इन्टर स्कूल क्रिकेटको उपाधि पद्मोदयलाई

बिभव पोख्रेल

दाङ,२० असोज । इन्टर स्कुल कप क्रिकेट प्रतियोगिताको उपाधि घोराहीमा रहेको पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयले जितेको छ । दंगाली स्पोर्टस एकेडेमीद्धारा आयोजित इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा माउण्ट भ्यू इग्लिस बोर्डिङ स्कुललाई हराउँदै पद्मोदय स्कुल बिजयी भएको हो ।

घोराही उपमहानगरपालिका–१७ स्थीत गुलरिया क्रिकेट मैदानमा भएको फाइनल खेलमा घोराहीको माउन्ट भ्यू इग्लिस बोर्डिङ स्कुललाई ३१ रनले हराउँदै पद्मोदयले उपाधि हात पारेको हो । टस जितेर व्याटिङ रोजेको पद्मोदयले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०९ बनायो ।

पद्मोदयको व्याटिङतर्फ कप्तान आशिष वलीले २१ रन र सचिन केसीले ४२ रनको योगदान दिए । माउन्टभ्यूको बलिङतर्फ अक्षकुमार रावतले ४ ओभरमा २२ रन दिदै ३ विकेट लिए भने आकर्ष पाण्डेयले ४ ओभरमा १० रन दिदै २ विकेट लिएका थिए ।

११० रनको बिजयी लक्ष्य पछ्याउने क्रममा माउण्ट भ्यू १७ ओभरमा सवै विकेट गुमाउँदै ६८ रनमा समेटिन पुगेको थियो । जसमा व्याटिङतर्फ आकर्ष पाण्डेयले २२ रनको योगदान दिए भने आकाश चौधरीले १४ रनको योगदान दिए । बलिङतर्फ पद्मोदयका कप्तान आशिष वलीले ४ ओभरमा १० रन दिदै ५ विकेट लिए भने विकटविक्रम शाहले ३ ओभरमा २० रन दिदै २ विकेट लिए ।

उपाधिसँगै पद्मोदयले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण जितेको छ भने उपविजेता माउन्ट भ्यू इग्लिस बोर्डिङ स्कुलले १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । दंगाली स्पोर्ट एकेडेमीका अध्यक्ष सुशान्तसिंह थापाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समापन गरिएको थियो ।

समापन काक्रममा प्रमुख अतिथि पाण्डेयले बिजेता र उपबिजेता सहित प्रतियोगिताका बेष्टवलर किरण वि क, बेष्ट यूकेटकिपर बिर्सप सेन्चुरी, म्यान अफ द सिरिज आशिष वली, बेष्ट व्याट्स म्यान,बेष्ट फिल्डर र सर्वाधिक छक्का प्रहार गर्ने प्रभाकर चन्द ठकुरी र इमरजिन प्लेयर सुनिल कालाथोकी लाई सम्मान सँगै पुरस्कार प्रदान गरेको थियो ।

प्रतियोगीतामा पप न मा वि भरतपुर, माउटभ्यु वोडिङ, गोरखा घोराही, गोरखा लमही, लिटल एञ्जल भालुवाङ, पर्ल एकेडेमी, शान्ति निकेटन, सिद्धार्थ बोडिङ, नेपाल प्रहरी स्कुल, दीपशिखा वोडिङ, दाङ भ्यालि कलेज र जन ज्योती विद्यामन्दिर घोराहीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको एजुकेशनल पार्टनर जनज्योति विद्या मन्दिर घोराही रहेको थियो । प्रतियोगीताको आरर्को पार्टनर सेभेन जि टी नामको पब्जी टिम रहेको थियो । अन्य पार्टनरका रुपमा ब्रेभगोर्खा टे«निङ सेन्टर, नोभल एकेडेमी इन्सिच्युट रहेका थिए । विजेताको नगद पुरस्कार दंगली स्पोर्ट एकेडेमीले प्रदान गरेको थियो । प्रतियोगितामा उपविजेताको नगद पुरस्कारको व्यवस्था घोराहीको अम्विकेश्वरी क्याम्पसले गरेको थियो । विजेता र उप विजेताको ट्रफी रोयल फिटनेश सेन्टरले प्रदान गरेको थियो ।

प्रतियोगीताको अन्य सहयोगीहरुमा यसोशियटेड पार्टनर व्रेभ गोरखा ट्रनिङ सेन्टर, ड्रिम फिटनेश सेन्टर, नोवेल एकेडेमी इन्स्टिचीयुट रहेका थिए । प्रतियोगीताको अफिसीयल खर्चको व्यवस्थापन शिसीर थापा र ज्ञापन रेग्मीले गरेका थिए । प्रतियोगीतामा व्यक्तिगत पुरस्कार निर्मल क्षेत्रीले प्रदान गरेका थिए । प्रतियोगीतामा म्यान अफ द सिरीज अनमोल विष्टले प्रदान गरेका हुन । मेडल र प्रमाण पत्र जिवन रानाले सहयोग गरेका हुन । इम्प्रेसिभ प्लेयर अफ द म्याज अवार्ड महेश लम्सालले सहयोग गरेका हुन ।

त्यसैगरेर अन्य सहयोग राप्ती ग्या उद्योग प्रा लि र क्यर मेड सप्लायर्सले गरेका थिए । व्यक्तिगत रुपमा नगद सहयोग अभिनास राना, सौगात थापा, अनमोल विष्ट, विमल के सी, सन्तोष रेग्मी, सुलोचना गौतम, विशाल मगर, अनुप पोख्रेल, प्रज्वल राना, एञ्जल वुढा, आकाश श्रेष्ठ, सजन वुढा मगर, मानसिंह वुढामगर, अभिषेक केसी, सन्दीप घर्ति, समिर रेग्मीले गरेका थिए ।