लक्ष्मण बस्नेत
तुलसीपुर,११ कार्तिक । दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ मा एसएसएफए तुलसिपुर र सक्सेस फुटबल क्लब तुलसिपुरले बिजयी सुरुवात गरेका छन् ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसीपुर अरनिको खेल मैदानमा बिहिबार बिहान सम्पन्न खेलमा मेघा फुटबल क्लब घोराहीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै एसएसएफएले बिजयी सुरुवात गरेको हो ।
खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै एक गोल गरेका एसएसएफएका जर्सी न १० का खेलाडी किरण योगी म्यान अफ द म्याच घोषित भए । उनले नगद १५ सय तथा ट्रफी हात पारे । त्यस्तै पहिलो गोल गर्ने जर्सी न १० का सन्दिप बिकले नगद २ हजार पुरस्कार हात पारे । त्यस्तै दिउँसो सम्पन्न खेलमा शान्तिनगर फुटबल क्लबलाई एकका बिरुद्ध आठ गोलको फराकिलो अन्तरले पराजित गर्दै सक्सेस फुटबल क्लबले बिजयी यात्रा सुरु गरेको हो ।
उत्कृष्ट खेल प्रदर्शन गर्ने सक्सेसका आशिष जिसीले पहिलो गोल कर्तासंगै म्यान अफ द म्याच घोषित भए । उनले ह्याट्रिक गर्दै ५ गोल गरेका थिए । यसैबीच प्रतियोगिता अन्तरगत शुक्रबार दुई खेल हुनेछन । बिहान ७ बजे सक्सेस फुटबल क्लब तुलसीपुर र रुकुम फुटबल क्लब सेमिफाइनल यात्राका लागि भिड्नेछन् भने टरिगाउ युथ क्लब र नवलपुर फुटबल क्लबबिच दिउँसो साढे दुई बजे खेल हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमाले जानकारी दिएका छन ।
२०७६ साल चैत ३ गतेका दिन एक समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डागीको सम्झनामा स्थानीय स्तरमा फुटबल खेलको पहुच अभिवृद्धि गर्ने र व्यवसायीक फुटवल खेलको बिकासमा थप टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा ईन्डियाको सहारा क्लब, अन्य जिल्ला र स्थानिय गरि १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपासलाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ १ त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।