सुभाष न्यौपाने
सेटिङ भन्ने विषय त कहीँ एक्लै हुँदैन ।
चोलेन्द्र–शेरुसँग प्रचण्ड–नेपाल नभई सेटिङ हुँदैन ।।
कि त माफी माग्न आउँछन्, चालेन्द्रले ।
होइन भने महाभियोग लाउँछन् सांसद्ले ।।
सेटिङबाटै सदनको पुनःस्थापना र परमादेशबाट सरकार गठन भएको निश्चित हो भने चोलेन्द्र प्रकरणमा चोलेन्द्र मात्र कारण होइनन् । अरु श्रीमान्हरुले पनि त सुन्नुभयो होला । वकिलका पछि लाग्नेको आफूलाई सच्याउनतर्फ लाग्ने र सुन्नुभयो परमादेश त प्रधानन्यायाधीशको मात्र होइन । पाँचै न्यायाधीशको सहमतिबाट नै परमादेश भएको होला । किन प्रधानन्यायाधीशको मात्र राजिनामा माग्ने ? राजिनामाको कुरा हो भने परमादेश गर्ने पाँचै न्यायाधीशले राजिनामा गर्नुपर्छ ।
अब भन्नुहोस् श्रीमानहरु वकिलका आदेश मान्नेको प्रमुख, प्रतिपक्षी दलका नेता केपी ओलीले भनेअनुसार गर्ने ? वकिलले त हिजो इजलास रोजिसकेको नेपालको बार र बेन्चका कथाले बताइसकेको छ । आफू पनि संकटका कारक भएकाहरुले फुलकोर्ट बहिस्कारको केही अर्थ छैन । आफूले पनि हिजो श्रीमानको चाकडी गरेर बेन्च माग्नेहरुले प्रधानन्यायाधीशको विरोध गरेको सुहाउँछ ? प्रधानन्यायाधीशको प्रस्तावमा सहमति जनाउनेहरुले उनको विरोध गर्न मिल्छ ? आफ्नो पृष्ठभुमि र सतहको ख्यालै नगरीकन वकिलको बहकाउमा मुख्य श्रीमान्का विरुद्ध उत्रिने श्रीमानहरु ?
खोइ सरकार यस सम्बन्धमा केही कोलेको छ ? सदनले आफ्ना कुनै प्रष्ट धारणा राखेको छ ? प्रधान न्यायाधीश चोलेन्द्र शंशेरले भनिसेकेको सडकको हल्लाको दबाबमा म कहाँ राजिनामा गर्छु ? म राजिनामा दिन सक्तैन । अर्को प्रश्न छ, तोकिएको इजलास कति छन् ?श्रीमानहरुले बस्किार गर्ने ? गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री भएका हसन् भनेर सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसलगायत सत्ता साझेदारी दल अर्थात् गठबन्धनका दलका प्रमुख नेताहरुले समेत गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटामा मन्त्री बनेका हुन् । प्रधानन्यायाधीशलाई बहिस्कार गर्ने माननीय श्रीमानहरु कतै तपाईंहरु पानीमाथिको ओभानो बन्न खोज्नुभएको त होइन ? महोदय पानीमा बसेर पनि ओभानो भइन्छ ?
सेटिङको सुरुवातकर्ता पूर्व प्रधानमन्त्री तथा हाल प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाटै भएको थियो । उनको पालामा पनि चोलेन्द्रलाई प्रभाव पार्ने कार्य त भएको थियो । जसअनुसार संवैधानिक निकायमा चोलेन्द्र शंशेरका आफन्त भर्ना गर्ने कार्य सुरु भएको छ । अहिलेको चोलेन्द्र प्रकरणले चोलेन्द्रको मात्र राजिनामा माग्दैन । यो राजनेतिक खेलले त चोलेन्द्रसँगै पाँच न्यायाधीश केपी ओलीले पार्टी अध्यक्ष शेरबहादुरले प्रधानमन्त्री तथा कांग्रेस सभापति तथा प्रचण्ड माधव नेपाललगायतका सबै नेताहरुले आ–आफ्नो तहबाट राजिनामा दिनुपर्ने देखिन्छ ।
त्यसपछि मात्र मुलुकको राजनीतिले निकास पाउला, कानुन सहित । दुई–दुईपटक सदन पुनःस्थापना गर्ने न्यायमूर्तिहरुले निष्ठाको आधारमा नभएर सेटिङको आधारमा नै गोलमटोलको निर्णय भएको बुझिएको छ । यो मुद्दाको छिनोफानोको सबैभन्दा उपयुक्त निकास भनेकै सेटिङका सबै पात्रहरुलाई राजिनामा गराउनुपर्छ । चोलेन्द्र शंशेर प्रकरणमा यदि राजनेतिक दलहरुको चुरीफुरु गर्न थाले भने अग्रपंक्तिमा रहेका राजनीतिक दलहरुले त्यसको जवाफ दिनुपर्ने हुन्छ । हिजो जसरी ओलीले चोलेन्द्य्रसँग सेटिङ मिलाएर आफ्नो सत्ता लम्ब्याउने र सत्ता सुरक्षित राख्ने कार्य गरे ।
त्यस्तै शेरबहादुरलगायतका पञ्चतत्व राजनैतिक दलका नेताहरुले सेटिङ मिलाएर सत्ता आरोहण गरे यी सबै घटनाले के बुझाउँछ भने चोलेन्द्रलााई भ¥याङ बनाउने र बलियो बनाउने कार्य त झनै दलका नेताहरुले गरे । त्यसैले चोलेन्द्रसँग सबै राजनीतिमा हालीमुहाली गर्ने नेताहरु पनि राजनीतिबाट बाहिरिनुपर्छ । वकिलको सडक आन्दोलनले के असर पार्छ भन्ने कुरा वकिलले हिजो नै बुझ्नुपथ्र्यो । यो–यो बुँदामा यो–यो निर्णय गर होइन भने तिम्रा कन्ठाला समात्दै भनेर उनले भनेका बुँदामा फैसला गर्न पठाउने वकिल यिनै होइनन् ?
अहिले सडक आन्दोलन गर्दा सबै बारले बेन्च बाहिस्कार गर्छौँ भन्ने ? यो–यो बेन्चमा यो–यो न्यायाधीश चाहियो भन्ने ? आज यिनैले चोलेन्द्रको राजिनामा माग्ने ? आज आएर न्याय विचलनमा प¥यो, न्याय भागबण्डामा प¥यो, न्यायमा सौदाबाजी भयो रे । हिजो त्यसरी उफ्रिनेहरु आज कसरी झुण्डिन पुगे ? त्यसैले वकिल र न्यायाधीश कोही पनि कम छैनन् । हिजो त्यत्रो विवादका बीच बहस पैरवी हुँदा केही थाहा नपाउने वकिलहरु आफ्नो अनुकूलको फैसला हुँदा मख्ख परे । त्यसभित्र के छ भन्ने कुराको वास्ता नगरेर अन्धाधुन्दमा श्रीमानसँग खुसी प्रकट गर्दै सम्मानका साथ बधाई नि पुगे ।
नहुनुपर्ने निर्णय भएर मुलुक र मुलुकको संविधानमाथि घात गर्ने विषयमा नै आजका बरिष्ठ भन्ने वकिलहरुले बहस गरेका रहेछन् । यिनीहरु पनि कारबाहीको भागेदार छन् । हिजो किन वकिलहरुले यी विषयमा यो–यो फैसला गर भनेर जिकिरका साथ बेन्चलाई दबाब दिए । सोही जस्तै किसिमका फैसला आयो । उतिबेलै सेटिङका साथ आयो । अहिले आएर सडक आन्दोलन र इजलास बहिस्कार ? यस विषय या यदि चोलेन्द्र दोषी छन् भने बार, बेन्च, सरकार प्रतिपक्ष सबै दोषी छन् । संवैधानिक इजलासका सबै र्निाय सेटिङमा नै रहेछन् भन्ने पुष्टि त भइसकेको छ ।
संसद पुनःस्थापना हुनु सरकार नढल्ने राजनैतिक परिस्थिति यथावत रहनु सरकारभित्र विभिन्न चालबाजी र तिकडमपूर्ण खेल खेल्नु निर्वाचनले सर्वोच्च र सर्वोच्चले निर्वाचनको जिम्मा लगाउनु यो संवैधानिक अपमान हो । यी सबै बार र बेन्चलाई स्टिल उल लगाएर मजाले घस्ने हो भने यिनको मयल कहाँ–कहाँबाट आउँछ त्यहीँ थाहा हुन्छ । के रञ्जन कोइराला विरुद्धको मुद्दामा चोलेन्द्र मात्र दोषी छन् ? त्यसमा पनि पहिलो सेटिङ गर्ने त वकिल नै होलान् नि ? हो न्यायमूर्तिले गर्नुपर्ने न्याय गर्न त उनी चुके होलान् तर त्यसमा पनि सेटिङका आधार त पक्कै पनि वकिल तथा अन्य न्यायकर्मी नै हुन् ।
त्यतिबेला रञ्जन कोइरालाको मुद्दा क–कसको इजलासबाट फैसला भएका रहेछन् ? यदि गलत थियो भने अर्का न्यायाधीश तेजबहादुर केसीले आफ्नो धारणा कस्तो राख्ने ? सो मुद्दा पनरावलोकन गर्नुपर्ने अवस्था त नागरिकले ल्याका हुन् । राज्यको कुने न्यायिक अर्थात् न वकिल न न्यायाधीश कसैले ल्याएका होइनन् । हेर्दै जानुस् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले एक्लै चोलेन्द्रलाई आरोप लगाएका छैनन्, प्रधानमन्त्री शेरबहादुर देउवाले त गजेन्द्रलाई कांग्रेसकै कोटामा मन्त्री बनाएको हो भनेर भनिरहेका छन् । उनले चोलेन्द्रलई आरोपै लगाएका छैनन् ।
प्रचण्ड, माधव नेपाल कसले एक्लै चोलेन्द्रलाई मात्र आरोप लगायका छन् ? फेरि पनि सुन्नुस् यी सबै नेताहरुलाई चोलेन्द्र प्रकरणमा कठघरामा उभ्याइयो भने यिनीहरु चोलेन्द्रका विरुद्धमा एकशब्द बोल्न सक्ने छैनन् । किनभने सेटिङ भएकै हो भने यी सबैले सेटिङको मानो खाइसकेका छन् । अहिले चोलेन्द्र शंशेरको सत्ता साझेदारी भन्दै विरोध गर्ने र उनले खटाएको इजलास बहिस्कार गर्ने चौध न्यायाधीशहरु के दूधले नुहाएको शिवलिङ्ग हुन् र ? उनीहरुमाथि त लेउ लागिसकेको छ, उनीहरुलाई थाहा छ कि छैन ? मुलुकका कानुनी राज्य र नागरिक अधिकारको सुरक्षाका लागि प्रमुख न्यायमूर्ति अर्थात् प्रधान न्यायाधशी चोलेन्द्रको राजिनामा मात्र निकास होयन ।
उनी पनि त मानव हुन के उनीमा मानवीय स्वभाव हुनु कति असान्दर्भिक हो ? न्याय र कानुनलार्य प्रभाव पार्ने गरी सबै राजनीतिक दलका नेताहरुले राजनीति गरिरहेका छन् । उनीहरुकै नेतृत्वमा न्यायको नेतृत्व गरेर बेका व्यक्ति पालो–पालो सबैको नेतृत्व र सम्पर्कमा आउँछन् । उनीहरुका सबै खेल उनले बुझ्छन् र न्यायमूर्ति ती नेताहरुभन्दा बाठा हुन्छन् । जसबाट उनै न्यायाधीश हरेक नेताहरुको राजनेतिक संकटको संकट मोचक बन्दै जान्छन् । जसले गर्दा राजनीतिकर्मी र न्यायकर्मीको निकटता र सहकार्य बढ्दै जान्छ ।
जसले गर्दा मुलुकको कानुन र संविधान प्रभावित हुने गर्छ । जसको लागि शक्ति पृथकीकरणको आधारमा पृथक रहनुपर्छ । यहाँ बहसमा यस्ता कुरासम्म आए कि यदि चोलेन्द्रले मार्ग प्रशस्त गर्दैनन् भने संवैधानिक प्रक्रियाबाट हराउनु पर्छ रे ? के नेपाली कांग्रेसले संवैधानिक प्रक्रिया अनुसार पार्टी सभापति र प्रधानमन्त्रीबाट शेरबहादुरलाई हटाउन सक्छ ? त्यही प्रक्रियाबाट एमालेले केपी ओलीलाई हटाउन सक्छ ? आफूलाई विद्वान् भन्नेहरु ख्याल गरेर बोल्नुस् । के चोलेन्द्रले एक्लै खाएका छन् ? महोदय ! राजनीतिको नाममा मुलुक लुट्ने यी सबै लुटेराहरुलाई चोलेन्द्रसँगै एउटै खाल्डोमा जकाउनुपर्छ अनि मात्र मुलुकको कानुन संविधान र राजनीति जोगिएला ।
होइन यस्तै चाला भए मुलुक नै भासमा पर्न सक्छ । सेटिङमा भएको सदन पुनःस्थापनाका साथै परमादेश जारी भएको हो । जसको कारण शेरबहादुर देउवाका नाममा परमादेश जारी भयो । सोही अनुसार गठबन्धनका अन्य दलहरु माओवादी केन्द्र, नेकपा समाजवादी तथा जसपाले आ–आफ्ना ठाउँमा मुख्यमन्त्री पाएका छन् । उक्त सेटिङभन्दा पहिले एमाले बाहेक अन्य दलहरुको मुस्किलले केही प्रदेशमा वहुमत थियो । राजनीतिमा न्यायको सेटिङभन्दा पहिले एमाले बाहेक अन्य दलहरुको मुस्किलले केही प्रदेशमा वहुमत थियो । राजनीतिमा न्यायको सेटिङकर्ता त पहिला ओली नै हुन् ।
पहिले ओलीजीले आफ्ना विरोधीका विरुद्ध सेटिङ गरे त्यसपछि उनी सत्तामा सर्वसत्तावादी बन्न पुगे । ओम र स्मार्ट बन्दै अगाडि बढ्न खोज्दा उनका केही रण्ननीतिहरुको सूचना लिक हुन पुग्यो । त्यही सूचनालाई पकड्दै विपक्षीहरु अर्को सेटिङको बलियो सूत्र तयार पारेर सर्वोच्चमा पुगे । चोलेन्द्र पनि उनीजस्तै मान्छे त हुन्, उनको पनि यिनीहरुको जस्तै मन छ । त्यसपछि चोलेन्द्रले पनि बुझे कि हिजो ओलीलाई सहयोग गर्दाकोभन्दा राम्रो फाइदा हुन्छ भने देउवालगायतका समूहलाई सहयोग गरे के बिग्रियो त ? अनि परमादेशको सेटिङ अगाडि बढ्यो ।
त्योभन्दा पहिले राष्ट्रपति निवासबाट निराश भएर फर्केका होइनन्, शेरबहादुर ? चोर्दासम्म मिलेर चोर्ने, पकडेपछि एउटा मात्र चोर ? चोलेन्द्रले बयान दिए भने पक्राउ परेको आधारमा उनी त चोर हुने नै भए उनको बयानको आधारमा दोषी भएकाहरु पनि उनी जत्तिकै दोषी ठहर्छन् । त्यसैले मुलुकलाई भासमा गाडेर चोलेन्द्रलाई कानुनी अपराधी बनाएर मुलुकमाथि स्याल, गिद्ध र कुकुरको रजाइँ गर्न खोज्ने तिमी अपराधीहरुलाई जनताले त्यसै छोड्नेवाला छैनन् । तिमीहरु पनि अपराधको त्यो कुण्डमा डुब्नै पर्छ, पर्खेर बस ।
शेरबहादुरलाई चोलेन्द्रको भारी नबोक्न भन्ने दवाइ कांग्रेसमा परिरहेको छ । उनीहरुले अर्थात् रामचन्द्रलगायत समूहका नेताहरुले शेरबहादुरलाई पार्टीको तर्फबाट निकास खोज्न दबाब दिइरहेका छन् । शेरबहादुरलगायत गठबन्धन र विपक्षी समेत सेटिङमा मुछिएको हुँदा चोलेन्द्र प्रकरणमा कुनै पनि नेताहरु प्रकरणबाट बाहिरिएर चोलेन्द्रलाई एक्लै पार्नसक्ने अवस्थै छैन । कसरी चोलेन्द्रको भारी शेरबहादुरले बिसाउन सक्छन् ? यदि चोलेन्द्ररुपि सेटिङको भारी शेरबहादुरलगायत गठबन्धनले बिसाउन खोज्यो भने त्यो भारी छताछुल्ला भएर सडकमा पोखिनेछ । गठबन्धनले त्यसमा हात लगाउन पाउने छैन ।
जनता स्वयम्ले त्यो छिन्निएको वस्तु आफ्नो नियन्त्रणमा लिनेछ अनि त्यसपछि कसलाई के कारबाही गर्नुपर्छ सोही अनुसार गर्नेछन् । शक्ति पृथकीकरणको नाममा दलका नेताहरुले नै प्रधानन्यायाधीश चोलेन्द्र शंशेर राणालाई उक्साउने काम गरे त्यसैकारण उनी पनि राजनीतिक अस्तित्वलाई न्यायालयबाट किनारा लगाउनतर्फ हौसिए । केहीले त धन्यवाद श्रीमान्, राजनीति पनि लाइनमा आयो, न्यायालयको साख पनि जोगियो भन्दै प्रसिद्धि गाउन थाले । सम्मान प्रकट गर्न थाले । कतिले मुख मिठाउँदै श्रीमानलाई बधाई दिन समेत लाइनमा लागे । अहिले उनीहरु नै चोलेन्द्रको उछितो कार्दैछन् ।
हिजो सरकार, गठबन्धन तथा वकिलहरु आ–आफ्नो विषयमा प्रभाव पार्न लाइन नलागेका कोही छन् ? हिजो इजलासमा बसेको न्यायाधीशलाई दम्काउने तागत ती वकिलहरुमा कहाँबाट आयो ? ती पनि सेटिङबाबुकै छोरा हुन् । कानुनको रेखा मेट्दै सेटिङको बाटो खन्दै र राजनीतिक दलका नेताहरु चोलेन्द्रका नजिकमा पुगे । सेटिङ न हो यसमा हरेक शब्दजालमा छन् । अप्सराहरुले ऋषिको तपस्या भङ्ग गर्दा प्रदर्शित दृश्य हावाभाव र आकर्षणले भरिएको हुन्छ । त्यस्तो आकर्षणबाट मोहित नहुने एकाध तपस्वी मात्र होलान् । हरेक मुलुकको लोकतान्त्रिक सरकारमा शक्ति पृथकीकरण भनेकै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन् । केही समय हाम्रो व्यवस्थापिका निस्तेज भनौ कि प्राण शून्य अवस्थामा रह्यो ।
त्यतिबेलाका खेलाडी भए कार्यपालिका र न्यायपालिका । कहिले व्यवस्थापिका शून्य भए पनि दुईतिहाइबाट निर्माण भएको बलियो कार्यपालिका बन्यो त्यसले जसलाई जति झापड र लात हाने पनि हुने । उनी सेटिङमा परिसकेपछि अर्को गठबन्धन बन्यो पहलमानहरुको जसका हरेक अंगअंगमा अलग–अलगक तागत नाप्न सकिने । उनीहरुको सोही तागत अहिले सेटिङको उत्सर्गको तागत बन्यो । जसको कारण उनीहरु चोलेन्द्रलाई मात्र अपराधी बनाएर दण्डित गर्न खोज्दै छन् । तर उनीहरुले के बुझ्नुपर्छ भने चोलेन्द्रलाई अपराधी बानाउनुभन्दा पहिले कतै हामीलाई हतकडी लाग्ने त होयन ?
चोलेन्द्र ले त मुद्दाको सुनुवाई सुरु गरिसके के हो ? संवैधानिक निकास भनेको अब दोषी जनताको नजरमा सर्वोच्चका न्यायाधीशमध्ये चोलेन्द्र हुन्छन् कि अरु चौध जना, जनताको नजरमा ? खास्टोभित्रबाट औँंला उठाउनेको अर्थ छैन, खोइ चोलेन्द्रको विरुद्धमा ओली, देउवा, प्रचण्ड र माकुने बोलेको ? त्यसैले यिनीहरु नबोल्दासम्म र आजका दिनसम्म अरु कोही, कहीँ कतै कुर्लेर, कराएर हुनेवाला केही छैन । अरुको बुइँ चढेर दौड्नु, उफ्रनु र कुर्लनुमा कसैको केही अर्थ छैन ।