महिलालाई मैनबत्ती बनाउने तालिम

दाङ,८ असोज । लमहीमा महिलाहरुलाई मैनबत्ती बनाउने तालिम दिइएको छ । सीपलाई आर्थिक आयआर्जनको बाटोमा बलियो बनाउनका लागिआयोजना गरिएको एकदिने तालिम दिइएको हो ।

दाङको लमहीमा आयोजना गरिएको सिपमुलक मैनबत्ती बनाउने तालिमले बेरोजगार महिलाहरुको लागि राम्रो आर्थिक मध्यम बन्ने अपेक्षा गरिएको छ।

उक्त सस्थाले सीपलाई ब्यबसाय र ब्यबसायलाई आर्थिक रुपान्तरण गर्ने उद्देश्यका साथ घरमा फुर्सदमा रहेका महिलाहरुलाई समेट्दै, विभिन्न सिपमुलक तालिम दिदै आइरहेको सस्थाकी प्रशिक्षक बिनिता आले मगरले बताएकी छिन्।

नेपालमा रहेका बेरोजगारी महिलाहरुलाई सीप सिकाई रोजगारी मुलक बनाउने लक्ष्य रहेको प्रशिक्षक आलेले बताईन् । त्यस्तै समापन कार्यक्रममा बोल्दै, टाउन प्लानिङ टोल बिकास संस्था रातो डाडाका अध्यक्ष, एंव कार्यक्रमका अध्यक्ष समेत रहेका शशिधर ज्ञवालीले, सीपलाई ब्यबहारमा उतारेर आर्थिक उन्नतिमा परिणत गरे मात्रै तालिमको औचित्य रहने सुझाव दिएका थिए ।

तालिममा टोल बिकास सस्थाका सचिब पदमप्रसाद अधिकारीकलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रशिक्षक मनिषा भण्डारीले गरेकी थिइन् ।