शिवराज खनाल
लमही,१९ असोज । दाङको राजपुर गाउपालिका वडा नम्बर ५ जंग्रहवामा भुपाल वलीको नेतृत्वमा डेढ दर्जनभन्दा धेरै स्थानीय नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।
नेपाली कांग्रेसले बिजया दशमी , दिपावली, छडपर्ब र नेपाल सम्बतको उपलक्ष्यमा नेपाली कांग्रेस राजपुर गाउपालिका कार्यसमितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा
नेपाली कांग्रेसको बिचार र सिद्धान्त उपयुुक्त ठानेर प्रबेश गरेका हुन ।
राजपुर गाउँपालिकाका पार्टी सभापति नरेन्द्रसिङ भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पान्डेले जनताको सुख दुःख साथ दिने पार्टी कांग्रेस मात्र भएकाले जनतालाई आग्रहमा आउन आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेतले कांग्रेस यो स्थितीमा पुग्नुको जढकुरो अन्तरघातका भएको भन्दै अव सवै सच्चिनुपर्ने बेला आएको बताए ।
कार्यक्रममा पूर्व महासमिति सदस्यहरु मधु न्यौपाने , मोहन गिरि , महाधिवेशन प्रतिनिधि कर्ण बहादुर बुढाथोकी, प्रदीपराज शर्मा , जिल्ला सदस्य रामप्रताप यादब, दलित संघ जिल्ला उपाध्यक्ष रिता बिक , राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतीदेबि यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पार्टी सचिव सालिकराम यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाली सचिव इन्द्रबहादुर भण्डारीले गरेका थिए ।