बबईमा आपतकाल खोज तथा उद्धार तालिम

देवी भण्डारी

हापुरे, १२ असोज । बबईमा पानी जन्य आपतकाल खोज तथा उद्धार तालिमको मंगलवार समापन गरिएको छ । नदिको तटिय क्षेत्र धेरै भएको बबई गाउपालिकाका वडा नं ७ मा ३ दिनसम्म पानीजन्य आपतकालको समयमा कसरी उद्धार गर्ने, समुदायमा भएका स्रोत साधनबाट पनि अफ्ठेरो समयमा खोज तथा उद्धारा गर्न सकिन्छ भन्ने बारेमा तालिम दिइएको हो ।

बबई नदिमा पुगेर व्यबहारिकता मै प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आयोजनामा भएको तालिमको प्रशिक्षकमा केशव बुढा , बसन्त गिरी, नेपाल रेडक्रस सोसाईटीका विश्वप्रकाश अर्याल रहेका थिए ।

बबई गाउपालिका वडा नं ७ का वडा अध्यक्ष महाविर चौधरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति नारायण आचार्यको प्रमुख आथित्यता तथा जिल्ला उपकोषाअध्यक्ष ज्ञानप्रसाद आईतबारेको विशिष्ट आथितयतामा समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाईटिका विश्वप्रकाश अर्यालले गरेका थिए ।