राधेश्याम उपाध्याय
अश्वमेध यज्ञका लागि छोडेको घोडा मणिपुर बाट घुम्दै माहिष्मती देशमा पुग्दछ । महिष्मती देशमा जराशन्धका नाति सहदेवका छोरा मेघसन्धि राजाले राज्य गर्दथे । मेधसन्धि सानैदेखि नीतिका ज्ञाता थिए । घोडा समातेर मेधसन्धि धेरै शस्त्रास्त लिई रथमा चढेर युद्ध गर्न आए । उनलाई पनि बाजे जराशन्धको मृत्युको सोटो फेर्नु थियो । राजा मेघसन्धिले अनेक वाण वर्ष गर्न लागे । यो देखेर अर्जुनले पनि गाण्डिव धनु लिई तिनका सवै वाण छुक्रा पारी गिराई दिए ।
राजा मेघसन्धि पनि रिसाएर अर्जुनलाई घायल पारे । अर्जुन पनि ध्वजा रथ धनु छत्र काटिदिए । राजाको रक्षा गर्न जति सैनिकहरु अगाडि आउँथे ती सबैलाई अर्जुनले मार्न लागे । जब आफ्ना सैन्यहरु सबै मरेको देखे तब राजा मेघसन्धि रिसले अब तलाई मार्छु भनी एक गदा लिएर लड्न आउँदै थिए । बीचैमा अर्जुनले त्यो गदा पनि काटिदिए ।
राजा मेघसन्धि शस्त्रविहीन भए र आत्तिन लागे । यो देखेर अर्जुनले सान्त्वना दिँदै माफी दिएर युधिष्ठिरको यज्ञमा कर स्वरुप सम्पत्ति दिई आउनु अहिलेलाई घर जाऊ भनी क्षमा दिई घर पठाए । राजा मेघसन्धि पनि लाज मानि हवस् भनी घोडालाई बन्धनमुक्त गरी अर्जुनलाई प्रणाम गरी घरतर्फ लागे ।
घोडा त्यहाँ बाट पश्चिम तर्फ जाँदै छारावतीमा पुग्यो । त्यहाँका सबै साना–ठूला राजाहरुलाई बसमा पारी पञ्चदमा वासुदेव उग्रशेनसँग भेट गरी आशीर्वाद लिई अर्जुन घोडाका पछि हिंडे । घोडा जब गान्धार नरेशका नगरमा पुग्यो बावुको मृत्यु दुर्गतिपूर्वक भएको सम्झि रिसाउँदै सकुनिका छोराले घोडा पक्रे । अर्जुनले सम्झाउँदा पनि घोडा नछोडेकाले दुवै पक्षको युद्ध सुरु भयो । युद्धमा भेरै विरको संहार भयो ।
हाहाकार भएर सैनिकहरु चारैतर्फ भाग्न लागे । यसरी मगधका सैनिक प्राण बचाएर युद्धबाट भागेको राजदरवारमा राजमाताले थाहा पाईन् । राजमाता मन्त्रीहरुलाई साथमा लिएर युद्ध मैदानमा आई अर्जुननको पुजा गरी युद्ध थामि सैनिकहरुलाई नमारी प्राण दान दिन अनुरोध गरिन् । यो सुनेर अर्जुनले युद्ध थामी मगधका राजाका मुखमा हेरी मामा का छोरा भाई हौ तिमीलाई माफ गरें पछि कर लिई यज्ञमा आउनु अहिलेलाई आमालाई लिई घर जाऊ भनी आमालाई प्रशन्न पारी घोडा छुटाई विदा भई घोडाका पछि लागे ।
त्यहाँबाट घोडा हस्तिनापुरतर्फ फर्कन लाग्यो । घोडा फर्कन लागेको समाचार युधिष्ठिरले पनि थाहा पाए । विप्रहरु निकै पर गएर ठूलो स्वागत गरी अर्जुन तथा सैनिकहरुलाई घोडासहित दरबारमा ल्याए । अर्जुनको पराक्रम सुनेर सबै खुसी भए । चैत्र पूर्णिमा पनि आयो । युधिष्ठिरले यज्ञ सुरु गरे । अघि हारेका सबै राजाहरुले रत्न धन दौलत लिई आउन लागे । प्रशस्त धन जम्मा भयो । भीमले सबैको स्वागत गरें । पञ्चपल्लव, चित्र–विचित्रका ध्वजापताका तोरणहरुले यज्ञशाला सिङ्गारियो ।
व्यासको आज्ञाले ब्राह्मणहरुले यज्ञमा आहूति दिन लागे । ऋषिमुनि तथा ब्राह्मणहरुले पितृ तथा देवताहरुको पुजा गर्न लागे । वेद तथा वेदाङ्गको पाठ शुरु भयो । कतै ज्ञानी सज्जनहरु शास्त्रहरुको चर्चा गर्न लागे । सूत भाट नत दुःखी दरिद्र सबै खुसी भए । ब्राह्मणहरुले प्रशस्त दक्षिणा पाई खुसी भए । सबै खुसी भई युधिष्ठिरको सुकीर्ति गाउन थाले । स्वर्गमा थरिथरिका वाजाहरु आफै बज्न लागे । देवताहरु नभ आकाशमा बसेर पुष्प वर्षा गर्न लागे ।
द्यौता यक्ष मनुष्य राक्षस गन्धर्व विद्याधर स्त्री वाल नर नारी सबै हर्षित भै व्यास मुनिले भनेका कुरा मावि सहकार्य गर्न लागे । अश्वलाई स्नान गराई पुजा गर्न लागे । घोडालाई वेद विधिले बली चढाई छाला निकाली त्यसमा द्रौपदीसहित युधिष्ठिर बसी यज्ञमा पुजा गर्न लागे । मासुका टुक्राले ब्राह्मणहरुले अग्निमा आहूति गर्न लागे । बोसो होम गरी सवैले धुवाँ आनन्दका साथ सुधें । पाचैं भाइले श्रीकृष्णको पुजा गरेर आशीर्वाद मागे ।
यसरी पाण्डवहरुले सबैलाई खुसी पारी यज्ञ सम्पन्न गरी व्यास मुनिले सवैलाई आशिर्वाद दिए । सबै राजाहरुलाई युधिष्ठिरले धन्यवाद दिई विदा गरे । सबै ब्राह्मण यज्ञका कार्यकर्ताहरु पनि आ आफ्नो भाग लिई खुसी भै घर फर्किए । यसरी युधिष्ठिरले यज्ञ पूर्ण गरी बन्धुवान्धवको वधको पाप निर्मुल गरे ।
त्यही समयमा एक न्याउरी मुसो आई हे ज्ञानी सज्जन याजकहरु हो मेरो कुरा सुन्नुहोस् । घमण्डले अर्काको धनले वर्ता (धेरै)दान गर्दैमा शुभगति पाइन्न । राजा युधिष्ठिरले अर्काको धन हरण गरेर घमण्ड साथ आवश्यक भन्दा बढी दान गरेनन् । म एक दरिद्र ब्राह्मण कहाँ बस्थें । एकदिन ती ब्राह्मण कहाँ धर्म परीक्षा लिन अतिथि बनेर आए । ब्रह्मणले अतिथिको पुजा गरी सातु खान दिए । अतिथिले सातु खाई सकेर हात चुठे ।
त्यो चुठेको जुठो पानी को छिटा परेर मेरो बाँया अंग सुनको भयो । यो देखेर मैले दाँया अंग पनि सुनको बनाउने इच्छाले धर्मकुमारको यो यज्ञशालामा दौडेर आए र ब्राह्मण तथा अतिथिहरुले चुठने स्थानमा बसें । मेरो शरीरमा हज्जारौं ऋषि मुनि ब्राह्मण तथा सज्जनहरुले चुठे तर यस्तो ठूलो यज्ञमा चुठेको जुठो पानीे मेरो दाँया अंग सुनको भएन । चित्तमा श्रद्धा छै्रन भने जति पनि सुनचाँदी वस्त्र धन दौलत दान गरे पनि त्यसको पुण्य हँुदैन ।
यसरी आफ्नो निन्दा गरेको सुनी मनमा अत्यन्त दुःखी हुँदै युधिष्ठिरले सोधे– हे मुसक ! मलाई के देखेर श्रद्धाहीन भन्यौं र मभन्दा बढी ती दुःखी ब्राह्मणले के श्रद्धा गरे ? यो सुनेर न्याउरी हे महाराज ती ब्राह्मणका चारजना जहान थिए । ब्राह्मण तिनकी पत्नी छोरा र बुहारी । ब्राह्मण वनबाट कन्दमुल खोजेर ल्याई खान्थे घरमा कुनै सम्पत्ति थिएन । कुनै समयमा खडेरी प¥यो र कन्दमुलसमेत पाएनन् । पाँच दिनसम्म केही नपाएर ती परिवार भोकै बसे ।
छैंठौं दिनमा ब्राह्मणले भिक्षाटनबाट केही सातु ल्याए । सातु चारै जनाले बराबर बाँडेर खान लागेका थिए । त्यही समयमा एक अतिथि ब्राह्मण आए र आतिथ्य सत्कार गरी आफ्नो भागको सातु लगेर अतिथिलाई खान दिए । अतिथिले सातु खाएर यसले पेट भरिएन अरु खाए हुन्थ्यो भने ।यो सुनेर भित्र गई सबै कुरा आफ्नी पत्नीलाई भने । पत्नीले पनि आफ्नो भाग सातुसमेत दिन भनिन् र पत्नीको भागसमेत सातु ल्याई दिए ।
त्यो पनि अतिथिले खाए र अरुमाग्न थाले । यो सुनेर ब्राह्मण दुःखी भए । यो सबै ब्राह्मण पुत्रले थाहा पाए । उन्ले पनि आफ्नो भाग सातु अतिथिलाई दिन पिताजी दिए र ब्राह्मणले त्यो सातु पनि अतिथिलाई दिए । त्यो सातु खाएर पनि अतिथि सन्तुष्ट भएनन् । म सन्तुष्ट हुन सकिन घरमा अरु सातु छ भने थोरै सातु अरु ल्याउ भन्न लागे । अतिथिको यस्तो कुरा सुनेर ब्राह्मण दुःखी भए । अब कसरी अतिथिलाई सन्तुष्ट पार्ने ?
यो सबै घरकी बुहारीले हेरी रहेकी थिइन् । बुहरीले पनि आफ्नो भागको सातु अतिथिलाई दिन ससुरालाई दिइन् तर पहिला ससुराले तिमी पाँच दिनदेखि भोकी दुब्ली छौ घरको सरसफाईदेखि सबैको सेवा पु¥याउनुपर्ने भएकाले तिमी भोकी रहन हुँदैन । तिम्रो भागको सातु म कसरी दिऊ भनी दिन मानेनन् । बुहारीले म पनि यही घरको सदस्य हुँ घरका परेको समस्याको निवारण गर्नु मेरो पनि कर्तव्य हो भनी नीतिपूर्वक ससुराजीलाई सम्झाएपछि बुहारीलाई धेरै आशीर्वाद दिई बुहारीको भागको सातु पनि लगेर अतिथिलाई दिए ।
यसरी त्यो सबै सातु खाएर अतिथि सन्तुष्ट भई भने हे ब्राह्मण म तिम्रो यो शुभकर्म देखेर अत्यन्त खुशी भएँ । म धर्म हुँ, अतिथि बनेर तिम्रो परीक्षा लिन आएको हुँ । जो दान तिमीले श्रद्धापूर्वक ग¥यौं त्यसको वर्णन स्वर्गमा देवताहरुले गर्दछन् । जो मानिस भोको हरन्छ उसको बुद्धि स्थिर हुँदैन र उसले केही डर नमानी अनेक किसिमका पापहरु गर्दछ । तिम्रो संकटको साह््रै नराम्रो बेला थियो । तर पनि तिमीले विशुद्ध मनले अतिथिको आदर तथा सेवा ग¥यौँ ।
तिम्रो लागि स्वर्गको ढोका खुला छ । यसरी श्रद्धा भक्तिपूर्वक सानै भए पनि गरेको दान अमूल्य हुन्छ । परापूर्वकालमा ऋषि अगस्त्यले पनि केवल पत्रपुष्प फलले दिक्षा लिई यज्ञ गरेर स्वर्गका राजा इन्द्रको शेखी हरेका थिए र अहिले पनि त्यही पुण्यका प्रभावले अगस्त्यऋषि चाहेको समयका चाहेको स्थानका स्वर्गमा विचरण गर्न सक्दछन् । यसरी दान धर्म यज्ञ श्रद्धापूर्वक छ भने मानिस जन्म मृत्युको दुःख–कष्टबाट समेत मुक्ति पाउँछ ।
जसले श्रद्धाहीन भएर अन्य द्वारा धन बटुलेर घमण्ड युक्त दान यत्रको आयोजन गर्दछ त्यस व्यक्तिले जस्तो शुभकार्य गरे पनि राम्रो नराम्रो फल पाउँदैन । त्यसैले सबैभन्दा ठूलो श्रद्धा नै छ भनी ब्राह्मणलाई आशीर्वाद दिई स्वर्गबाट विमान मगाई ती चारै जना ब्राह्मण परिवारलाई स्वर्ग पठाए । ब्राह्मण परिवार पनि खुसी हँुदै धर्मराजलाई प्रणाम गरी विमान द्वारा स्वर्ग गए । धर्मराज पनि आफ्ना धाममा जाँदा भए । यी सबै कुरा मैले त्यही सुनि रहें र म पनि आफ्नो दायाँ अंग सुवर्णको बनाउने लाल्साले यहाँ आएँ तर मेरो दायाँ अगं सुवर्णको भएन ।
त्यसैले हे युधिष्ठिर मैले तिम्रो यज्ञमा थरीथरीको धन प्रशस्त बाँटेको देखें तर अर्काको वलपूर्बक हरण गरेको धन थियो । त्यसमाश्रद्धा नभएर घमण्डको थियो । यसरी युधिष्ठिरलाई आक्षेप लगाएर न्याउरी अलप भएर हरायो । सबै मानिस अचम्म परे । यसरी राजालाई आक्षेप लगाउने को थिए र किन के प्रयोजनका लागि आएका थिए । युधिष्ठिर पनि छक्क पर्दै त्यो न्याउरी यसरी मलाई आक्षेप लगाउँदै अर्ती दिने को थिए किन आए र आफै अलप भई किन गए भनेर व्यास मुनिलाई सोधे । व्यास मुनिले पनि हे युधिष्ठिर कुनै दिन धर्म जमदग्नि ऋषिका कुटीमा गएका थिए ।
त्यहाँ जमदग्नि ऋषिले श्राद्धका लागि गाईको दूध दुहेर सफा भाँडाका सुरक्षित राखेका थिए । धर्मे विनाकारण क्रोध गरेर घमण्डका साथ दूध दुषित बनाई दिए । तर पनि जमदग्नि ऋषिले कुनै किसिमको क्रोध गरेनन् । त्यसपछि धर्म आफै लज्जावोधका साथै डराएर मैले व्यर्थमा क्रोध गरी गल्ती गरें । मलाई क्षमा दिनुहोस् भनी ऋषिका शरणमा परे । ऋषिले पनि मैले श्राद्धका लागि दूध जोगाएर राखेको थिए । त्यो दूध मैले पितृका नाममा अर्पण गरी सकेकाले त्यसका मालिक पितृ हुन् । त्यसैले तिमी जाऊ पितृसँग क्षमा माग भने ।
पितृ पनि त्यहीं उत्पन्न भए र रिसाउँदै धर्मलाई न्याउरी हुने श्राप दिए । पितृको यस्तो श्राप पाएर धर्म दुःखित भई पितृका शरणमा परी श्रापमुक्ति हुने उपाय सोधे । पितृलाई पनि धर्मप्रति करुणा जाग्यो र जब युधिष्ठिरले श्रद्धा पु¥याई हयमेध यज्ञ गर्नेछन् त्यसमा तिमी नबोलाए पनि लालसा लिई जानेछौ र तिमी आफै मपाई बनेर युधिष्ठिरको निन्दा गर्ने छौ तब तिमी यो श्रापबाट मुक्त पाउने छौ भनी मुक्तिको मार्ग सिकाइदिए ।
त्यही श्राप मोचन गर्नका लागि न्याउरीरुपि धर्म यहाँ आएका थिए र तिमीलाई मपाई बन्दै निन्दा गरी आफ्नो श्राप मोचन गरी गए । यसमा युधिष्ठिरको अश्वमेध यज्ञ पूरा भएको र सबै ब्राह्मण ऋषि महर्षिले युधिष्ठिरलाई आशीर्वचन दिई आ–आफ्ना आश्रममा फर्किए । क्रमशः