लक्ष्मण बस्नेत
तुलसीपुर,८ असोज । दाङ तुलसीपुरको टरिगाउमा शनिवारदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको खुला फुटबल प्रतियोगिता २०७८ सुरु हुँदैछ ।
टरिगाउँ युवा क्लब तुलसीपुर–१२ को आयोजनामा संचालन गरिन लागेको प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक टरिगाउँ युवा क्लब र रोयल बिजौरी भिड्ने भएका छ्न । खेल दिउँसो साढे दुई बजेदेखि सुरु हुनेछ ।
स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान बिकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष कबिन रजौरेले जानकारी दिएका छन ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै तुलसीपुर १२ मा रहेको टरिगाउ खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्नेछ्न । यसैगरी ब्यक्तिगत बिधातर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने छ ।
त्यसैबिच आयोजकले शनिवार दिउसो हुने प्रतियोगिता उद्घाटन समारोहमा उपस्थितिका खेलप्रेमी,खेलाडी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।