असोज २२, दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन ० लुम्बिनी प्रदेशका सल्लाहकार जीवनकुमार आचार्यले शैक्षिक उन्नयनका लागि सक्रियताका साथ लाग्न निर्देशन दिएका छन् ।
शैक्षिक विकासमा प्याब्सनले खेलेको भूमिकाको चर्चा गर्दै उनले भने ञप्याब्सनले निरन्तर रूपमा शैक्षिक मुद्दाका विषयमा बलियो उपस्थिति जनाउँदै आएको छ र अझैं निजी क्षेत्रको शैक्षिक मुद्दामा लागि पर्ने भएको छ ।
बिहीबार बसेको घोराही नगर प्याब्सनको पहिलो बैठकको प्रमुख अतिथि आचार्यले यसो बताएका हुन् । बैठकले कार्यसमितिलाई पूर्णता दिएको छ । प्याब्सनको विधान अनुरूप थप दुई सदस्य मनोनित गर्नुपर्ने भएकोले प्रेम वली र चित्रबहादुर घर्तीलाई सदस्यमा मनोनित गरेको हो । साथै बैठकले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश सम्प्रेषण गरेको छ।
कार्यक्रममा दाङ प्याब्सनका उपाध्यक्ष निर्मल न्यौपाने, दाङ प्याब्सनका कोषाध्यक्ष आदिम के।सी।ले मन्तव्य राखेका थिए ।
घोराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष सूर्यबहादुर रावतले स्वागत मन्तव्य राखेका थिए भने सचिव बालकृष्ण वलीले सहजीकरण गरेका थिए ।