बेमौसमी बर्षाले निम्त्याएको क्षति

भूपेन्द्र सुवेदी

यो बर्षको बर्षा सकिएपछि गत आश्विन ३१ गतेबाट नेपालका सम्पूर्ण भू–भागमा बेमौसमी बर्षातको कारण हाम्रो नेपालको कृषि क्षेत्र अन्न भण्डारले पहिचान बनाएको तराई, भित्रीमधेस, मध्यपहाडी क्षेत्र, हिमाली क्षेत्रसम्म कुनै न कुनै खेती बाली चाहे अन्नबाली होस्, चाहे फलफुल खेती होस् केही न केही कृषकहरुले उत्पादन गर्न लागेको र भित्र्याउनयोग्य भएका खेतीहरु धेरै नोक्सान गरेको छ । कृषकहरुको कन्त बिजोग भएको अबस्था छ, यो बेमौसमी बर्षातले ।

अब राज्यबाट तथा साहु महाजनबाट ऋण लिएर बीउ–मल, किटनाशक औषधीसमेतको लगानीले यो बर्षको अघिल्लो बर्षको कारण समयमा मुख्य गरी धानबाली लगाएर ढुक्कले अब यो बर्षको धानबाली तराईमा मात्र नभएर अन्य भित्री मधेस पहाडी क्षेत्र समेतमा आफूले सोचेभन्दा पनि राम्रो धान उत्पादन हुने भएको छ भन्ने कृषकको खुसीयाली थियो भने नेपालको कृषि क्षेत्रको ब्यबस्थापन गर्ने नेपाल सरकारको बिभिन्न जिल्लाहरुको कृषि ज्ञानकेन्द्रहरुको आँकलन समेत यो बर्षको धानबाली सर्वोत्तम उब्जा हुनसक्ने तथ्यांक तयार पारेको अबस्था थियो ।

नेपालमा यो बर्षको मुख्यबाली मध्यको धानबालीको जो कृषि ज्ञान केन्द्रहरुको र स्वयं कृषकहरुको सपना यो बर्षको बेमौसमी बर्षातले गर्दा सपना सपनामै सीमित रहन बाध्य पारेको छ । आज कृषियोग्य जमिन खेतको नजिक पुग्दा जो–कोहीको पनि आँखा नराउने अबस्था रहेन चाहे कृषक होऊन चाहे अन्य सर्वसाधारण, बाटामा सवार नागरिक किन नहोस् सबैले त्यो खानलायक भयर धान काटेर भित्र्याउने अबस्थाको खेती कोही खेतमै उम्रन थाल्यो केही माटोमुनी नै पुरियको अबस्था छ, कोही खेतमा यत्रतत्र भिजेर लथालिंग अबस्थामा छ ।

यो अबस्था आउनमा आज कसैको दोष नहोला तर नेपालको तराई क्षेत्रको धान बालीले सबै नेपालीहरुको प्राण धानेको अवस्था हो तर अब के गरेर ती कृषक दाजुभाइको समस्या मात्र रहेन आम नेपाली जनता सबैको समस्या भएर आएको छ । बिगतमा त नेपालले नेपालको धान चामल, दाल, गहुँ, जौँ, चना, मकैजस्तो मुख्य बालीले नेपाललाई पुगेर बाहिरसमेत निर्यात हुन्थ्यो । तर आजको अबस्थामा जेनतेन आ–आफ्नो देशलाई सम्म कामचलाउ भएको अबस्थामा आज खेतको धान भित्राउने अबस्थामा खरबौँको धानखेती बेमौसमी बर्षातले नष्ट पारेको अबस्थालाई हामीले मात्र नभएर छिमेकी देशहरुसमेतले देखिरहेको अबस्था छ ।

अब यो बेमौसमी बर्षातको कारण खेती मात्रलाई असर पारेको छैन कयौँ जिल्लाको गाउँबस्ती नै पहिरोले लगेर १०० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने बेपत्ताको संख्यामा पनि त्यत्तिकै छ । उनीहरु बसोबास गरेको घर, पशुचौपायाको बास स्थान गोठ र त्यसमा रहेका पशुचौपाया उत्तिकै नोक्सान भएको अबस्था छ । कोही घाइते , कोही अपांगको शिकार बनिसकेको अबस्था छ । आफूले खाने लायकको खती खोलाले पहिरोले लगेर रित्तो बनाई दिएकोले अब आफ्ना बालबच्चा कसरी पाल्ने भन्ने चिन्तामा सबै नागरिकको एउटै स्वर गुञ्जिएको छ ।

अब नेपाल सरकारले यस्ता बर्षात, बाढीपहिरो पीडित कृषकहरुको लागि के–कस्तो ब्यबस्था गर्ला र उनीहरुको समस्या समाधान कसरी सम्बोधान गर्ला ? देशमा एकपछि अर्को समस्याले छोडेको छैन, बर्षेनी हुने बर्षाको कारण बाढी पहिरो खेतीयोग्य जमिनहरुको डुबानबाट राज्यले बिपद् ब्यबस्थापनको तर्फबाट बार्षिकरुपमै आर्थिक लगानी त गर्नुपरेकै थियो तर यो सबैभन्दा कहालीलाग्लो अवस्था सिर्जना भएको छ । यसको ब्यस्थापनको लागि अब सरकारले कुन–कुन सेबामा मिनाहा गर्ने र सबै खेती नै स्वाहा भएको नागरिकहरुको लागि कम्तीमा बाँच्ने र बचाउनकोे लागि उनीहरुका लागि न्यूनतम राहतको ब्यबस्था खेतीको नोक्सानीको आधारमा र घर–परिवारको संख्याको आधारमा सहयोग राहत उपलब्ध गराउनुपर्ने संकट सरकार प्रतिखडा भएर उभिएको छ ।

फेरि उही ०७२ को भूकम्पका पीडितहरुको अबस्थाजस्तै पाउनुपर्नै पीडितहरुले राहत नपाएर आजसम्म उही भूकम्प पीडितहरुको नाममा प्राप्त भएका राहतको खोजीमा भौतारी रहेको हामी अझसम्म सुन्ने गरिएको छ । तर त्यस्तो भूकम्प पीडितको नामको त्रिपालसम्म नेताहरुले नै लुटाएको अबस्था नहोस्, सच्चा र बास्तबिक स्थलगतको अनुगमन गर्नेहरुले आफ्नो नाल–नाता, स्टकुटुम्बहरुको समेत शिक्षामा नाम समाबेश गरी गरिँदै आएको राहात बितरण प्रणाली निकै गैरजिम्मेवारी पूर्ण र त्रुटिपूर्ण नहोस् त्रुटीरहित बनोस् र तबमात्र बास्तबिक पीडितहरुको हातमा राहतको प्याकेज पुग्नेछ । तथापि बितरक हिजोको जस्तो मेरो हात जगन्नाथ भन्ने उखानमा परिणत नहोस् ।

अब यो श्रृंखलाले सालैपिच्छे पछ्याएको छ अब नेपाल सरकारले अत्याधुनिक बलिया ब्यबस्थाको खोजी र सरकारको बाढी पहिरो नियन्त्रणको लागि तयार पारी राखिएको सूचना प्रणालीको अत्याधुनिक अनुसन्धान, बिज्ञहरुको समेतको राय लिएर जस्तै बस्ती बिकास, सडकको निर्माण कार्यमा पहिला बायो ईन्जिनियरिङको राय–सुझाब तथा उनीहरुलाई यो कार्यमा समावेशी नगराएर केबल एउटा डोजर मालिकको स्वार्थको लागि सडक खन्न दिने हो र राजनीतिक हिसाबले खोला, सडक, बन क्षेत्र मिचेर बस्ती बसाल्ने परिपाटी हटाउने र खोला हिन्ने स्थानलाई खोलैको भाग छाड्ने र सडक हिड्ने भागलाई सडकै भागमा छाड्ने र जामहाम पहिरोको जटिलता रहेको स्थानलाई पहिरो रोक्ने पनती निर्माण नगरेसम्म यो समस्याले कहिले छाड्नेछैन ।

यो भैपरी आउने संकटको तुलना पहिले गरी नसकिने र संकट हो र यसलाई भैपरी आउँदा प्रयोगमा तत्काल ल्याउन सकिने आर्थिक, शैक्षिक, बैज्ञानकि तत्वरले सकेसम्म आफ्नै स्वदेशकै बस्तु, मानव सहयोग जुटाएर अग्रिम तयारीमा लाग्ने सरकारले योजना बनाएर तयारी हालतमा जिन्सी, खाद्य, जस्ताको स्टारिङको ब्यबस्था र अन्य समय सान्दर्भिक पक्षलाई बिपत ब्यबस्थापनको पाटोमा को कस्को जिम्मेवारी के–के हो तोकी राख्ने जस्ताकोमा अग्रिम जानकारी गराउने नकी बिपद् आईलाग्यो तब राहत माग्न खटाउने र राहतको लागि छिमेकी तथा सहयोगी दातृनिकायबाट सहयोगको याचना गर्नै कामले हामी कहीले पनि सफल हुनेवाला छैनौँ । समयमा आ– आफ्नो तर्फबाट आ–आफ्नो कर्तब्य निर्बाह गरौँ तबमात्र देशको समस्या देशमै समाधान गर्न सकिन्छ ।

यो देशको भयाबह अबस्था बेमौसमी बर्षाले सुदूरपश्चिम क्षेत्रको महाकाली नदीमा आएको बाढीले कटान गरेको करीब ३ सय मिटर सडक सञ्चालनमा तत्काल असम्भब भएको अबस्था आम त्यहाँका स्थानीय नागरिकहरुको भनाइहरु बिभिन्न मिडिया हरुमा सार्बजनिक भएको छ । बर्षे मनसुनपश्चात् अचानक लगातार तीन दिनसम्मको बर्षातले देशका विभिन्न क्षेत्रमा तटबन्ध नै बगाएको अबस्था छ । धेरैभन्दा धेरै सडक, पहाडी क्षेत्रका बस्तीमा लगाएको खेती, तराई क्षेत्रको धानबालीको त कुरै नगरौ आम कृषकहरु पुर्पुरोमा हात राखेर रोएको अबस्था छ । अब सरकारले यी कृषकहरुको बारेमा कस्तो निर्णय लिने हो र अबरुद्ध भएका सडक कहिले सञ्चालन गर्नै हो सबै नागरिकहरु सरकारको पर्खाईमा रहेको अवस्था छ ।