माईल दाई फुटवल क्लबलाई पराजित गर्दै ज्ञानज्योती फाईनलमा

लक्ष्मण बस्नेत
तुलसीपुर,१४ असोज । ईनोभेटिभ ज्ञानज्योती फुटबल क्लब टरिगाउमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ ।

टरिगाउ युवा क्लब तुलसीपुर–१२ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा माईलदाई फुटबल क्लब कालितारालाई सुन्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतीले फाईनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले भरिएको टरिगाउ खेल मैदानमा भएको खेलमा ज्ञानज्योतिका जर्सी न १९ का खेलाडी बिनोद केसीले खेलको १९ औ मिनेटमा पहिलो गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए । त्यस्तै जर्सी न १० का निशान डागीले २४ औ र जर्सी न ५ का बिजय ठकुरीले ५० औ मिनेटमा गोल गर्दै टिमलाई तीन सुन्यको जित दिलाउन सफल भए ।

यसैबिच प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार बेलुवा फुटबल क्लब र युनाईटेड युथ क्लब तुलसीपुर भिड्नेछन् । खेल दिउँसो दुईबजे पछि हुनेछ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा,दिपक श्रेष्ठ, सुरेश बुढामगर र आदेश केसी रहेका छन ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान तथा बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । त्यस्तै ब्यक्तिगत बिधातर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिने आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिएका छन ।