‘शैक्षिक सुधारको आशा’

प्याव्सन तुलसीपुरको दशै मिलन

तुलसीपुर, २३ असोज । निजी विद्यालयहरुको छाता संगठन प्याव्सन तुलसीपुर नगर इकाइले दशैमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार तुलसीपुरमा आयोजित विजया दशमी, दिपावली र छठ पर्वका अवसरमा सहभागी विद्यालय सन्चालकहरुले कोरोना भाइरसका कारण अलमलमा परेको शैक्षिक क्षेत्रलाई लयमा फर्काउने सन्दर्भमा छलफल गरेका थिए ।

दुई बर्षसम्म कोरोनाले शैक्षिक क्षेत्र थलिएकाले मुलुकमा ठुलो बौद्धिक सम्पत्ती ओझेलमा परेको उल्लेख गर्दै विद्यालय सन्चालकहरुले अव विस्तारै शिक्षा क्षेत्रलाई लयमा फर्काउने अपेक्षा गरे ।

प्याव्सन तुलसीपुरका अध्यक्ष गिरीराज डांँगीको अध्यक्ष तथा प्याव्सनका केन्द्रिय सदस्य यादव गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा पूर्व जिल्ला अध्यक्ष केशव थापा, प्याव्सनका जिल्ला अध्यक्ष रेशम बुढा, जिल्ला उपाध्यक्ष विजय जिएम, बरिष्ठ उपाध्यक्ष मधुसुदन केसी, प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्द, बरिष्ठ उपाध्यक्ष तथा लुम्विनी प्रदेश अध्यक्ष महेन्द अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण नगर सचिव विष्णु योगीले गरेका थिए भने धन्यवाद ज्ञापन नगर उपाध्यक्ष डम्वर डाँंगीले गरेका थिए ।