गोरक्ष समाचारदाता
दाङ, ११ असोज । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत शनिवार भएको अधिवेशनमा दाङ जिल्लाका दशवटै पालिकामा नेतृत्व चयन भएको निर्वाचन अधिकारीहरुले जनाएका छन् । अधिवेशनका क्रममा ३ वटा पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । बाँकी ७ वटा पालिकामा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो ।
निर्वाचन कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाका राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका र शान्तिनगर पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी सबै पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो । बंगलाचुली गाउँपालिकाको अधिवेशनमा जागेश्वर अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । सो पालिकामा उपसभापतिमा इन्द्रमणि वली र द्रोण खत्री, सचिव बलदेव मल्ल र चेतबहादुर डाँगी, सहसचिवमा गणेश विक, केयरसिंह गाहामगर सर्वसम्मत चयन भएका छन् ।
यसैगरी राप्ती गाउँपालिकामा पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन भएको छ । राप्ती गाउँपालिका सभापतिमा विद्याशरण चौधरी चयन भएका छन् । उपसभापतिमा श्यामा रावत, प्रशान्त भुसाल, सचिवमा तीर्थराज ज्ञवाली, चैनकुमार चौधरी, सहसचिवमा लक्ष्मण आचार्य र शिरबहादुर कार्की सर्वसम्मत चयन भएका हुन् । यसैगरी शान्तिनगर गाउँपालिकामा इकाई सभापतिमा झलक केसी सर्वसम्मतिमै चयन भएका छन् । उपसभापतिमा दोर्णबहादुर खत्री र लालबहादुर बुढाथोकी, सचिवमा रोशन रावत र दिलप्रसाद लामिछाने (दीपक) र सहसचिवमा भागीराम रावत र घनश्याम खड्का चुनिएका हुन् ।
नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको सभापतिमा तिलक रावत निर्वाचित भएका छन् । उनी शनिवार भएको निर्वाचनमा २ सय ८६ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी निरज गिरीले १ सय ६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा प्रदीप सुवेदी, र दुर्लभ केसी विजयी भएका छन् । त्यसैगरी सचिवमा भीमकान्त चौधरी र पुष्पराज आचार्य बिजयी भएका छन् । सहसचिवमा चेतन बस्नेत र राजकुमार बस्नेत निर्वाचित भएका छन् ।
तुलसीपुरमा सभापति पदका उम्मेदवार सुरेश हमाल विजयी भएका छन् । उनले प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मतले उछिन्दै ३ सय ६८ मत प्राप्त गरी विजयी बनेका थिए । त्यस्तै उपसभापतिमा हमाल टिमकै बिनिल केसी र गौरव सुवेदी बिजयी भएका छन् । सचिवतर्फ विमल पौडेल र सुशील वली विजयी भएका छन् । सहसचिवमा शेषमणि भण्डारी र झनकबहादुर बस्नेत विजयी भएका छन् ।
त्यस्तै लमही नगरपालिकामा ३० बर्षीय सन्तोष बुढाथोकीले हजुरबुवा उमेरका ७९ बर्षीय शिबु चौधरीलाई पराजित गर्दै नगर सभापतिमा निर्वाचित भएका छन् । उपसभापति विनोद खड्का र जगनारायण चौधरी, सचिव प्रेम बालाथोकी र कैलाशप्रसाद चौधरी, सहसचिवमा हिमांशु न्यौपाने र खिमबहादुर योगी निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
दंगीशरण गाउँपालिकाको सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । उपसभापतिमा गिरिराज न्यौपाने र दुर्गाबहादुर बोहरा, सचिवमा उपेन्द्रराज शर्मा र बामदेव विष्ट, सहसचिवमा टोपबहादुर खड्का र डम्वर वली (विक्रम), विजयी भएका छन् । नेपाली कांग्रेस बबई गाउँपालिकाको सभापतिमा प्रकाश बस्नेत निर्वाचित भएका छन् । उपसभापति पिमलाल केसी, जीतबहादुर वली, सचिवमा गणेश केसी र खिमकान्त धिताल, सहसचिवमा मानबहादुर थापा र थलबहादुर वली रहेका छन् । दंगीशरण गाउँपालिकामा शम्भु गिरी सभापति, उपसभापति गिरिराज न्यौपाने र दुर्गा बोहरा, सचिवमा ओपेन्द्रराज शर्मा र बामदेव विष्ट, सहसचिवमा टोपबहादुर खड्का र डम्वर वली निर्वाचित भएका छन् ।
निर्वाचनबाटै राजपुर गाउँपालिकाको अधिवेशनमा सभापतिमा नरेन्द्र भण्डारी बिजयी भएका छन् । उपसभापतिमा अमृत खड्का र आशाराम यादव निर्वाचित भएका छन् । सचिवमा इन्द्रबहादुर भण्डारी र शालिकराम यादव निर्वाचित भएका छन् भने सहसचिवमा अरबिन्द्र कुमार झा र चुडामणि पोख्रेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै गढवा गाउँपालिकामा मतदानबाट किरण पौडेल सभापतिमा बिजयी भएका छन् । उपसभापतिमा मोहन चौधरी र ऋषिराम चौधरी, सचिवमा पूर्णप्रसाद चौधरी र पोषणराज शर्मा, सहसचिवमा प्रदीप विक र रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।