देउखुरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ,१० चैत्र । दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

गढव गाउँपालिका–१ कालाकाटे नजिकै जुराउने भन्ने ठाउँमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा बस दुर्घटना भएको हो । काठमाडौंदेखि दाङका लागि आउँदै गरेको सहारा यातायात प्रालिको ना ६ ख ३९६७ नम्बर बस र लमहीबाट पूर्वतिर जादै गरेको रा १ ब ८१८ नम्वरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रुकुम त्रिवेणी गाउँपालिका–२ खारा निवासी गणेश पुनको मृत्यु भएको छ । पुन रोल्पा गङ्गादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हुन ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ५ का २५ बर्षीय अजय कवर, सोही ठाउँका रमेश ओली, दंगीशरण गाउँपालिका २ का २४ बर्षीय सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका ६ का १८ बर्षीय कृष्ण चौधरी रहेका छन । घाइतेको लमही अस्पतालमा उपचार भईरहेको छ ।