शिवराज खनाल
दाङ,१७ कार्तिक । बुधवार बिहान ८ बजे लमहीदेखि घोराही जाँदै गरेको रा १ ख २११९ नम्बरको यात्रु बस र रा १ ख २५५३ नम्बरको टिप्पर एक आपसमा ठोकिँदा डेढ दर्जन यात्रु घाइते भएका छन ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ चिसापानीमा एकाआपसमा ठोकिँदा नबरको टिप्पर ठोकिँदा घोराही उपमहानगर पालिका वडा नम्बर ३ झिङ्नी निवासी पुरण चौधरी र बस चालक लमही नगरपालिका वडा नम्बर ८ गणेशपुर निवासी शिबु चौधरी घाइते भएका छन । अन्य यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस चालक शिबु चौधरीको अवस्था नाजुक रहेको प्रहरीले बताएको छ । यात्रु लिएर घोराही जाँदै गरेको यात्रु बसलाई घोराहीदेखि माटो लिएर लमहीतर्फ आउँदै गरेको टिप्परले ठक्कर दिएको हो । बसलाई ठक्कर दिएर नियन्त्रण गुमाएको टिप्पर करिब पचास मिटर पर गएर पल्टिएको छ ।