“मधुरो सपना” भित्र रमाउँदा

खगराज न्यौपाने

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले २०७८÷०६÷०२ गते तुलसीपुरमा कृतिको लोकार्पणको कार्यक्रम राखेको थियो । त्यसै कार्यक्रममा उक्त स.स्थाका अध्यक्ष दीपक शर्मा समीरको अगुवाइमा हामी १ बजे प्रस्थान गर्ने भनेको १ः३० मा स्रष्टा सुजाता सिंहले पठाइदिएको गाडी घोराही आइपुग्यो । त्यसैमा केही निश्चित व्यक्तिलाई लिएर गाडी तुलसीपुर प्रस्थान ग¥यो ।

तुलसीपुरमा पनि सबै जुट्दा समय लाग्यो । समय घर्किराखेको थियो । तुलसीपुरको रोटरी क्लव नारी स्रष्टा सुजातासिंहको कृति “अधुरो सपना”को विमोचन भयो । कृतिको समीक्षा साहित्यकार किशोरचन्द्र गौतमले गर्नुभएको थियो । समय अभावका कारण नारी स्रष्टा सुजाता सिंहलाई मैले चाहेर पनि शुभकामना दिन पाइनँ । त्यसैले उक्त कृतिको समीक्षात्मक टिप्पणीका साथ शुभकामना दिन गइरहेको छु ।

सुजाता सिंको अधुरो सपना (आत्मवृत्तान्त) हो । तुलसीपुर उपमहानगरपालिका ७ नयाँबस्ती दाङ ठेगाना भएकी स्रष्टाका बुबा आमाको नाम टेकबहादुर सिं शेर्पाइली, लक्ष्मीसिं शेर्पाइली हो । यो अधुरो सपनामा स्रष्ट सुजाले आफ्नो जन्मघर, बुबाआमाको परिवेश कस्तो थियो ? के थियो ? यो सबै इति वृत्ताना पस्केकी छन् । आफ्नो बाल्यकालको भोगाइ अनुभूतिहरुलाई पनि मीठो पाराले यहाँ पस्कन सफल भएकी छन् ।

बाल्यकालका साथीहरु बसन्ती, विष्णु र मधुको नाम यहँ यल्लेख गरेकी छन् । पिता टेकबहादुर स्वाभिमानी र कर्तव्यनिष्ठ इमानदार व्यक्ति भएको चर्चा गरेकी छन् । प्रायःजसो साँझ खाना खाएपछि बुबा टेकबहादुरले भनेका कुराहरु स्रष्टाले सम्झन पुग्छिन् । ‘हेर छोरीहरु सधैँभरि राम्रो काम गर्नु । कहिल्यै पनि गलत बाटोमा नहिड्नु । सधैँभरि मातापितालाई सम्झनु । पिताको आर्थिक अवस्थाको विषयमा पनि स्रष्टा सुजाताले यथार्थ कुरा भन्ने हिम्मत गरेकी छन् ।

बाल्यकालमा घरैमा पालेको कुकुरसँग खेल्दा, चल्दा कुकुरले टोकेको र महेन्द्र अस्पताल घोराहीमा ७ दिनसम्म भर्ना भई औषधी गराएको कुरा उल्लेख गरेकी छन् । त्यसतै साथीहरुका साथ फुटकी खोज्न वनमा गएको, फुटकी खोज्दाखोज्दै साथीहरु कताकता गए पत्तै भएन । आफ्नो पछाडि यसो दृष्टि लगाएको त ठूलो सर्प पो रहेछ । डरले भीरबाट हामफालेर बाँचेको, फुटकीबिना घर आउँदा आमा रिसाएको, साथीहरु पहिले नै आइसकेका, यस्तैयस्तै बाल्यकालका कुरा सम्झन सफल भएकी छन् ।

स्रष्टा सुजाता बढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुने गर्थिन् । क्रिकेट खेलमा दूधरास, नारायणपुर, घोराही हुँदै नेपालगञ्जसम्म पगि जित हासिल गरी प्रथम भएको, साथै गोल्ड मेडल पाउन सफल भएको कुरा उल्लेख गरेकी छन् । दूधरास माविका हेडसर जगन्नाथले फूलमाला र अबिरले सम्मान गरेको कुरा झलझली सम्झेकी छन् । सांस्कृतिक कार्यक्रममा पनि सहभागी भएको आफ्नो वडा क्लब खोलि कार्यक्रम गरेको, सबै साथी मिलेर स्वर्गद्वारी भ्रमणमा गएका कुरा पनि समेटेकी छन् । स्रष्टाले सधौ आफूलाई स्वाभिमानका साथ कर्तव्य पालना गर्दै क्रियाशील जीवन बिताएको कुरा पुस्तकमा छरपष्ट पारेकी छन् ।

कक्षा ९ मा पढ्दै गर्दा प्रेममै २०६५÷९÷३० गते विवाह भएको कुरा स्रष्टा व्यक्त गर्छिन् । सुरुसुरुमा गृहस्थी जीवन राम्ररी बिते । पहिलो सन्तान छोरी जन्मिँदा घरका सबैले लक्ष्मीको आगमन हाम्रो घरमा भयो भनेर खुसी भए । दोस्रो सन्तान पनि छोरी जन्मेपछि क्रमशः श्रीमानको व्यवहार बदलिँदै गयो । त्यसपछि घरमा अरु मानिसको पनि बदलिँदै गयो । तै पनि जीवनमा हार स्वीकार नगर्ने स्रष्टाले श्रीमानलाई बारम्बार सम्झाएको कुरा उल्लेख गरेकी छन् । श्रीमानको ड्राइभरी पेशा थियो ।

व्यवहार चलेको थियो । पछि सबैले विदेश गएर पैसा कमाएर आएको देखेर श्रीमान् पनि विदेश जान चाहेकोले सबैको सरसल्लाह अनुसार विदेश गएका श्रीमान् १७ दिनपछि खोटो मोहर फर्केझैँ परक्क फर्केर आए । यो देख्दा मनको पीडा दोब्बर भएको कुरा स्रष्टा बताउँछिन् । हाल नारी स्रष्टा सुजाताका माइतीतर्फको आर्थिक अवस्था राम्रो भएको, दाजुले ड्राइभरको काम गर्दै आएको उल्लेख गरेकी छन् । श्रीमानको पनि पेशा त त्यै ड्राइभर नै हो ।

तर कोरोनाको कारणले पेशा बन्द छ । यसरी आत्मवृत्तान्तको क्रममा जिन्दगीका अप्ठेरा परिस्थितिका कारण निराश भएर आत्महत्याको प्रयास गर्न लागेको बेला सुर्खेतका पुष्कर परियारको फोन आयो र स्रष्टा सुजाताले आत्महत्या गर्नबाटो जोगिएको कुरा प्रस्तुत गरेकी छन् । हाल सुजाताकी जेठी छोरीले कक्षा ४ मा र कान्छी छोरीले कक्षा १ मा पढ्दै छन् । छोरीहरु निकै मिहिनेती छन् । यी सबै छोरीहरुलाई पढाउनु मेरो प्रमुख काम र कर्तव्य पनि हो । म जहाँ बसे पनि मेरो मन सधैँ दाङतिर डुलिरहन्छ भनेर दाङको बढी माया गरेकी छन् ।

विदेश गएर धनपैसा कमाइ ल्याएर सन्तानहरुलाई, आफू र आफ्नो परिवार खुसी हुने चाहनाले गर्दा दाङ–काठमाडौँ आवतजावत गरिरहनुभन्दा विदेश जाने परिपाटी नमिल्दासम्म काठमाडौँ बस्ने चाहना दैवले पु¥याइदिएको कुरा उनी व्यक्त गर्छिन् । जिन्दगीमा धेरै उतारचढाव अनुभव गर्दै हिम्मतका साथ काम गर्दै आएकी स्रष्टा सुजाताको सदीक्षा पूरा होस् ।

अधरो सपना सुजाताको पहिलो कृति भएकोले धेरै ठाउामा कमीकमजोरीहरु रहेका छन् । धेरै ठाउँमा स्रष्टाका भनाइ दोहोरिएका छन् । किताब २२+८७ पेजको रहेको छ । कागज राम्रो गुणस्तरीय छ । कभर पृष्ठ आकर्षक छ । नारी स्रष्टाले पितामाता र संघर्षशील नारीप्रति समर्पण गरिउको छ । यो भावनाको दृष्टिले उच्च छ । यो कृतिमा लेखिकाको नाम गलत देखिनु राम्रो कुरा होयन । कभर पृष्ठको अगाडि पछाडि सुजाता हुनुपर्नेमा सुजता सिं भएको छ ।

भित्रपट्टि ठाउँठाउँमा यस्ता कमजोरी देखापरेका छन् । आगामी दिनमा स्रष्टाको यस्ता कुरामा विशेष ध्यान रहोस् भनने कामना छ । स्रष्टाको लेखनीले निरन्तरता पाइराखोस् भन्दै यो समीक्षात्मक आलेखको बिट मार्न चहन्छु ।