नेकपा (एकिकृत समाजवादी) घोराही १५ को अध्यक्षमा थापा

दाङ,१३ कार्तिक । नेकपा (एकिकृत समाजवादी) पार्टीको घोराही १५ को अध्यक्षमा सर्वसहमत भीमबहादुर थापा चयन भएका छन् ।

समाजवादीका कविराज पौडेलको अध्यक्षता तथा नेकपा एकिकृत समाजावदीका केन्द्रीय सदस्य शारदा स्वर्णकारको प्रमुख आतिथ्यता एव एकिकृत समाजवादीका जिल्ला अध्यक्ष शुरामणि बेल्वासेको बिशिष्ट आतिथ्यतामा शनिवार घोराहीमा भएको भेलाले थापाको अध्यक्षतामा वडा कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा रोशन धिताल र हरिमाया पौडेल, सचिवमा केशव घर्तिमगर, उपसचिवमा इश्वर वली चयन भएका छन् । त्यसैगरी सदस्यहरमा हुकुम पाण्डे,दीपक चौधरी, अरुण पुन, अमृता गौतम,चन्द्र अधिकारी, देवेन्द्र थापालगायतका रहेका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले पार्टीलाई सशक्त र संगठित रुपमा अघि बढाउनका लागि सशक्त रुपमा अघि बढ्न समेत आग्रह गरेका थिए ।