्थानीय जनता, नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, पेशाकर्मी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, किसान एवं सम्पूर्ण तह र तप्काका व्यक्ति तथा संस्थाहरूसँग समन्वय, सहकार्य, साझेदारी गरेर हामी अगाडि बढ्नेछौँ ।
तपाईं युवा नेता हो, राजनीतिमा युवाहरूको आकर्षण छैन भन्छन्, युवाहरूलाई राजनीतिमा आकर्षण गराउने योजना के छ ?
खास गरी संविधानसभाबाट नयाँ सविधान निर्माण हुनुभन्दा पहिले युवाहरूमा राजनीतिप्रति खासै चासो नभएको हो कि भन्ने भान हुन्थ्यो । देश अस्थिरतै अस्थिरताको चंगुलमा फसेको देखेर हो कि, सायद त्यसबेला युवाहरूमा राजनीतिप्रति खासै आकर्षण नबढेको । राजनीतिक नेतृत्वको राजनीतिक बेइमानीले गर्दा पनि युवाहरूको राजनीतिप्रति आकर्षण नबढेको हुनसक्छ ।
तर, आजको मितिमा राजनीतिमा युवाहरूको आकर्षण छैन भन्न त खासै मिल्दैन कि ? तपाईंले देखिरहनुभएको छ, हाम्रो पार्टीको भर्खरै सम्पन्न भएको ६ हजार ७ सय बढी वडाका अधिवेशनबाट ६५ प्रतिशत हाराहारीमा युवा नेतृत्व आएका छन् । यसैगरी ७ सय ५० बढी पालिकाका अधिवेशनबाट ६० प्रतिशत हाराहारीमा युवा नेतृत्व आएका छन् । यसैगरी नेपाली कांग्रेसको हालै सम्पन्न वडा तथा पालिका तहका अधिवेशनबाट उल्लेख्य मात्रामा युवाहरू नेतृत्वमा आएका छन् । एजेण्डा राजनीतिमा युवाहरू प्रवेश गर्दैछन् भन्नेभन्दा पनि कस्ता युवाहरू प्रवेश गर्दैछन् भन्ने हो ।
राजनीतिमा प्रवेश गरेर निःस्वार्थ भावनाले देश र जनताको सेवामा समर्पित हुने युवा आजको आवश्यकता छ न कि राजनीतिमा प्रवेश गरेर आप्mनो स्वार्थ पूरा गर्ने युवा । तसर्थ, निःस्वार्थ भावनाले देश र जनताको सेवामा समर्पित हुने युवा दस्तालाई राजनीतिमा प्रवेश गराउन राष्ट्रिय युवा संघ तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमार्फत् राजनीतिक प्रशिक्षण तथा जागरण अभियान सञ्चालन गर्दै आएका छौँ । यस कार्यको दायरा बढाउन अझ परिस्कृत ढङ्गले अगाडि बढ्ने हाम्रो योजना रहेको छ ।
पार्टीलाई सबैभन्दा अब्बल राजनीतिक दल बनाउने योजनाहरू के–के छन् ?
हाम्रो पार्टी नेकपा (एमाले) तुलनात्मक रूपमा त्यसै पनि अरु समकक्षी पार्टीहरूभन्दा अब्बल नै छ । अब्बलताको भोलुम बढाउन हामीले अझ मिहिनेत र परिश्रम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसको लागि मेरो नेतृत्वको नेकपा (एमाले) घोराही उपमहानगरले वार्षिक क्यालेण्डर (वार्षिक कार्यक्रम) तथा त्रीवर्षीय योजना निर्माण गरेर अघि बढ्ने निर्णय गरेको छ ।
यसका लागि हामीले पहिलो बैठकबाटै कार्यदल समेत निर्माण गरिसकेका छौँ । कार्यदलले केन्द्रीय तह, प्रदेश तह, जिल्ला तह र स्थानीय तहका नेताकार्यकर्ता तथा विभिन्न सरोकारवालाहरूसँग छलफल गरी सुझाव संकलन गरिरहेको छ । कार्यक्रम तर्जुमा भइसकेपश्चात उपमहानगर कमिटीको बैठकबाट अनुमोदन गरी जिल्ला, प्रदेश र केन्द्रसँगको सल्लाह, सुझाव र समन्वयमा हाम्रा क्रियाकलापहरू लञ्च गर्नेछौँ ।
खास गरी हाम्रा साना, मझौला, ठूला तथा वृहत बैठक, भेला, आमसभाहरू नियमित कार्यक्रमका रूपमा रहनेछन् भने प्रशिक्षण कार्यक्रमलाई हामीले अभियानका रूपमा लग्नेछौँ । समसामयिक राजनीतिक अवस्था, पार्टीको नीति, विचार, शिद्धान्त तथा कार्यक्रम, नेकपा (एमाले) सरकारमा रहँदा गरेका जनमुखी कार्यक्रमहरूको बारेमा जनतालाई बुझाउने विषय, आसन्न संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी जीवनमा आन्तरिक अनुशासनजस्ता एजेण्डाहरू प्रशिक्षणका विषय रहनेछन् । आगामी मंसिर दोस्रो सातादेखि प्रशिक्षण अभियानको थालनी गर्ने हाम्रो योजना रहेका छ ।
घोराही उपमहानगरका १९ वटै वडामा हामी यो अभियान लिएर जानेछौँ । यो प्रशिक्षण अभियानले प्रत्येक वडामा कम्तिमा ५ जना नयाँ प्रशिक्षक जन्माउनेछ भन्ने हामी अपेक्षा लिएका छौँ । यसरी उत्पादित प्रशिक्षकले टोल–टोलमा गएर, गाउँ–गाउँमा गएर जनता माझ अभिमुखीकरण गर्नेछन् भन्ने हामीलाई विश्वास छ । यसका अलावा रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरू पनि लञ्च गर्ने हाम्रो योजना रहेको छ ।
उदाहरणको लागि श्रमशिविर सञ्चालन गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, रक्तदान कार्यक्रमहरू, सार्वजनिक स्थलमा सरसफाई कार्यक्रमलगायत थुप्रै कार्यक्रम हामीले आयोजना गर्नेछौँ । जसले हाम्रो पार्टीलाई घोराही उपमहानगरमा सबैभन्दा अब्बल एवं शक्तिशाली पार्टी बन्नमा कसैले रोक्न सक्ने छैन । यसैगरी जनतासँग पार्टी कार्यकर्ता नामक नयाँ कार्यक्रम पनि हामीले लञ्च गर्नेछौँ ।
वर्तमान राजनीतिक परिवेशलाई कसरी नियालिरहनुभएको छ ?
वर्तमान राजनीति डेडलक छ । यो देशको सबैभन्दा शक्तिशाली पार्टी हाम्रो पार्टी नेकपा (एमाले) लाई देशीविदेशी शक्तिले घेराबन्दीमा पारेका छन् । एक्लाएक्लै भिड्ने हो भने एमालेले कसैलाई टिक्न दिन्न भनेर समकक्षी दलहरूको अपवित्र गठबन्धन क्रियाशील छ ।
अपवित्र गठबन्धनको सरकार छ तर जनतालाई सरकार छ कि छैन भन्ने केही पनि महशुस छैन । व्यवस्थापिका संसद्को बैठकै बस्न नसकेर अन्त्य भएको छ । न्यायालय गठबन्धनवाला सरकारको एउटा हिस्सा (पार्टनर)को रूपमा आप्mनो भूमिका निर्वाह गर्दैछ । सारमा भन्दा न त कार्यपालिका चलेको छ न त व्यवस्थापिका चलेको छ, न त न्यायपालिका चलेको छ । के थाहा सम्माननीय प्रधानमन्त्रीले समय नगुग्दै तीनै तहका चुनाव घोषणा पो गर्ने हुन कि ? यसो भयो भने संसद् विघटनको औचित्य सावित हुनेछ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा तपाईंलगायत तपाईको यो लोकप्रिय पत्रिकालाई धन्यवाद दिन चाहन्छु । मलाई नेकपा (एमाले) घोराही उपमहानगरको नेतृत्वमा जिम्मेवारी प्रदान गर्ने प्रथम अधिवेशनका प्रतिनीधिहरू, सहजीकरण गर्ने अध्यक्षमण्डलका नेताक मरेडहरू, निर्वाचनमण्डलको टिमप्रति आभारी छु ।
नगरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा कृतज्ञता व्यक्त गर्दछु । राजनीति शास्त्रको भाषामा मेरो लागि यो नेतृत्व ूद्यभलभाष्त या म्यगदतू (शंकाको लाभ)को रूपमा आएको छ । मलाई विश्वास गर्ने विभिन्न तह र तप्काका कमरेडहरूले पार्टी, नगर, नगरबासीको उत्थान र विकासको लागि यसले केही गर्छ कि भन्ने शंकाको लाभ दिएर मलाई यो तीनवर्षे नेतृत्व सुम्पेका छन् ।
मलाई विश्वास छ, यो तीन वर्षको अवधिमा मेरो नेतृत्व ूद्यभलभाष्त या च्भबष्तिथू मा परिणत हुनेछ । यसको लागि मेरो सहयात्रीलगायत विभिन्न तह र तप्काका नेताकार्यकताहरू एवं नगरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको साथ, सहयोग, सहकार्य, साझेदारी तथा सल्लाह, सुझावको अपेक्षा गरेको छु ।