गोरक्ष समाचारदाता
नारायणपुर, २३ असोज । लायन्स क्लव अफ नारायणपुर दाङको १२औं स्थापना दिवसका अवसरमा विभिन्न बस्तीहरुमा अति विपन्न, असहाय, अपांग तथा ज्येष्ठ नागरीकहरुलाइ राहत स्वरुप खाद्धान्न सामाग्रिहरु वितरण गरेको छ ।
क्लवले नेपालीहरुको महान चाड विजया दशमी नजिकिंदै गर्दा आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अनुरुप यी राहत सामाग्रिहरु घरघरमै पुगेर वितरण गरीएको क्लवका मिडिया संयोजक भोला बुढाथोीकले जानकारी दिएका छन् ।
क्लवले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नारायणपुर आसपासका हापुर, नारायणपुर र डुरुवामा पुगेर जम्मा १३ परिवार विपन्नहरुलाइ दाल चामल, नुन, तेल, सोयाविन र सावुन वितरण गरेको थियो । स्थापना दिवसका अवसरमा क्लवका अध्यक्ष प्रकाश डांँगीको नेतृत्वमा सो क्लवका क्लवका सचिव युवराज पोख्रेल, एम गेस्टर अफ गभर्नर धनेश्वर आचार्य, डिस्ट्रिक डेपुटी चिफ खडगबहादुर बस्नेत, रिजन चेयर पर्शन गोपाल लम्साल, जोन चियर पर्शन मदन आचार्य, पूर्व अध्यक्ष केशव थापा, प्रथम उपाध्यक्ष लिलाधर शर्मा, द्धितिय उपाध्यक्ष तथा नारायणपुर उद्योग वाणिज्यसंघका अध्यक्ष अभियान बस्नेतलगायतको सहभागिता रहेको थियो ।