तुलसीपुर, २३ भदौ । तुलसीपुर उपमहानगरपालिकाका विद्यालयहरु भदौ २७ गते भौतिकरुपमा सञ्चालन हुने भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयहरु भदौ २७ गतेबाट भौतिकरुपमा सञ्चालन हुने भएका हुन् । जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन दाङको भदौ १८ गतेको निर्णयअनुसार सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालन गरी हाललाई विद्यालय बसहरु सञ्चालन नगरी विभिन्न सिफ्टमा भौतिकरुपमा विद्यालय सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखदेखि बन्द भएका शैक्षिक संस्थाहरु २७ गतेबाट सञ्चालनमा आउने तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत चक्रबहादुर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । बढीमा ५० जनासम्म विद्यार्थी संख्या भएका विद्यालयहरुले एकै सिफ्टमा चलाउन सक्ने तर सो भन्दा बढी भएमा २÷३ सिफ्टमा चलाउन पाइने विज्ञप्तिमा उल्लेख छ ।